15.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबाले
तिमी आत्माहरूसँग रुहरिहान गर्नुहुन्छ , तिमी आएका छौ बाबाको पासमा २१ जन्मको लागि
आफ्नो जीवन बीमा गर्न। तिम्रो जीवन यस्तो सुरक्षित हुन्छ जसबाट तिमी अमर बन्छौ।”
प्रश्न:–
मनुष्यले पनि
आफ्नो जीवन बीमा गराउँछन् र तिमी बच्चाहरूले पनि गराउँछौ, दुवैमा फरक के छ?
उत्तर:–
मनुष्यले आफ्नो
जीवन बीमा गराउँछन्, जसबाट आफू मरियो भने परिवारलाई पैसा मिलोस्। तिमी बच्चाहरूले
बीमा गर्छौ जसबाट २१ जन्म हामी मर्दै नमरौं। अमर बनौं। सत्ययुगमा कुनै बीमा कम्पनी
हुँदैन। अहिले तिमीले आफ्नो जीवन बीमा गर्छौ फेरि कहिल्यै मर्दैनौ– यो खुसी
रहनुपर्छ।
गीत:–
यह कौन आज आया
सवेरे सवेरे...
ओम् शान्ति ।
रुहानी बाबा
बसेर रुहानी बच्चाहरूसँग रुहरिहान गर्नुहुन्छ, तिमी बच्चाहरूलाई थाहा छ– बाबाले
हामीलाई २१ जन्म त के ४०-५० जन्मको लागि बीमा गरिरहनुभएको छ। उनीहरूले बीमा गर्छन्
किनकि मरे भने आफ्नो परिवारलाई पैसा मिल्छ। तिमीले बीमा गर्छौ २१ जन्मको लागि मर्दै
नमरौं भनेर। बाबाले अमर बनाउनुहुन्छ नि। तिमी अमर थियौ, मूलवतन पनि अमरलोक हो। त्यहाँ
मर्ने बाँच्ने कुरा हुँदैन। त्यो हो आत्माहरूको निवासस्थान। अहिले यो कुराकानी
बाबाले आफ्ना बच्चाहरूसँग गर्नुहुन्छ, अरू कसैसँग गर्नुहुन्न। जुन आत्माले आफूलाई
चिका छन्, उनीहरूसँग नै कुरा गर्नुहुन्छ। बाँकी अरू कसैले बाबाको भाषा बुझ्दैनन्।
प्रदर्शनीमा यतिका आउँछन् तिम्रो भाषा कहाँ बुझ्छन् र! कसैले मुस्किलले केही बुझ्छन्।
तिमीलाई पनि सम्झाउँदा सम्झाउँदा कति वर्ष भएको छ तर पनि कति थोरैले बुझ्छन्। हुन त
सेकेण्डमा बुझ्ने कुरा हो। हामी आत्माहरू जो पावन थियौं हामी नै पतित बनेका छौं,
फेरि हामी नै पावन बन्नुछ। यसको लागि स्वीट फादर (मीठा बाबा) लाई याद गर्नुछ।
उहाँभन्दा मीठो अरू कुनै पनि चीज हुँदैन। यही याद गर्नमा नै मायाको विघ्न पर्छ। यो
पनि जानेका छौ– बाबा हामीलाई अमर बनाउन आउनुभएको छ। पुरुषार्थ गरेर अमर बनेर
अमरपुरीको मालिक बन्नुछ। अमर त सबै बन्छन्। सत्ययुगलाई भनिन्छ नै अमरलोक। यो हो
मृत्युलोक। यो अमरकथा हो, यस्तो होइन केवल शङ्करले पार्वतीलाई अमरकथा सुनाए। त्यो त
सबै हो भक्तिमार्गको कुरा। तिमी बच्चाहरूले केवल म एकबाट नै सुन। म एकलाई याद गर।
ज्ञान मैले मात्र दिन सक्छु। ड्रामा योजना अनुसार सारा दुनियाँ तमोप्रधान बनेको छ।
अमरपुरीमा राज्य गर्नु– त्यसलाई नै अमर पद भनिन्छ। त्यहाँ बीमा कम्पनी आदि हुँदैनन्।
अहिले बाबाले तिम्रो जीवन बीमा गरिरहनुभएको छ। तिमी कहिल्यै मर्दैनौ। बुद्धिमा यो
खुसी रहनुपर्छ। हामी अमरपुरीका मालिक बन्छौं, त्यसैले अमरपुरीलाई याद गर्नुपर्छ।
मूलवतन हुँदै जानुपर्छ। यो पनि मनमनाभव हुनजान्छ। मूलवतन हो मनमनाभव, अमरपुरी हो
मध्याजी भव। हरेक कुरामा दुई शब्द नै आउँछन्। तिमीलाई कति प्रकारले अर्थ
सम्झाउनुहुन्छ ता कि बुद्धिमा बसोस्। आफूलाई आत्मा निश्चय गर्नु, सबैभन्दा धेरै
मेहनत छ नै यसमा। हामी आत्माले यो जन्म लिएका छौं। ८४ जन्ममा भिन्न भिन्न नाम, रूप,
देश, काल फेर्दै आएका छौं। सत्ययुगमा यति जन्म, त्रेतामा यति– यो पनि धेरै
बच्चाहरूले भुल्छन्। मुख्य कुरा हो आफूलाई आत्मा सम्झेर स्वीट बाबालाई याद गर्नु।
उठ्दाबस्दा यो बुद्धिमा रह्यो भने खुसी हुन्छ। फेरि बाबा आउनुभएको छ, जसलाई हामीले
आउनुहोस् आएर पावन बनाउनुहोस् भनेर आधा कल्प याद गर्थ्यौं। पावन रहन्छन् मूलवतनमा र
अमरपुरी सत्ययुगमा। भक्तिमा मनुष्यले पुरुषार्थ गर्छन् मुक्तिमा वा श्रीकृष्णपुरीमा
जानको लागि। मुक्ति भन अथवा निर्वाणधाम भन, वानप्रस्थ शब्द ठीक छ। वानप्रस्थी त
शहरमा नै रहन्छन्। संन्यासीहरू त घरबार छोडेर जङ्गलमा जान्छन्। आजकालका वानप्रस्थीमा
कुनै दम छैन। संन्यासीले त ब्रह्मलाई भगवान भन्छन्। ब्रह्मलोक भन्दैनन्। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– पुनर्जन्म त कसैको पनि बन्द हुँदैन। सबैले आआफ्नो पार्ट खेल्छन्।
आवागमनबाट कहिल्यै छुट्दैनन्। यस समयमा करोडौं मनुष्य छन् र अरू पनि आउँदै जान्छन्,
पुनर्जन्म लिइरहन्छन्। फेरि फस्ट फ्लोर (तला) खाली हुन्छ। मूलवतन हो फस्ट फ्लोर,
सूक्ष्मवतन हो सेकेण्ड फ्लोर। यो हो थर्ड फ्लोर अथवा यसलाई ग्राउण्ड फ्लोर भन। अरू
कुनै फ्लोर छँदैछैन। उनीहरूले त सम्झन्छन्– तारामा पनि दुनियाँ छ। यस्तो होइन। फस्ट
फ्लोरमा आत्माहरू रहन्छन्। बाँकी मनुष्यहरूको लागि त यो दुनियाँ हो।
तिमी बेहदका वैरागी
बच्चाहरू हौ। तिमीले यस पुरानो दुनियाँमा रहेर पनि यी आँखाद्वारा सबैकुरा देखेर पनि
देख्नुछैन। यो हो मुख्य पुरुषार्थ किनकि यो सबै खतम हुन्छ। यस्तो पनि होइन संसार
बनेकैछैन। बनेकोछ तर यसबाट वैराग्य हुन्छ अर्थात् सारा पुरानो दुनियाँबाट वैराग्य।
भक्ति, ज्ञान र वैराग्य। भक्तिपछि हुन्छ ज्ञान, फेरि भक्तिको वैराग्य हुन्छ।
बुद्धिले बुझ्छौ यो पुरानो दुनियाँ हो। यो हाम्रो अन्तिम जन्म हो, अब सबै फर्केर
जानुछ। साना बच्चाहरूलाई पनि शिवबाबाको याद दिलाउनुपर्छ। उल्टोसुल्टो खानपान आदिको
कुनै बानी बसाल्नु हुँदैन। सानो उमेरबाट जस्तो बानी बसाल्यो त्यस्तै बानी बस्छ।
आजकाल सङ्गको दोष धेरै दूषित छ। सङ्गले तार्छ, कुसङ्ग डुबाउँछ... यो विषय सागर
वेश्यालय हो। सत्य त एउटै परमपिता परमात्मा हुनुहुन्छ। ईश्वर एक हुनुहुन्छ (गड इज
वन) भनिन्छ। उहाँ आएर सत्य कुरा सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– हे रुहानी बच्चाहरू!
म तिम्रो बाबाले तिमीसँग कुराकानी गरिरहेको छु। मलाई तिमीले बोलाउँछौ नि। उहाँ नै
ज्ञानको सागर, पतित-पावन हुनुहुन्छ। नयाँ सृष्टिका रचयिता हुनुहुन्छ। पुरानो
सृष्टिको विनाश गराउनुहुन्छ। यो त्रिमूर्ति त प्रसिद्ध छ। उच्चभन्दा उच्च हुनुहुन्छ
शिव। ठीक छ, फेरि सूक्ष्मवतनमा छन् बह्मा-विष्णु-शङ्कर। उनीहरूको पनि साक्षात्कार
हुन्छ किनकि पवित्र छन् नि। उनीहरूलाई चैतन्यमा यी आँखाबाट देख्न सकिँदैन। धेरै नवधा
भक्तिबाट देख्न सकिन्छ। मानौं कोही हनुमानको भक्त रहेछ भने उनको साक्षात्कार हुन्छ।
शिवका भक्तलाई त झुटो कुरा बताइएको छ– परमात्मा अखण्ड ज्योति स्वरूप हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– म त यति सानो बिन्दु छु। उनीहरूले भन्छन्– अखण्ड ज्योति स्वरूप
अर्जुनलाई देखाइयो। उनले भने, पुग्यो मैले सहन गर्न सक्दिनँ। उनलाई साक्षात्कार भयो,
यो गीतामा लेखिएको छ। मनुष्यहरूले सम्झन्छन्– अखण्ड ज्योतिको साक्षात्कार भयो। अब
बाबा भन्नुहुन्छ– यो सबै भक्तिमार्गको कुरा मन खुसी पार्नको लागि हो। मैले त भन्दै
भन्दिनँ– म अखण्ड ज्योति स्वरूप हुँ। जसरी तिम्रो आत्मा बिन्दु समान छ म पनि त्यस्तै
छु। जसरी तिमी ड्रामाको बन्धनमा छौ, त्यसैगरी म पनि ड्रामाको बन्धनमा बाँधिएको छु।
सबै आत्माहरूलाई आआफ्नो पार्ट मिलेको छ। पुनर्जन्म त सबैले लिनु नै छ। नम्बरवार त
सबै आउनु नै छ। पहिलो नम्बरका फेरि तल जान्छन्। बाबाले कति कुरा सम्झाउनुहुन्छ। यो
सम्झाइएको छ– सृष्टि रूपी चक्र घुमिरहन्छ। जसरी दिनपछि रात आउँछ त्यसैगरी कलियुगपछि
सत्ययुग, त्रेता... फेरि सङ्गमयुग आउँछ। सङ्गम युगमा नै बाबाले परिवर्तन गर्नुहुन्छ।
जो सतोप्रधान थिए अब तिनै तमोप्रधान बनेका छन्। तिनै फेरि सतोप्रधान बन्छन्।
बोलाउँछन् पनि, हे पतित-पावन आउनुहोस्! अब बाबा भन्नुहुन्छ– मनमनाभव। म आत्मा हुँ,
मैले बाबालाई याद गर्नुछ। यो यथार्थ रूपले कसैले मुस्किलै सम्झन्छन्। हामी
आत्माहरूका पिता कति मीठो हुनुहुन्छ। आत्मा पनि मीठो छ नि। शरीर त खतम हुन्छ फेरि
उनको आत्मालाई बोलाइन्छ। प्यार त आत्मासँग नै हुन्छ नि। संस्कार आत्मा नै रहन्छ।
आत्माले नै पढ्छ, सुन्छ, देह त खतम हुन्छ। म आत्मा अमर हुँ। फेरि तिमीले मेरो लागि
किन रून्छौ? यो त देह अभिमान हो नि। तिम्रो प्यार देहमा छ, प्यार हुनुपर्छ आत्मामा।
अविनाशी चीजमा प्यार हुनुपर्छ। विनाशी चीजमा प्यार भयो भने लडाइँ झगडा गरिरहन्छन्।
सत्ययुगमा हुन्छन् देहीअभिमानी, त्यसैले खुसीले एक शरीर छोडेर अर्को लिन्छन्। रुने
कराउने केही पनि हुँदैन।
तिमी बच्चाहरूले आफ्नो
आत्म अभिमानी अवस्था बनाउनको लागि धेरै अभ्यास गर्नुपर्छ– म आत्मा हुँ, आफ्नो भाइ
आत्मालाई बाबाको सन्देश सुनाउँदैछु, मेरो भाइले यी अङ्गहरूद्वारा सुन्छ, यस्तो
अवस्था जमाऊ। बाबालाई याद गरिरह्यौ भने विकर्म विनाश भइरहन्छ। स्वयंलाई पनि आत्मा
सम्झ, उनलाई पनि आत्मा सम्झ तब पक्का बानी पर्छ। यो हो गुप्त मेहनत। अन्तर्मुखी भएर
यस अवस्थालाई पक्का बनाउनुछ। जति समय निकाल्न सक्छौ त्यति यसमा लगाऊ। ८ घण्टा त
धन्दा आदि गर। निदाऊ पनि। बाँकी समय यसमा लगाऊ। ८ घण्टासम्म पुर्याउनु छ, अनि
तिमीलाई धेरै खुसी हुन्छ। पतित-पावन बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो
विकर्म विनाश हुन्छ। ज्ञान तिमीलाई अहिले सङ्गम युगमा नै मिल्छ। महिमा सारा यस
सङ्गमयुगको छ, जब कि बाबा बसेर तिमीलाई ज्ञान सम्झाउनुहुन्छ। यसमा कुनै स्थूल कुरा
छैन। यो जुन तिमीले लेख्छौ त्यो सबै खतम हुन्छ। नोट पनि त्यसैले गर्छन् ता कि
प्वाइन्टहरू नोट गर्यो भने याद रहन्छ। कसैको बुद्धि तीक्ष्ण छ भने बुद्धिमा याद
रहन्छ। नम्बरवार त छन् नि। मुख्य कुरा, बाबालाई याद गर्नुछ र सृष्टि चक्रलाई याद
गर्नुछ। कुनै विकर्म गर्नुछैन। गृहस्थ व्यवहारमा पनि रहनुछ। पवित्र अवश्य बन्नुछ।
कुनै विकारी ख्याल हुने बच्चाहरूले सम्झन्छन्– मलाई यी फलानी धेरै राम्रो लाग्छ।
यिनीसँग म गन्धर्वविवाह गरुँ। तर यो गन्धर्वविवाह त तब गराइन्छ जब मित्र-सम्बन्धीले
धेरै हैरान पार्छन्। उनलाई बचाउनको लागि। यस्तो सबैले कहाँ भन्छन् र म गन्धर्वविवाह
गर्छु। उनीहरू कहिल्यै पवित्र रहनसक्दैनन्। पहिलो दिनमा नै गएर नालीमा खस्छन्।
नाम-रूपमा दिल लाग्छ। यो त धेरै नराम्रो कुरा हो। गन्धर्वविवाह गर्नु, कुनै सानीमाको
घर होइन। एक अर्कासँग दिल लाग्यो भने भन्छन् गन्धर्वविवाह गरुँ। यसमा सम्बन्धीहरू
धेरै खबरदार रहनुपर्छ। सम्झिनुपर्छ यो बच्चा कामको छैन। जोसँग दिल लाग्यो उसबाट
हटाउनुपर्छ। नत्र कुरा गरिरहन्छन्। यस सभामा धेरै खबरदारी राख्नुपर्छ। पछि गएर नियम
अनुसार सभा लाग्छ। यस्ता यस्ता ख्याल गर्नेलाई आउन दिइनेछैन।
जुन बच्चाहरू रुहानी
सेवामा तत्पर रहन्छन्, जसले योगमा रहेर सेवा गर्छन्, उनै सत्ययुगी राजधानी स्थापना
गर्नमा मदतगार बन्छन्। सेवाधारी बच्चाहरूलाई बाबाले निर्देशन दिनुहुन्छ– आराम हराम
हो। जसले धेरै सेवा गर्छन् उनीहरू अवश्य राजा-रानी बन्छन्। जस-जसले मेहनत गर्छन्,
आफूसमान बनाउँछन्, उनमा तागत पनि हुन्छ। स्थापना त ड्रामा अनुसार हुनु नै छ। सबै
प्वाइन्टहरू राम्ररी धारण गरेर त्यसपछि सेवामा लाग्नुपर्छ। आराम पनि हराम हो। सेवा
नै सेवा, अनि मात्रै उच्च पद पाउँछौ। बादल आयो अनि रिफ्रेस भएर गयो सेवामा। तिम्रो
त धेरै सेवा हुन्छ। भिन्न भिन्न प्रकारका चित्र निस्किन्छन्, जुन कुरा मनुष्यले
छिट्टै बुझ्छन्। यी चित्र आदिमा पनि सुधार हुँदैजान्छ। यसमा पनि जो हाम्रा ब्राह्मण
कुलका हुन्छन् उनीहरूले राम्ररी बुझ्छन्। सम्झाउनेवाला राम्रा छन् भने केही बुझ्छन्।
जसले राम्ररी धारणा गर्छन्, बाबालाई याद गर्छन्– उनको चेहराबाट नै थाहा हुन्छ। बाबा
हामीले त हजुरबाट पूरा वर्सा लिन्छौं। उनको मनमा खुसीको ढोल बजिरहन्छ, सेवाको सोख
धेरै हुन्छ। रिफ्रेस भए अनि सेवामा दौडे। सेवाको लागि हरेक सेन्टरबाट धेरै तयार
हुनुपर्छ। तिम्रो सेवा त धेरै फैलिँदै जान्छ। तिम्रो साथमा मिल्दै जान्छन्। आखिर एक
दिन संन्यासी पनि आउनेछन्। अहिले त उनीहरूको रजाइँ छ। उनीहरूको खुट्टामा पर्छन्,
पुज्छन्। बाबा भन्नुहुन्छ– यो भूत पूजा हो। मेरो त खुट्टा नै छैन, त्यसैले पुज्न पनि
दिन्नँ। मैले त यो तन सापट लिएको छु त्यसैले यिनलाई भाग्यशाली रथ भनिन्छ।
यस समयमा तिमी
बच्चाहरू धेरै सौभाग्यशाली छौ किनकि तिमी यहाँ ईश्वरीय सन्तान हौ। गायन पनि छ आत्मा
परमात्मा अलग रहे बहुकाल....। जो धेरै कालदेखि अलग रहेका छन् तिनै आउँछन्, उनलाई नै
आएर पढाउँछु। श्रीकृष्णको लागि कहाँ भन्न सकिन्छ र! उनले त पूरा ८४ जन्म लिन्छन्।
यो हो उनको अन्तिम जन्म, त्यसैले नाम पनि यी एकको श्याम-सुन्दर राखिएको छ। उहाँ के
चीज हो, शिवको बारेमा त कसैलाई थाहा छैन। यो कुरा बाबा नै आएर बताउनुहुन्छ। म परम
आत्मा हुँ, परमधाम निवासी हुँ। तिमी पनि त्यहाँका निवासी हौ। म सुप्रिम पतित-पावन
हुँ। तिमी अहिले ईश्वरीय बुद्धिका बनेका छौ। ईश्वरको बुद्धिमा जुन ज्ञान छ त्यो
तिमीलाई सुनाइरहनुभएको छ। सत्ययुगमा भक्तिको कुरा हुँदैन। यो ज्ञान तिमीलाई अहिले
मिलिरहेको छ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अन्तर्मुखी भएर आफ्नो अवस्था जमाउनुछ, अभ्यास गर्नुछ– म आत्मा हुँ, आफ्नो भाइलाई
बाबाको सन्देश दिँदैछु... यस्तो आत्म अभिमानी बन्ने गुप्त मेहनत गर्नुछ।
२) रुहानी सेवाको सोख
राख्नुछ। आफूसमान बनाउने मेहनत गर्नुछ। सङ्गदोष धेरै गन्दा छ, त्यसबाट आफ्नो सम्भाल
गर्नुछ। उल्टो खानपिनको बानी बसाल्नुछैन।
वरदान:–
विश्वकल्याणको
कार्यमा सदा बिजी रहने विश्वको आधारमूर्त भव
विश्व कल्याणकारी
बच्चाहरू स्वप्नमा पनि फ्री रहन सक्दैनन्। जो दिनरात सेवामा बिजी रहन्छन्, उनीहरूले
स्वप्नमा पनि कैयौँ नयाँ नयाँ कुराहरू, सेवाका प्लान र तरिकाहरू देखिरहन्छन्। उनीहरू
सेवामा बिजी भएको कारणले आफ्नो पुरुषार्थमा व्यर्थबाट र अरू व्यर्थबाट पनि बचेका
हुन्छन्। उनीहरूको सामुन्ने बेहद विश्वका आत्माहरू सदा इमर्ज रहन्छन्। उनीहरूलाई
अलिकति पनि अलबेलापन आउन सक्दैन। यस्ता सेवाधारी बच्चाहरूलाई आधारमूर्त बन्ने वरदान
प्राप्त हुन्छ।
स्लोगन:–
सङ्गमयुगको एक
एक सेकेन्ड वर्षौँ समान छ, त्यसैले अलबेलापनमा समय नगुमाऊ।