17.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो रुहा नी हस्पिटल ले तिमीलाई आधाकल्पको लागि सदा एभरहेल्दी बनाउ ँछ , यहाँ तिमी देहीअभिमानी भएर बस।”

प्रश्न:–
धन्दा आदि गर्दा पनि कुनचाहिँ निर्देशन बुद्धिमा याद रहनुपर्छ?

उत्तर:–
बाबाको निर्देशन छ– तिमीले कुनै साकार वा आकारलाई याद नगर, एक बाबाको याद रह्यो भने विकर्म विनाश हुन्छ। यसमा कसैले फुर्सत छैन भन्न सक्दैन। सबैथोक गरेर पनि यादमा रहन सक्छौ।

ओम् शान्ति ।
मीठा प्यारा रुहानी बच्चाहरूप्रति बाबाको गुडमर्निङ्ग। गुडमर्निङ्ग भनेपछि बच्चाहरूलाई भनिन्छ बाबालाई याद गर। बोलाउँछन् पनि– हे पतित-पावन आएर पावन बनाउनुहोस्! त्यसैले बाबाले पनि सबैभन्दा पहिला भन्नुहुन्छ– रुहानी बाबालाई याद गर। रुहानी बाबा त सबैको एउटै हुनुहुन्छ। पितालाई कहिल्यै सर्वव्यापी मानिँदैन। जति हुनसक्छ प्यारा बच्चाहरू! बाबालाई याद गर। एक बाबा सिवाय अरू कुनै पनि साकार वा आकारलाई याद नगर। यो त बिल्कुल सहज छ नि। मानिसहरूले भन्छन्– हामी व्यस्त छौं, फुर्सत छैन। तर यसमा त सदैव फुर्सत हुन्छ। बाबा युक्ति बताउनुहुन्छ– यो पनि जानेका छौ, बाबालाई याद गरेमा नै हाम्रो पाप भस्म हुन्छ। मुख्य कुरा यो हो। धन्दा आदि गर्न कुनै मनाही गरिँदैन। त्यो सबै गर्दै केवल बाबालाई याद गर ता कि विकर्म विनाश होस्। यो त जान्दछौ– हामी पतित छौं, साधुसन्त, ऋषिमुनि आदि सबैले साधना गर्छन्। साधना गरिन्छ भगवानसँग मिल्न। त्यो त जबसम्म उहाँको परिचय हुँदैन, तबसम्म मिल्न सक्दैनौ। तिमीलाई थाहा छ– बाबाको परिचय दुनियाँमा कसैलाई पनि छैन। देहको परिचय त सबैलाई छ। ठुलो चीजको परिचय तुरुन्त हुन्छ। आत्माको परिचय त जब बाबा आउनुहुन्छ तब सम्झाउनुहुन्छ। आत्मा र शरीर दुई चीज छन्। आत्मा एक तारा (स्टार) हो, जुन अति सूक्ष्म छ। यसलाई कसैले देख्न सक्दैन। यहाँ आएर बस्दा देहीअभिमानी भएर बस्नुपर्छ। यो पनि आधाकल्प सदा स्वस्थ हुनको लागि एउटा हस्पिटल हो नि। आत्मा त छ अविनाशी, कहिल्यै विनाश हुँदैन। सारा पार्ट आत्माको नै छ। आत्माले भन्छ– म कहिल्यै पनि विनाश हुन्न। सबै आत्माहरू अविनाशी छन्। शरीर विनाशी छ। अब तिम्रो बुद्धिमा यो बसेको छ– हामी आत्मा अविनाशी हौं। हामीले ८४ जन्म लिन्छौं, यो ड्रामा हो। यसमा धर्मस्थापक को को कहिले आउँछन्, कति जन्म लिन्छन्– यो त जानेका छौ। जुन ८४ जन्मको गायन गरिन्छ, अवश्य कुनै एक धर्मका हुनुपर्छ। सबैका त ८४ जन्म हुन सक्दैन। सबै धर्मका एकैचोटि त आउँदैनन्। हामीले अरूको हिसाब किन निकालौं? जानेका छन्– फलाना फलाना समयमा धर्म स्थापना गर्न आउँछन्। त्यसको फेरि वृद्धि हुन्छ। सबै सतोप्रधानबाट तमोप्रधान त हुनु नै छ। दुनियाँ तमोप्रधान भएपछि फेरि बाबा आएर सतोप्रधान सत्ययुग बनाउनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामीले नै फेरि नयाँ दुनियाँमा आएर राज्य गर्छौं, अरू कुनै धर्म हुँदैन। तिमीहरूमा पनि जसलाई उच्च पद लिनुछ, उनीहरूले यादमा रहने धेरै पुरुषार्थ गर्छन् र समाचार पनि लेख्छन्– बाबा म यति समय यादमा रहन्छु। कसैले त लाजले गर्दा पूरा समाचार दिँदैनन्। सम्झन्छन्– बाबाले के भन्नुहोला। तर थाहा त हुन्छ नि। स्कुलमा टिचरले विद्यार्थीहरूलाई भन्छन् नि– तिमीले यदि पढेनौ भने फेल हुन्छौ। लौकिक माता पिताले पनि बच्चाहरूको पढाइबाट बुझ्छन्। यो त धेरै ठुलो स्कुल हो, यहाँ त क्रमैसँग बसाइँदैन। बुद्धिद्वारा सम्झिइन्छ, नम्बरवार त हुन्छन् नि। अब बाबाले राम्रा राम्रा बच्चाहरूलाई कहीँ पठाइदिनुहुन्छ, उनीहरू फेरि जान्छन्। अरूले पनि लेख्छन् हामीलाई महारथी चाहियो, त्यसैले अवश्य सम्झन्छन्– ऊ हामीभन्दा होसियार नामुद छ। नम्बरवार त हुन्छन् नि। प्रदर्शनीमा पनि अनेक प्रकारका आउँछन्, त्यसैले गाइडहरू पनि जाँच गर्नको लागि खडा हुनुपर्छ। रिसिभ गर्नेले त जान्दछ– यो कस्तो प्रकारको व्यक्ति हो। उसलाई फेरि इसारा दिनुपर्छ, यसलाई तपाईँले सम्झाउनुहोस्। तिमीले पनि बुझ्न सक्छौ– फस्ट ग्रेड, सेकेण्ड ग्रेड, थर्ड ग्रेड सबै छन्। त्यहाँ त सबैको सेवा गर्नु नै छ। कोही ठुलो व्यक्ति छ भने अवश्य उसको खातिरी सबैले गर्छन् नै। यो काइदा हो। बाबा अथवा टिचरले बच्चाहरूको क्लासमा महिमा गर्छन्, यो पनि सबैभन्दा ठुलो खातिरी हो। नाम निकाल्ने बच्चाहरूको महिमा अथवा खातिरी गरिन्छ। यो फलानो धनवान हो, धार्मिक मनको व्यक्ति हो, यो पनि खातिरी हो नि। तिमीले यो बुझेका छौ– सबैभन्दा उच्च भगवान हुनुहुन्छ। भन्छन् पनि, वास्तवमा सबैभन्दा उच्च हुनुहुन्छ। तर फेरि सोध– उहाँको बारेमा बताउनुहोस्, भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। एकदम तल झारिदिन्छन्। अब तिमीले सम्झाउन सक्छौ– सबैभन्दा उच्च हुनुहुन्छ भगवान, उहाँ हुनुहुन्छ मूलवतनवासी। सूक्ष्मवतनमा हुन्छन् देवताहरू। यहाँ रहन्छन् मनुष्य। सबैभन्दा उच्च भगवान उहाँ निराकार हुनुहुन्छ।

अहिले तिमीले जानेका छौ– हामी जो हीरासमान थियौं, हामी नै फेरि कौडीसमान बन्न पुगेका छौं। फेरि भगवानलाई आफूभन्दा पनि तल लगेका छन्। जान्दै जानेका छैनन्। तिमीहरूलाई मात्रै पहिचान मिल्छ, फेरि पहिचान कम हुन्छ। अहिले तिमीले बाबाको पहिचान सबैलाई दिँदै जान्छौ। धेरैलाई बाबाको पहिचान मिल्छ। तिम्रो मुख्य चित्र हो नै यो त्रिमूर्ति, गोला (सृष्टिचक्र) र कल्पवृक्ष। यिनमा कति ज्ञान (प्रकाश) छ। यो त जसले पनि भन्छ– यी लक्ष्मी-नारायण सत्ययुगका मालिक थिए। ठीक छ, सत्ययुगभन्दा पहिला के थिए? यो पनि अहिले तिमीलाई थाहा छ। अहिले हो कलियुगको अन्त्य र छ पनि प्रजाको प्रजामाथि राज्य। अहिले राज्य भाग्य त छँदैछैन, कति फरक छ। सत्ययुगको सुरुमा राजाहरू थिए र अहिले कलियुगमा पनि राजाहरू छन्। तर कोही त्यस्तो पावन छैन, कसैले त पैसा दिएर पनि टाइटल लिन्छन्। महाराजा त कोही छँदैछैन, टाइटल खरिद गर्छन्। जस्तै, पटियालाका महाराजा, जोधपुर, बीकानेरका महाराजा.... नाम त लिन्छन् नि। यो नाम अविनाशी चल्दै आउँछ। पहिला पवित्र महाराजाहरू थिए, अहिले छन् अपवित्र। राजा, महाराजा नाम चल्दै आउँछन्। यी लक्ष्मी-नारायणको लागि भन्छन् यी सत्ययुगका मालिक थिए, उनीहरूबाट कसले राज्य लियो? अहिले तिमीलाई थाहा छ– राज्य भाग्यको स्थापना कसरी हुन्छ? बाबा भन्नुहुन्छ– मैले तिमीलाई अहिले पढाउँछु– २१ जन्मको लागि। त्यो पढेर त यस जन्ममा नै वकिल आदि बन्छन्। तिमी अहिले पढेर भविष्यमा महाराजा महारानी बन्छौ। ड्रामा योजना अनुसार नयाँ दुनियाँको स्थापना भइरहेको छ। अहिले हो पुरानो दुनियाँ। जतिसुकै राम्रा राम्रा ठुला महल हुन् तर हीरा-जुहारतका महल बनाउने तागत त कसैमा छैन। सत्ययुगमा यी सबै हीरा-जुहारतहरूका महल बनाउँछन् नि। बनाउनमा कुनै बेर कहाँ लाग्छ र! यहाँ पनि भूकम्प आदि हुँदा धेरै कारिगर लगाइदिन्छन्, एक-दुई वर्षमा सारा शहर खडा गरिदिन्छन्। नयाँ दिल्ली बनाउनमा ८-१० वर्ष जति लाग्यो, तर यहाँका कामदार र त्यहाँका कामदारहरूमा त फरक हुन्छ नि। आजकाल त नयाँ नयाँ आविष्कार पनि निस्किरहन्छन्। घर बनाउन विज्ञानको पनि जोड छ, सबैथोक तयार मिल्छ। तुरुन्त तला तयार हुन्छ। धेरै छिटो छिटो बन्छन्, त्यसैले यी सबै त्यहाँ काममा त आउँछन् नि। यी सबै साथमा जान्छन्। संस्कार त रहन्छ नि। यो विज्ञानको संस्कार पनि जान्छ। अहिले बाबाले बच्चाहरूलाई सम्झाइरहनुहुन्छ, पावन बन्नुछ भने बाबालाई याद गर। बाबाले पनि गुडमर्निङ्ग भनेर फेरि शिक्षा दिनुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा बसेका छौ? घुम्दा, फिर्दा बाबालाई याद गर किनकि जन्मजन्मान्तरको बोझ शिरमाथि छ। सिँढी उत्रिँदै उत्रिँदै ८४ जन्म लिन्छौ। अहिले फेरि एक जन्ममा कला वृद्धि हुन्छ। जति बाबालाई याद गरिरहन्छौं, त्यति खुसी पनि हुन्छ, तागत पनि मिल्छ। धेरै बच्चाहरू छन् जसलाई पहिलो नम्बरमा राखिन्छ, तर यादमा बिल्कुल रहँदैनन्। हुन त ज्ञानमा तीक्ष्ण छन्, तर यादको यात्रा छँदैछैन। बाबाले त बच्चाहरूको महिमा गर्नुहुन्छ। यी पनि नम्बरवनमा छन् त्यसैले अवश्य मेहनत पनि गरेको हुनुपर्छ नि। तिमीले जहिले पनि सम्झ– शिवबाबाले सम्झाउनुहुन्छ, अनि बुद्धियोग त्यहाँ लागिरहन्छ। यिनले पनि सिक्छन् होला नि। फेरि पनि भन्छन् बाबालाई याद गर। कसैलाई पनि सम्झाउनको लागि चित्र छन्। भगवान भनिन्छ नै निराकारलाई। उहाँ आएर शरीर धारण गर्नुहुन्छ। एक भगवानका बच्चा सबै आत्माहरू भाइ भाइ हुन्। अहिले यस शरीरमा विराजमान छन्। सबै अकालमूर्त हुन्। यो अकालमूर्त आत्माको तख्त (सिंहासन) हो। अकालतख्त भिन्नै कुनै खास चीज होइन। यो तख्त हो अकालमूर्तको। भृकुटीको बीचमा आत्मा विराजमान हुन्छ, यसलाई भनिन्छ अकालतख्त। अकालतख्त, अकालमूर्तको। आत्माहरू सबै अकाल हुन्, कति अति सूक्ष्म छन्। बाबा त हुनुहुन्छ निराकार। उहाँले आफ्नो तख्त कहाँबाट ल्याउनुहुन्छ? बाबा भन्नुहुन्छ– मेरो पनि यो तख्त हो। म आएर यो तख्त सापटी लिन्छु। ब्रह्माको साधारण वृद्ध तनमा अकाल तख्तमा आएर बस्छु। अहिले तिमीले जानिसकेका छौ– सबै आत्माहरूको यो तख्त हो। मनुष्यको नै कुरा गरिन्छ, जनावरहरूको कुरा त होइन। पहिला जो मनुष्य जनावरभन्दा पनि खराब भएका छन्, उनीहरू त सुध्रिऊन्। कसैले जनावरको कुरा सोधे भने उनलाई भन– पहिला आफूलाई त सुधारौं। सत्ययुगमा त जनावर पनि धेरै राम्रा, फस्टक्लास हुन्छन्। फोहर आदि केही पनि हुँदैन। राजाको महलमा परेवा आदिको किचडा (बिष्टा) भयो भने त सजाय मिल्छ। अलिकति पनि फोहर हुँदैन। त्यहाँ धेरै सावधानी हुन्छ। पालेहरू हुन्छन्, कहिल्यै कुनै जनावर आदि भित्र घुस्नसक्दैन। धेरै सफाइ हुन्छ। लक्ष्मी-नारायणको मन्दिरमा पनि कति सफाइ हुन्छ। शङ्कर-पार्वतीका मन्दिरमा परेवा पनि देखाउँछन्। त्यसो भए अवश्य मन्दिरलाई पनि फोहोर पार्छन् होला। शास्त्रहरूमा त धेरै दन्त्य कथाहरू लेखिदिएका छन्।

अहिले बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ, तिनीहरूमध्ये पनि थोरै छन् जसले धारणा गर्नसक्छन्। बाँकीले त केही पनि बुझ्दैनन्। बाबाले बच्चाहरूलाई कति प्यारसँग सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! धेरै धेरै मीठो बन। मुखबाट सदैव रत्न निस्किरहुन्। तिमी हौ रूप वसन्त। तिम्रो मुखबाट पत्थर निस्किनु हुँदैन। आत्माको नै महिमा हुन्छ। आत्माले भन्छ– म राष्ट्रपति हुँ, फलानो हुँ...। मेरो शरीरको नाम यो हो। ठीक छ, आत्माहरू कसका बच्चाहरू हुन्? एक परमात्माका। त्यसैले अवश्य उहाँबाट वर्सा मिल्नुपर्छ। उहाँ फेरि सर्वव्यापी कसरी हुनसक्नुहुन्छ! तिमीले सम्झन्छौ– हामीले पनि पहिला केही जान्दैनथ्यौं। अहिले बुद्धि कति खुलेको छ। तिमी कुनै पनि मन्दिरमा गयौ भने सम्झन्छौ– यी त सबै झुटा चित्र हुन्। १० हात भएको, हात्तीको सुँड भएको कुनै चित्र हुन्छ र! यी सबै हुन् भक्तिमार्गका सामग्री। वास्तवमा भक्ति हुनुपर्छ एक शिवबाबाको, जो सबैका सद्गतिदाता हुनुहुन्छ। तिम्रो बुद्धिमा छ– यी लक्ष्मी-नारायणले पनि ८४ जन्म लिन्छन्। फेरि सर्वोच्च बाबा आएर सबैलाई सद्गति दिनुहुन्छ। उहाँभन्दा ठुलो अरू कोही छँदैछैन। यो ज्ञानको कुरा तिमीहरूमध्ये पनि नम्बरवार धारण गर्नसक्छन्। धारणा गर्न सकेनन् भने बाँकी के कामका रहे। कोही त अन्धाको लट्ठी बन्नुको सट्टा स्वयं अन्धा बन्छन्। गाईले दुध दिएन भने त्यसलाई पिंजरपुरमा (थारा गाई राख्ने ठाउँ) राख्छन्। यिनले पनि ज्ञानको दुध दिन सक्दैनन्। धेरै छन् जसले केही पुरुषार्थ गर्दैनन्। हामीले केही त कसैको कल्याण गरौं, यो जान्दैनन्। आफ्नो तकदिरको ख्याल नै हुँदैन। जे जस्तो मिल्यो, त्यही ठीक। बाबा भन्नुहुन्छ– यिनको तकदिरमा छैन। आफ्नो सद्गति गर्ने पुरुषार्थ त गर्नुपर्छ। देहीअभिमान बन्नुछ। बाबा कति उच्चभन्दा उच्च हुनुहुन्छ र आउनुहुन्छ हेर कसरी पतित दुनियाँ, पतित शरीरमा। उहाँलाई बोलाउँछन् नै पतित दुनियाँमा। जब रावणले बिल्कुलै भ्रष्ट बनाइदिन्छ, अनि बाबाले आएर श्रेष्ठ बनाउनुहुन्छ। जसले राम्रो पुरुषार्थ गर्छन्, उनीहरू राजा रानी बन्छन्। जसले पुरुषार्थ गर्दैनन्, उनीहरू गरिब बन्छन्। तकदिरमा छैन भने पुरुषार्थ गर्न सक्दैनन्। कसैले त धेरै राम्रो तकदिर बनाउँछन्। हरेकले आफूलाई हेर्न सक्छन्– मैले कति सेवा गरेको छु? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रूप-वसन्त बनेर मुखबाट सदैव रत्न निकाल्नुछ, धेरै मीठो बन्नुछ। कहिल्यै पनि पत्थर (कटुवचन) निकाल्नुछैन।

२) ज्ञान र योगमा तीक्ष्ण बनेर आफ्नो र अरूको कल्याण गर्नुछ। आफ्नो तकदिर उच्च बनाउने पुरुषार्थ गर्नुछ। अन्धाहरूको लट्ठी बन्नुछ।

वरदान:–
त्रि-स्मृति स्वरूपको तिलक धारण गर्ने सम्पूर्ण विजयी भव

स्वयंको स्मृति, बाबाको स्मृति र ड्रामाको नलेजको स्मृति– यी तीन स्मृतिहरूमा सारा ज्ञानको विस्तार समाहित भएको छ। नलेजको वृक्षका यी तीन स्मृतिहरू हुन्। जसरी वृक्षभन्दा पहिला बीज हुन्छ, त्यो बीजबाट दुई पातहरू निस्कन्छन्, अनि वृक्षको विस्तार हुन्छ, त्यसरी नै मुख्य हो बीज बाबाको स्मृति, फेरि दुई पातहरू अर्थात् आत्मा र ड्रामाको सारा नलेज। यी तीन स्मृतिहरूलाई धारण गर्नेहरू स्मृति स्वरूप वा सम्पूर्ण विजयी भवका वरदानी बन्छन्।

स्लोगन:–
प्राप्तिहरूलाई सदा सामुन्ने राख्यौ भने कमजोरीहरू सहजै समाप्त हुन्छन्।