17.11.24 Avyakt Bapdada Nepali Murli 30.11.2002 Om Shanti Madhuban
रिटर्न शब्दको
स्मृतिद्वारा समान बन र रिटर्न जर्नीको स्मृति स्वरूप बन
आज बापदादा आफ्ना
चारैतिरका दिल तख्तनसिन, भृकुटी तख्तनसिन, विश्व राज्य तख्तनसिन, स्वराज्य अधिकारी
बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। परमात्म दिल तख्त सारा कल्पमा अहिले तिमी
सिकीलधे, प्रिय बच्चाहरूलाई मात्र प्राप्त हुन्छ। भृकुटीको तख्त त सर्व आत्माहरूको
छ तर परमात्म दिलतख्त ब्राह्मण आत्माहरू बाहेक अरू कसैलाई प्राप्त हुँदैन। यही दिल
तख्तले नै विश्वको तख्त दिलाउँछ। वर्तमान समयमा स्वराज्य अधिकारी बनेका छौ, हरेक
ब्राह्मण आत्माको स्वराज्य गलाको हार हो। स्वराज्य तिम्रो जन्मको अधिकार हो। आफूलाई
यस्तो स्वराज्य अधिकारी अनुभव गर्छौ? दिलमा यो दृढ सङ्कल्प छ– हाम्रो यस जन्मसिद्ध
अधिकार(बर्थ राइट)लाई कसैले खोस्न सक्दैन। साथसाथै यो पनि रूहानी नस होस्– हामी
परमात्म दिल तख्तनसिन पनि हौं। मानव जीवनमा, तनमा पनि विशेष दिलकै महानता गायन
गरिन्छ। दिल रोकियो भने जीवन समाप्त। त्यस्तै आध्यात्मिक जीवनमा पनि दिल तख्तको धेरै
महत्त्व छ। जो दिल तख्तनसिन छन् तिनै आत्माहरूको विश्वमा विशेष आत्माको रूपमा गायन
गरिन्छ। तिनै आत्माहरू भक्तहरूका लागि मालाको दानाका रूपमा याद गरिन्छ। तिनै
आत्माहरू करोडौँमा कोही, कोहीमा पनि कोही भनि गायन गरिन्छ। त्यसोभए ती को हुन्?
तिमीहरू हौ? पाण्डव पनि हौ? माताहरू पनि हौ? (हात हल्लाइरहेका छन्)। बाबा
भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! कहिलेकाहीँ दिल तख्त छोडेर देह रूपी माटोसँग किन
दिल लगाउँछौ? देह माटो हो। प्यारा बच्चाहरूले कहिल्यै माटोमा पाइला राख्दैनन्, सदा
तख्तमा, गोदीमा वा अतीन्द्रिय सुखको झुलामा झुल्छन्। तिमीहरूका लागि बापदादाले
भिन्नभिन्न झुला दिनुभएको छ, कहिले सुखको झुलामा झुल, कहिले खुसीको झुलामा झुल।
कहिले आनन्दमय झुलामा झुल। आज बापदादाले यस्ता श्रेष्ठ बच्चाहरूलाई देखिरहनुभएको
थियो– कसरी नसाले झुलामा झुलिरहेका छन्। झुलिरहन्छौ? झुल्छौ? माटोमा त जाँदैनौं!
कहिलेकाहीँ माटोमा पाइला राख्ने दिल हुन्छ र? किनकि ६३ जन्म माटोमै पाइला राख्थ्यौ,
माटोसँगै खेल्थ्यौ। अहिले त माटोसँग खेल्दैनौ नि? कहिलेकाहीँ माटोमा पाइला जान्छ कि
जाँदैन? कहिलेकाहीँ गइहाल्छ। देहभान पनि माटोमा पाइला राख्नु हो। देह अभिमान त धेरै
गहिरो माटोमा पाइला हो। तर देह भान अर्थात् बडी कन्सियसनेस यो पनि माटो हो। जति
सङ्गमको समयमा ज्यादाभन्दा ज्यादा तख्तनसिन हुनेछौ, त्यति नै आधाकल्प सूर्यवंशको
राजधानीमा र चन्द्रवंशमा पनि सूर्यवंशको राज्य घरानामा हुनेछौ। यदि अहिले सङ्गममा
कहिलेकाहीँ तख्तनसिन भयौ भने सूर्यवंशको रोयल फेमिलीमा त्यति नै थोरै समय हुनेछौ।
तख्तनसिन चाहे टर्न बाई टर्न हुनेछन् तर रोयल फेमिली, राज्य घरानाका आत्माहरूको सदा
सम्बन्धमा हुनेछन्। त्यसैले चेक गर– सङ्गमयुगको आदि समयदेखि अबसम्म चाहे १० वर्ष
पुगेका होऊ, चाहे ५०, चाहे ६६ वर्ष पुगेका होऊ, तर जहिलेदेखि ब्राह्मण बन्यौ तब आदि
देखि अहिलेसम्म कति समय दिल तख्तनसिन स्वराज्य तख्तनसिन रह्यौ? धेरै काल रह्यौ,
निरन्तर रह्यौ वा कहिलेकाहीँ रह्यौ? जो परमात्म तख्त नसिन हुनेछ उसको निसानी–
प्रत्यक्ष चालचलन र चेहराबाट सदा बेफिक्र बादसाह हुनेछ। आफ्नो मनमा, स्थूल बोझ त
सिरमा हुन्छ तर सूक्ष्म बोझ मनमा हुन्छ। उसको मनमा कुनै बोझ हुनेछैन। फिक्र हो बोझ,
बेफिक्र हो डबल लाइट। यदि कुनै पनि प्रकारको चाहे सेवाको, चाहे सम्बन्ध-सम्पर्कको,
चाहे स्थूल सेवाको, रूहानी सेवाको पनि बोझ छैन भने के हुनेछ, कस्तो हुनेछ.... सफलता
हुनेछ वा हुनेछैन! सोच्नु, प्लान बनाउनु अलग कुरा हो, बोझ अलग कुरा हो। बोझ भएको
व्यक्तिको निसानी सदा चेहरामा धेरथोर थकावटका चिन्हहरू हुनेछन्। थकावट हुनु अलग कुरा
हो, तर अलिकति थकावटका चिन्ह पनि बोझको निसानी हो। र, बेफिक्र बादसाहको यो अर्थ
होइन कि अलबेला रहनु, होस् अलबेलापन र भनून् हामी त बेफिक्र् रहन्छौं। अलबेलापन, यो
धेरै धोका दिने वाला छ। तीव्र पुरुषार्थका पनि तिनै शब्दहरू छन् र अलबेलापनका पनि
तिनै शब्दहरू छन्। तीव्र पुरुषार्थीले सदा दृढ निश्चय भएको कारणले यही सोच्छ– हरेक
कार्य हिम्मत र बाबाको मद्दतले सफल भइहाल्छ र अलबेलापनका पनि यिनै शब्दहरू छन्,
भइहाल्छ, भइहाल्छ, भइहाल्यो। कुनै कार्य बाँकी छ र, भइहाल्छ। यसरी शब्द एउटै हो तर
रूप अलग अलग छ। वर्तमान समयमा मायाका विशेष दुई रूपले बच्चाहरूको पेपर लिन्छन्। एउटा
व्यर्थ सङ्कल्प, विकल्प होइन, व्यर्थ सङ्कल्प। अर्को– “म नै राइट हुँ”। जे गरें, जे
भनें, जे सोचें.... म कम छैन, राइट हुँ। बापदादाले समय अनुसार अब यही चाहनुहुन्छ–
एउटा शब्द सदा स्मृतिमा राख– बाबासँग भएका सर्व प्राप्तिहरूको, स्नेहको, सहयोगको
रिटर्न गर्नु छ। रिटर्न गर्नु अर्थात् समान बन्नु। अर्को– अब हाम्रो रिटर्न जर्नी (फिर्ती
यात्रा) हो। एउटै रिटर्न शब्द सदा याद रहोस्। यसका लागि धेरै सहज साधन छ– हरेक
सङ्कल्प, बोली र कर्मलाई ब्रह्माबाबासँग ट्याली (मिलान) गर। बाबाको सङ्कल्प के रह्यो?
बाबाको बोली के रह्यो? बाबाको कर्म के रह्यो? यसैलाई भनिन्छ फलो फादर। फलो गर्न त
सहज हुन्छ नि! नयाँ सोच्न, नयाँ गर्न– त्यसको आवश्यकता नै छैन, जे बाबाले गर्नुभयो
त्यो फलो फादर। सहज छ नि!
टिचरहरूले हात उठाऊ।
फलो गर्न सहज छ वा मुस्किल छ? सहज छ नि! बस् फलो फादर। पहिले चेक गर, जस्तै भनाइ छ
पहिले सोच अनि गर, पहिले तौल अनि बोल। त्यसैले सबै टीचरहरू यस वर्षमा, अहिले यस
वर्षको लास्ट महिना हो, पुरानो जानेछ नयाँ आउनेछ। नयाँ आउनुअघि के गर्नु छ, त्यसको
तयारी गर। यो सङ्कल्प गर– बाबाको पाइलामा पाइला राख्नुबाहेक अरू कुनै पनि पाइला
चाल्ने छैनौं। बस्, फुट स्टेप। पाइलामा पाइला राख्न त इजी छ नि! नयाँ वर्षका लागि
अहिलेदेखि नै सङ्कल्पमा प्लान बनाऊ, जसरी ब्रह्माबाबा सदा निमित्त र निर्माण रहनुभयो,
त्यसैगरी निमित्त भाव र निर्माण भाव। सिर्फ निमित्त भाव मात्र होइन, निमित्त भावसँगै
निर्माण भाव, दुवै आवश्यक छन् किनकि टिचर त निमित्त हौ नि! त्यसैले सङ्कल्पमा पनि,
बोलीमा पनि र कसैको पनि सम्बन्धमा, सम्पर्कमा, कर्ममा, हरेक बोलीमा निर्माण। जो
निर्माण छ, ऊ नै निमित्त भावमा छ। जो निर्माण छैन उसमा धेरथोर सूक्ष्म, महान रूपमा
अभिमान नभए पनि रोब हुनेछ। यो रोब, यो पनि अभिमानको अंश हो र बोलीमा सदा निर्मल भाषी,
मधुर भाषी। जब सम्बन्ध-सम्पर्कमा आत्मिक रूपको स्मृति रहन्छ तब सदा निराकारी र
निरहङ्कारी रहन्छौ। ब्रह्माबाबाका लास्टका तीनवटा शब्द याद छन्? निराकारी,
निरहङ्कारी अनि निर्विकारी। अच्छा, फलो फादर। पक्का रह्यो नि!
अर्को वर्षको मुख्य
लक्ष्य स्वरूपको स्मृति हो– यी तीन शब्द, निराकारी, निरहङ्कारी, निर्विकारी। अंश पनि
नहोस्। मोटो मोटो रूप त ठीक भएको छ तर अंश पनि नहोस् किनकि अंशले नै धोका दिन्छ। फलो
फादरको अर्थ नै हो– यी तीन शब्दहरूलाई सदा स्मृतिमा राख। ठीक छ? राम्रो।
डबल फरेनरहरू उठ–
राम्रो ग्रुप आएको छ।
बापदादालाई डबल फरेनरहरूको एउटा कुरामा खुसी छ, थाहा छ कुन कुरा? हेर, कति टाढाका
देशबाट आउँछौ, डाइरेक्सन मिल्यो कि यस टर्नमा पनि आउनु छ, पुग्यौ नि। जसरी पनि
पुरुषार्थ गरेर ठुलै ग्रुप आइपुगेको छ। दादीको डाइरेक्सन राम्रोसँग मान्यौ नि! यसको
बधाई छ। बापदादाले एकएकलाई हेरिरहनुभएको छ, दृष्टि दिइरहनुभएको छ। यस्तो होइन–
स्टेजमा मात्र दृष्टि मिल्छ। टाढाबाट झन् राम्रो देखिइरहेको छ। डबल फरेनरहरूले हस्
हजुरको पाठ राम्ररी पढेका छन्। बापदादालाई डबल फरेनरहरूमाथि प्यार त छँदैछ तर
गर्व(नाज) पनि छ, किनकि विश्वको कुनाकुनामा सन्देश पुर्याउनका लागि डबल फरेनरहरू नै
निमित्त बनेका छन्। विदेशमा अब कुनै विशेष स्थान बाँकी छ, गाउँगाउँ बाँकी छन् वा
विशेष स्थान बाँकी छ? गाउँगाउँ, कुनाकुनाका साना स्थानहरू बाँकी छन् वा विशेष स्थान
बाँकी छ? कुन स्थान बाँकी छ? मध्यपूर्व (मिडिल इस्ट)का केही देशहरू बाँकी छन्) तैपनि
हेर यो पनि जुन ग्रुप आएको छ, कति देशहरूको ग्रुप हो? फेरि पनि बापदादाले
जान्नुहुन्छ– विश्वका अनेक भिन्नभिन्न देशहरूमा तिमी आत्माहरू निमित्त बनेका छौ।
बापदादा सदा भन्नुहुन्छ– विश्व कल्याणकारीको टाइटल बाबाका डबल विदेशीहरूले नै
प्रत्यक्ष गरेका छन्। राम्रो छ। हरेकले आ-आफ्नो स्थानमा आफ्नै पुरुषार्थमा र सेवामा
अघि बढिरहेका छन् र सदा अघि बढिरहनेछन्। सफलताका सितारा हुन् नै। धेरै राम्रो।
कुमारहरूसँग:–
मधुबनका कुमारहरू पनि
छन्। हेर, कुमारहरूको सङ्ख्या कति छ? आधा क्लास त कुमारहरूको छ। कुमारहरू अहिले
साधारण कुमार होइनन्। कस्ता कुमार हौ? ब्रह्माकुमार त हौ नै। तर ब्रह्माकुमारहरूको
विशेषता के हो? कुमारहरूको विशेषता हो– सदा जहाँ पनि अशान्ति भएमा त्यसमा शान्ति
फैलाउने शान्तिदूत हुन्। न मनको अशान्ति, न बाहिरको अशान्ति। कुमारहरूको कार्य नै
हो मुस्किल काम गर्नु, हार्ड वर्कर हुन्छन् नि! आज सबैभन्दा हार्डमा हार्ड वर्क हो–
अशान्तिलाई मेटाएर शान्तिदूत बनेर शान्ति फैलाउनु। यस्ता कुमार हौ? अशान्तिको
नामनिसान नरहोस्– न विश्वमा, न तिम्रो सम्बन्ध-सम्पर्कमा। यस्ता शान्तिदूत हौ? जस्तै
दमकलद्वारा आगो निभाउनेहरूले जहाँ आगो लागे पनि, आगो निभाउँछन् नि। त्यस्तै
शान्तिदूतको कार्य नै हो अशान्तिलाई शान्तिमा परिवर्तन गर्नु। शान्तिदूत हौ नि!
पक्का! पक्का? पक्का? धेरै राम्रो लागिरहेको छ, बापदादा यति धेरै कुमारहरूलाई देखेर
खुसी हुनुहुन्छ। पहिले पनि बापदादाले प्लान दिनुभएको थियो– दिल्लीमा ज्यादाभन्दा
ज्यादा कुमार, जो गभर्मेन्टले सम्झन्छ कुमार (युथ) अर्थात् झगडा गर्नेवाला, डराउँछ
कुमारहरूसँग। यस्तो डराउने गभर्मेन्टले हरेक ब्रह्माकुमारको शान्तिदूतको टाइटलले
स्वागत गरोस्, तब हुन्छ कुमारहरूको कमाल। सारा विश्वमा सन्देश जाओस्– ब्रह्माकुमार
शान्तिदूत हुन्। हुन सक्छ नि? दिल्लीमा गर्नु। गर्नु छ नि– दादीहरूले गर्नुहुनेछ?
एउटा ग्रुपमा यति धेरै कुमारहरू छन् भने सबै ग्रुपमा कति हुनेछन्? विश्वमा कति
हुनेछन्? (लगभग १ लाख) त्यसोभए कुमारहरूले गर कमाल। गभर्मेन्टमा जो कुमारहरू (युवाहरू)
प्रति उल्टो भाव भरिएको छ त्यो सुल्टो बनाइदेऊ। तर मनमा पनि अशान्ति नहोस्,
साथीहरूमा पनि अशान्ति नहोस् र आफ्नो स्थानमा पनि अशान्ति नहोस्। आफ्नो सहरमा पनि
अशान्ति नहोस्। बस्, कुमारहरूको चेहरामा बोर्ड लगाउनुपर्ने आवश्यकता छैन तर मस्तकमा
अटोमेटिक लेखिएको अनुभव होस्– यी शान्तिदूत हुन्। ठीक छ नि!
कुमारीहरूसँग:–
कुमारीहरू पनि धेरै छन्। यी सबै कुमारीहरूको लक्ष्य के हो? नोकरी गर्नु हो वा विश्व
सेवा गर्नु हो? सिरमा ताज राख्नु छ वा टोकरी राख्नु छ? के राख्नु छ? हेर, सबै
कुमारीहरू रहमदिल बन्नु छ। विश्वका आत्माहरूको कल्याण होस्, कुमारीहरूका लागि गायन
छ २१ कुलको उद्धार गर्ने, तब आधाकल्प २१ कुल हुनेछन्। यस्ता कुमारीहरू हौ? जसले २१
कुलको कल्याण गर्नेछौ, उनले हात उठाऊ। एउटा परिवारको होइन, २१ परिवारहरूको। गर्नेछौ?
हेर, तिम्रो नाम नोट हुनेछ र फेरि हेरिनेछ– रहमदिल छन् वा कुनै हिसाबकिताब बाँकी छ?
अहिले समयले सूचना दिइरहेको छ– समयअघि नै तयार होऊ। समयलाई हेरिरह्यौ भने समय
बित्नेछ, त्यसैले लक्ष्य राख– हामी सबै विश्व कल्याणी रहमदिल बाबाका बच्चा रहमदिल
हौँ। ठीक छ नि? रहमदिल हौ नि! अझै रहमदिल बन। अझ तीव्र गतिले बन। कुमारीहरूलाई त
धेरै सहजै बाबाको तख्त मिल्छ। हेर्नेछु, नयाँ वर्षमा के कमाल गरेर देखाउँछौ। अच्छा।
मीडियाका १०८ रत्न
आएका छन्:–
राम्रो छ, मीडियावालाले कमाल गरेर देखाउन् जसबाट सबैको बुद्धिमा आओस्- बाबासँग वर्सा
लिनु नै छ। कोही वञ्चित नरहोस्। मीडियाको काम नै हो आवाज फैलाउनु (प्रचार प्रसार
गर्नु)। यो आवाज फैलाऊ– बाबाबाट वर्सा लिइहालौँ। कोही वञ्चित नरहोस्। अहिले विदेशमा
पनि मिडियाको प्रोग्राम चलिरहन्छ नि! राम्रो छ। भिन्नभिन्न रूपले जसले प्रोग्राम
राख्छन्, ती राम्रो इन्ट्रेस्टेड हुन्छन्। राम्रो गरिरहेका छन् र गरिरहनेछन् र सफलता
त छँदैछ। सबै वर्गकाले जुन पनि सेवा गरिरहेका छन् बापदादाको पासमा त्यसको समाचार
आइरहन्छ। हरेक वर्गको आ-आफ्नै सेवाको साधन र सेवाको रूपरेखा छ तर यो देखियो कि वर्ग
अलगअलग हुनाले हरेक वर्गले एक अर्कासँग रेस पनि गर्छन्, राम्रो छ। रिस गर्नु हुँदैन,
रेस भने गर। हरेक वर्गको रिजल्ट, वर्गको सेवापछि आई.पी. र भी.आई.पी. सम्पर्कमा धेरै
आएका छन्, अहिले माइक ल्याएका छैनन् तर सम्बन्ध-सम्पर्कमा आएका छन्। अच्छा।
बापदादावाला एक्सरसाइज याद छ? भर्खरै निराकारी, भर्खरै फरिस्ता... यो हो
हिँड्दा-डुल्दा बाबा र दादाको प्यारको रिटर्न। त्यसोभए अब भर्खरै यो रूहानी
एक्सरसाइज गर। सेकेन्डमा निराकारी, सेकेन्डमा फरिस्ता। (बापदादाले ड्रिल गराउनुभयो)
ठीक छ, हिँड्दा-डुल्दा सारा दिनमा यो एक्सरसाइजले सहजै बाबाको याद दिलाउनेछ।
चारैतिरका बच्चाहरूको याद सबैतिरबाट बापदादाको पासमा पुगेको छ। हरेक बच्चाले भन्दछन्–
मेरो याद दिनु, मेरो याद दिनु। कसैले पत्रद्वारा पठाउँछन्, कसैले कार्डद्वारा, कसैले
मुखद्वारा तर बापदादाले चारैतिरका बच्चाहरूलाई, एकएकलाई नयनमा समाहित गर्दै यादको
रेसपन्ड पदमगुणा यादप्यार दिइरहनुभएको छ। बापदादाले हेरिरहनुभएको छ– यस समयमा कति
बजिसक्यो तर मेजोरिटी सबैको मनमा मधुबन र मधुबनको बापदादा नै छ। अच्छा!
चारैतिरका तीनवटै
तख्तनसिन, स्वराज्य अधिकारी बच्चाहरूलाई, सदा बापदादालाई रिटर्नमा बाबा समान बन्ने
बच्चाहरूलाई, सदा रिटर्न जर्नीको स्मृति स्वरूप बच्चाहरूलाई, सदा सङ्कल्प, वाणी र
कर्ममा फलो फादर गर्ने हरेक बच्चालाई बापदादाको धेरै-धेरै-धेरै यादप्यार एवं नमस्ते।
रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
सर्व
आत्माहरूमा आफ्नो शुभभावनाको बीज लगाउने मास्टर दाता बन
फलको प्रतीक्षा नगरेर
आफ्नो शुभभावनाको बीज हरेक आत्मामा लगाउँदै जाऊ। समयमा सर्व आत्माहरूलाई जाग्नु नै
छ। कसैले अवरोध गर्यो भने पनि तिमीले रहमको भावना छोड्नु हुँदैन, यी अपोजिसन,
इन्सल्ट, गालीहरूले मलखादको काम गर्छन् र राम्रो फल निस्कनेछ। जति गाली गर्छन् त्यति
गुण गाउँनेछन्, त्यसैले हरेक आत्मालाई आफ्नो वृत्तिद्वारा, भाइब्रेसनद्वारा,
वाणीद्वारा मास्टर दाता बनेर दिँदै जाऊ।
स्लोगन:–
सदा प्रेम,
सुख, शान्ति र आनन्दको सागरमा समाहित भएका बच्चाहरू नै सच्चा तपस्वी हुन्।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो। सबै ब्रह्मा वत्सले सङ्गठित रूपमा साँझ ६:३० देखि
७:३० बजेसम्म विशेष वरदाता भाग्य विधाता बापदादासँग कम्बाइन्ड स्वरूपमा स्थित भएर,
अव्यक्त वतनबाट सर्व आत्माहरूलाई सुख शान्तिको वरदान दिने सेवा गर्नु हुनेछ।