12.11.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबा
आउनु भएको छ तिमी बच्चाहरूको शृङ्गार गर्न , सबैभन्दा राम्रो शृङ्गार हो पवित्रताको।”
प्रश्न:–
पूरा ८४ जन्म
लिने बच्चाहरूको मुख्य निसानी कस्तो हुन्छ?
उत्तर:–
१- उनीहरूले
बाबाको साथसाथै टिचर र सद्गुरु तीनैलाई याद गर्छन्। यस्तो होइन, बाबाको याद आयो भने
टिचर बिर्सिन्छ। जब तीनैलाई याद गर्छन् तब नै श्रीकृष्णपुरीमा जान सक्छन् अर्थात्
आदिदेखि पार्ट खेल्न सक्छन्। २- उनीहरूलाई कहिल्यै पनि मायाको तुफानले हराउन सक्दैन।
ओम् शान्ति ।
बाबाले पहिला
बच्चाहरूलाई भन्नुहुन्छ– हामी बाबाको अगाडि, टिचरको अगाडि र सद्गुरुको अगाडि बसेका
छौं, यो भुल्न त भुल्दैनौ? बाबाले मान्नुहुन्न– सबै यस यादमा बसेका छन्। तैपनि
बाबाको कर्तव्य हो सम्झाउनु। यो हो अर्थ सहित याद गर्नु। हाम्रो बाबा बेहदको पिता
पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र अवश्य हाम्रो सद्गुरु पनि हुनुहुन्छ जसले
बच्चाहरूलाई साथमा लैजानुहुन्छ। बाबा आउनु भएको छ नै बच्चाहरूको शृङ्गार गर्न।
पवित्रताले शृङ्गार गरिरहनुहुन्छ। धन पनि अथाह दिनुहुन्छ। धन दिनुहुन्छ नै नयाँ
दुनियाँको लागि, जहाँ तिमी जानु छ। यो कुरा बच्चाहरूले याद गर्नु छ। बच्चाहरूले
लापर्बाही गर्छन् जसकारण भुल्छन्। त्यो जुन पूरा खुसी हुनुपर्थ्यो त्यो कम हुन्छ।
यस्ता बाबा त कहिल्यै मिल्नुहुन्न। तिमीलाई थाहा छ– हामी अवश्य बाबाका बच्चा हौं।
उहाँले हामीलाई पढाउनु हुन्छ त्यसैले टिचर पनि अवश्य हुनुहुन्छ। हाम्रो पढाइ हो नै
नयाँ दुनियाँ अमरपुरीको लागि। अहिले हामी सङ्गममा बसेका छौं। यो याद त बच्चाहरूलाई
अवश्य हुनुपर्छ। पक्का पक्का याद गर्नु छ। यो पनि जानेका छौ यस समयमा कंसपुरी आसुरी
दुनियाँमा छौं। सम्झ कसैलाई साक्षात्कार भयो तर साक्षात्कारबाट कोही श्रीकृष्णपुरी,
उनको वंशावलीमा जान सक्ने छैनन्। जान तब सक्छन् जब बाबा, टिचर, गुरु तीनवटैलाई नै
याद गरिरहन्छन्। यो कुरा आत्माहरूसँग गरिन्छ। आत्माले नै भन्छ– हो बाबा। बाबा हजुरले
त सत्य भन्नुहुन्छ। हजुर पिता पनि हुनुहुन्छ, पढाउनेवाला टिचर पनि हुनुहुन्छ।
सुप्रीम आत्माले पढाउनुहुन्छ। लौकिक पढाइ पनि आत्माले नै शरीरको साथमा पढाउँछ। तर
त्यो आत्मा पनि पतित छ भने शरीर पनि पतित छ। दुनियाँका मनुष्यहरूलाई यो थाहा छैन
हामी नर्कवासी हौं।
अहिले तिमीले जान्दछौ–
हामी त अब जान्छौँ आफ्नो वतन। यो तिम्रो वतन होइन। यो हो रावणको पराई वतन। तिम्रो
वतनमा त अथाह सुख हुन्छ। काँग्रेसीहरूले यस्तो जान्दैनन्– हामी पराई राज्यमा छौं।
पहिला मुसलमानको राज्यमा बसेका थियौं फेरि क्रिस्चियनको राज्यमा बस्यौं। अहिले
तिमीलाई थाहा छ– हामी आफ्नो राज्यमा जान्छौं। पहिला रावण राज्यलाई हामीले आफ्नो
राज्य सम्झन्थ्यौं। हामी पहिला राम राज्यमा थियौं, यो भुलेका छौं। फेरि ८४ जन्मको
चक्रमा आउनाले रावण राज्यमा दु:खमा आइपुगेका छौं। पराई राज्यमा त दु:ख नै हुन्छ। यो
सारा ज्ञान भित्र आउनु पर्छ। बाबाको त अवश्य याद आउँछ। तर तीनैलाई याद गर्नु छ। यो
ज्ञान पनि मनुष्यले नै लिन सक्छन्। जनावरले त पढ्दैनन्। यो पनि तिमी बच्चाहरूले
जान्दछौ– त्यहाँ कुनै कानुन आदिको पढाइ हुँदैन। बाबाले यहाँ नै तिमीलाई मालामाल
बनाइरहनु भएको छ। सबै त राजा बन्दैनन्। व्यापार पनि चल्छ होला तर त्यहाँ तिमीसँग
अपार धन हुन्छ। घाटा आदि हुने नियम नै छैन। लुटमार आदि त्यहाँ हुँदैन। नाम नै छ
स्वर्ग। अहिले तिमी बच्चाहरूलाई स्मृति आएको छ हामी स्वर्गमा थियौं फेरि पुनर्जन्म
लिँदै लिँदै तल उत्रिदै आयौं। बाबाले कहानी पनि उनीहरूलाई नै बताउनु हुन्छ। ८४ जन्म
लिएका छैनन् भने मायाले हराइदिन्छ। यो पनि बाबाले सम्झाइरहनु हुन्छ। मायाको कति ठुलो
तुफान आउँछ। धेरैलाई मायाले हराउने कोसिस गर्छ, पछि गएर तिमीले धेरै देख्छौ, सुन्छौ।
बाबासँग सबैका चित्र भएको भए तिमीलाई आश्चर्य देखाउनुहुन्थ्यो– यो फलानो यति दिन आयो,
बाबाको बन्यो, फेरि मायाले खायो। मर्यो, मायासँग मिल्यो। यहाँ यस समयमा कसैले शरीर
छोड्यो भने यसै दुनियाँमा आएर जन्म लिन्छ। तिमीले शरीर छोड्यौ भने बाबाको साथमा
बेहदको घरमा जान्छौ। त्यहाँ बाबा, मम्मा, बच्चा सबै रहन्छन् नि। परिवार यस्तै हुन्छ।
मूल वतनमा पिता र भाइ भाइ हुन्छन्, अरू कुनै सम्बन्ध हुँदैन। यहाँ बाबा र भाइ-बहिनी
छन् फेरि वृद्धि हुँदै जान्छ। काका, मामा आदि धेरै सम्बन्ध हुँदै जान्छन्। यस
सङ्गममा तिमीहरू प्रजापिता ब्रह्माका बन्छौ। त्यसैले भाइ-बहिनी हौ। शिवबाबालाई याद
गर्छौ, त्यसैले भाइ भाइ हौ। यी सबै कुरा राम्रोसँग याद गर्नु छ। धेरै बच्चाहरूले
भुल्छन्। बाबाले त सम्झाइरहनु हुन्छ। बाबाको कर्तव्य हो बच्चाहरूलाई शिरमा चढाउनु,
त्यसैले त नमस्ते नमस्ते भनिरहनुहुन्छ। अर्थ पनि सम्झाउनु हुन्छ। भक्ति गर्ने
साधुसन्तले तिमीलाई कुनै जीवनमुक्तिको मार्ग बताउँदैनन्, उनीहरूले त मुक्तिको लागि
पुरुषार्थ गरिरहन्छन्। उनीहरू हुन् नै निवृत्ति मार्गका। उनीहरूले राजयोग कसरी
सिकाउन सक्छन्? राजयोग हो नै प्रवृत्ति मार्गको। प्रजापिता ब्रह्माका ४ भुजा
देखाउँछन् त्यसैले प्रवृत्ति मार्ग भयो नि। यहाँ बाबाले यिनलाई एडप्ट गर्नुभयो
त्यसपछि नाम राखिएको छ ब्रह्मा र सरस्वती। ड्रामाको भावी हेर कस्तो छ। वानप्रस्थ
अवस्थामा नै मनुष्यले गुरु बनाउँछन्, ६० वर्षपछि। यिनमा पनि ६० वर्षपछि बाबाले
प्रवेश गर्नुभयो अनि पिता, टिचर, गुरु बन्नुभयो। अहिले त नियम नै बिग्रिसकेको छ।
सानो बच्चाको पनि गुरु बनाइदिन्छन्। उहाँ त हुनुहुन्छ नै निराकार। तिम्रो आत्माका
उहाँ पिता पनि बन्नुहुन्छ, टिचर, सद्गुरु पनि बन्नुहुन्छ। निराकारी दुनियाँलाई
आत्माहरूको दुनियाँ भनिन्छ। दुनियाँ नै छैन– यस्तो त भन्दैन। शान्तिधाम भनिन्छ।
त्यहाँ आत्माहरू रहन्छन्। यदि परमात्माको नाम, रूप, देश, काल हुँदैन भन्यौ भने फेरि
बच्चा कहाँबाट आउँछन्।
अहिले तिमी बच्चाहरूले
जानेका छौ– यस विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ। इतिहास चैतन्यको हुन्छ, भूगोल
त जड वस्तुको हुन्छ। तिम्रो आत्माले जान्दछ – हामीले कहिलेसम्म राज्य गर्छौं।
इतिहासको गायन हुन्छ जसलाई कहानी भनिन्छ। भूगोल देशको हुन्छ। चैतन्यले राज्य गर्यो,
जडले त राज्य गर्दैन। कति समयदेखि फलानोको राज्य थियो, क्रिस्चियनले भारतमा
कहिलेदेखि कहिलेसम्म राज्य गरे। यस विश्वको इतिहास-भूगोल कसैले जान्दै जानेका छैनन्।
भन्छन्– सत्ययुग बितेको त लाखौं वर्ष भयो। त्यसमा कसले राज्य गरेर गए, कति समय
राज्य गरे– यो कसैले जान्दैन। यसलाई भनिन्छ इतिहास। आत्मा चैतन्य, शरीर जड हो। सारा
खेल नै जड र चैतन्यको हो। मनुष्य जीवन नै उत्तम मानिन्छ। जनगणना पनि मनुष्यको नै
गरिन्छ। जनावरको त कसैले पनि गन्ती गर्न सक्दैन। सारा खेल तिमीमाथि छ। इतिहास-भूगोल
पनि तिमीले सुन्छौ। बाबा यिनमा आएर तिमीलाई सबै कुरा सम्झाउनु हुन्छ, यसलाई भनिन्छ
बेहदको इतिहास-भूगोल। यो ज्ञान नभएकोले तिमी कति बेसमझ बनेका छौ। मनुष्य भएर
दुनियाँको इतिहास-भूगोल नै जान्दैन भने त्यो मनुष्य के कामको? अहिले बाबाद्वारा
तिमीले विश्वको इतिहास-भूगोल सुनिरहेका छौ। यो पढाइ कति राम्रो छ, कसले पढाउनु
हुन्छ? बाबाले। बाबा नै सबैभन्दा उच्च पद दिलाउनेवाला हुनुहुन्छ। यी
लक्ष्मी-नारायणको र अरू जो यिनको साथमा स्वर्गमा रहन्छन् उनीहरूको सबैभन्दा उच्च पद
हुन्छ नि। त्यहाँ बेरिस्टरी आदि त गर्दैनन्। त्यहाँ त केवल सिक्नु छ। कला सिकेनन्
भने भवन आदि कसरी बनाउने? एक-अर्कालाई कला सिकाउँछन्। नत्र यति भवन आदि कसले बनाउने?
आफै त बन्दैनन्। यो सबै रहस्य अहिले तिमी बच्चाहरूको बुद्धिमा पनि नम्बरवार
पुरुषार्थ अनुसार रहन्छ। तिमीलाई थाहा छ– यो चक्र घुमिरहन्छ, यति समय हामीले राज्य
गर्थ्यौं फेरि रावणको राज्यमा आउँछौं। हामी रावण राज्यमा छौं, दुनियाँलाई यो कुरा
थाहा छैन। भन्छन्– बाबा हामीलाई रावणको राज्यबाट मुक्त गर्नुहोस्। भारतमा
क्रिस्चियन राज्यबाट आफूलाई मुक्त गरे। अब फेरि भन्छन् गड फादर हामीलाई मुक्त
गर्नुहोस्! स्मृति आउँछ नि। कसैले पनि यो जानेका छैनन्– यसरी किन भन्छौं। अहिले
तिमीले बुझेका छौ– सारा सृष्टिमा नै रावणको राज्य छ, सबैले भन्छन्– रामराज्य
चाहिन्छ, तर मुक्त कसले गर्नुहुन्छ? सम्झन्छन् परमपिताले मुक्त गरेर गाइड बनेर
लैजानुहुन्छ। कसैलाई यति अक्कल पनि छैन। यी त बिल्कुलै तमोप्रधान छन्। उनीहरूले न
यति दु:ख गर्छन्, न यति सुख नै पाउँछन्। तिमी नै सबैभन्दा सुखी बन्छौ अनि दु:खी पनि
बन्छौ। हिसाब हुन्छ नि। अहिले कति दु:ख छ! जो धार्मिक विचारका हुन्छन् उनीहरूले याद
गर्छन्– ओ गड फादर लिबरेटर! तिम्रो दिलमा पनि छ– बाबा आएर हाम्रो दु:ख हर्नुहोस् र
सुखधाममा लैजानुहोस्। उनीहरूले भन्छन् शान्तिधाम लैजानुहोस्। तिमीले भन्छौ–
शान्तिधाम र सुखधाम लैजानुहोस्। अब बाबा आउनु भएको छ, त्यसैले धेरै खुसी हुनुपर्छ।
भक्तिमार्गमा कनरस कति छ। त्यसमा सत्य कुरा केही पनि छैन। एकदम पीठोमा नुन जति छ।
चण्डिका देवीको पनि मेला लाग्छ। अब चण्डिकाहरूको मेला किन लाग्छ? चण्डिका कसलाई
भनिन्छ? बाबाले बताउनु भएको छ– चण्डालको जन्म पनि यहाँकाले नै लिन्छन्। यहाँ रहेर,
खाएर पिएर केही दिएर फेरि भन्छन्– हामीले जे दियौं त्यो हामीलाई फिर्ता दिनुहोस्।
हामीले मान्दैनौ। संशय आउँछ। उनीहरूले के पद पाउने छन्। यस्तो चण्डिकाको पनि मेला
लाग्छ। फेरि पनि सत्ययुगी त बन्छन् नि। केही समय भए पनि मदतगार बने, त्यसैले
स्वर्गमा त आउँछन्। ती भक्तहरूले त जानेका छैनन्, ज्ञान त कसैको पासमा छैन। त्यो
चित्र भएको गीता हुन्छ, कति पैसा कमाउँछन्। आजकाल चित्रप्रति त सबै आकर्षित हुन्छन्।
त्यसलाई आर्ट सम्झन्छन्। मनुष्यहरूलाई के थाहा देवताहरूका चित्र कस्ता हुन्छन्। तिमी
वास्तवमा कति फस्टक्लास थियौ। फेरि के बनेका छौ। त्यहाँ कोही अन्धो, कानो आदि
हुँदैन। देवताहरूको नेचुरल शोभा हुन्छ। त्यहाँ नेचुरल सुन्दरता हुन्छ। त्यसैले
बाबाले पनि सबै सम्झाएर फेरि भन्नुहुन्छ– प्यारा बच्चाहरू! बाबालाई याद गर। बाबा,
पिता पनि हुनुहुन्छ, टिचर, सद्गुरु पनि हुनुहुन्छ। तीनवटै रूपमा याद गर्यौ भने
तीनवटै वर्सा मिल्छन्। पछि आउनेले तीनवटै रूपमा याद गर्न सक्ने छैनन्। फेरि मुक्तिमा
जान्छन्।
बाबाले सम्झाउनु भएको
छ– सूक्ष्मवतन आदिमा जे जति देख्छौ त्यो त सबै हो साक्षात्कारको कुरा। बाँकी
इतिहास-भूगोल सबै यहाँको हुन्छ। यिनको आयुको बारेमा कसैलाई थाहा छैन। अब तिमी
बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ। तिमीले फेरि कसैलाई पनि सम्झाउन सक्छौ।
सबैभन्दा पहिला त बाबाको परिचय दिनु छ। उहाँ बेहदका बाबा हुनुहुन्छ सुप्रिम। लौकिक
पितालाई परमात्मा वा सुप्रिम कहिल्यै भनिँदैन। सुप्रिम त एउटै हुनुहुन्छ जसलाई
भगवान भनिन्छ। उहाँ नलेजफुल हुनुहुन्छ। त्यसैले तिमीलाई ज्ञान सिकाउनु हुन्छ। यो
ईश्वरीय ज्ञान हो कमाइको स्रोत। ज्ञान पनि उत्तम, मध्यम, कनिष्ठ हुन्छ नि। बाबा
सर्वश्रेष्ठ हुनुहुन्छ भने पढाइ पनि सर्वश्रेष्ठ छ। पद पनि श्रेष्ठ छ। इतिहास,
भूगोल त तुरुन्तै जान्दछन्। बाँकी यादको यात्रामा युद्ध चल्छ। यसमा तिमीले हार्यौ
भने ज्ञानमा पनि तिमीले हार्छौ। हारेर भागन्ती भए भने ज्ञानमा पनि भागन्ती हुन्छन्।
फेरि जस्ता थिए त्यस्तै बन्छन्, अझै पहिला भन्दा पनि खराब बन्छन्। बाबाको अगाडि
चालचलनद्वारा देह अभिमान तुरुन्तै थाहा हुन्छ। ब्राह्मणहरूको माला पनि छ तर हामी
कसरी यहाँ नम्बरवार बसेका छौं, यो धेरैलाई थाहा छैन। देह अभिमान छ नि। निश्चय
हुनेलाई अवश्य अपार खुसी हुन्छ। म यो शरीर छोडेर राजकुमार बन्छु, कसलाई निश्चय छ? (सबैले
हात उठाए)। बच्चाहरूलाई यति खुसी हुन्छ। तिमीहरू सबैमा जब निश्चय छ भने पूरा दैवी
गुण हुनुपर्छ। निश्चयबुद्धि अर्थात् विजयी मालामा उनिनेवाला अर्थात् राजकुमार (शहजादा)
बन्नेवाला। एकदिन अवश्य आउने छ जब विदेशीहरू सबैभन्दा बढी आबूमा आउने छन् अनि सबै
तीर्थ यात्रा आदि छोडिदिन्छन्। उनीहरूले चाहन्छन् भारतवर्षको राजयोग सिकौं। स्वर्ग
स्थापना गर्नेवाला को हुनुहुन्छ। पुरुषार्थ गरिन्छ, कल्प पहिला यो भएको भए अवश्य
म्युजियम बन्छ। सम्झाउनु छ– यस्तो प्रदर्शनी सदाको लागि लगाउन चाहन्छौं। ४-५ वर्षको
लागि घर भाडामा लिएर पनि लगाउन सकिन्छ। हामीले विश्वको नै सेवा गर्छौं, सुखधाम
बनाउनको लागि। यसमा धेरैको कल्याण हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अपार खुसीमा रहनको लागि सदा स्मृति रहोस्– स्वयं बाबाले हाम्रो शृङ्गार गरिरहनु
भएको छ, उहाँले हामीलाई अथाह धन दिनुहुन्छ। हामीले नयाँ दुनियाँ अमरपुरीको लागि
पढिरहेका छौं।
२) विजयमालामा उनिनको
लागि निश्चयबुद्धि बनेर दैवी गुण धारण गर्नु छ। जे दिएका छौ त्यो फिर्ता लिने
सङ्कल्प कहिल्यै नआओस्। संशयबुद्धि बनेर आफ्नो पद गुमाउनु छैन।
वरदान:–
क्रोधी
आत्मालाई दयाको शीतल जलद्वारा गुण दान दिने वरदानी आत्मा भव
तिम्रो सम्मुख कोही
क्रोध अग्निमा जल्दै आओस्, तिमीलाई गाली गरोस्, निन्दा गरोस्... तापनि यस्तो
आत्मालाई आफ्नो शुभभावना, शुभकामनाद्वारा, वृत्तिद्वारा, स्थितिद्वारा गुणदान वा
सहनशीलताको शक्तिको वरदान देऊ। क्रोधी आत्मा परवश हुन्छ, यस्ता परवश आत्मालाई रहमको
शीतल जलद्वारा शान्त पारिदेऊ, यो तिमी वरदानी आत्माको कर्तव्य हो। चैतन्यमा जब
तिमीमा यस्तो संस्कार भरिएका हुन्छन् तब त जड चित्रहरूद्वारा भक्तहरूलाई वरदान
मिल्छ।
स्लोगन:–
यादद्वारा
सर्व शक्तिहरूको खजाना अनुभव गर्नेहरू आत्मा नै शक्ति सम्पन्न बन्छन्।