18.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफू
माथि दया गर , बाबाले जुन मत दिनुहुन्छ त्यसमा चल्यौ भने अपार खुसी हुन्छ , मायाको
श्रापबाट बचिरहन्छौ।”
प्रश्न:–
मायाको श्राप
किन लाग्छ? श्रापित आत्माको गति के हुन्छ?
उत्तर:–
(१) बाबा र
पढाइको (ज्ञान रत्नहरूको) निरादर गर्नाले, आफ्नो मतमा चल्नाले मायाको श्राप लाग्छ,
(२) आसुरी चालचलन छ, दैवीगुण धारण गर्दैनन् भने आफैमाथि निर्दयी बन्छन्। बुद्धिमा
ताला लाग्छ। उनीहरू बाबाको दिलमा चढ्नसक्दैनन्।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूलाई यो त अब निश्चय छ– हामी आत्म अभिमानी बन्नुछ र बाबालाई याद गर्नुछ। माया
रूपी जुन रावण छ त्यसले श्राप दिन्छ, दु:खी बनाइदिन्छ। श्राप शब्द नै दु:खको हो,
वर्सा शब्द सुखको हो। जुन बच्चाहरू वफादार, फरमानबरदार (आज्ञाकारी) छन्, उनीहरूले
राम्रोसँग बुझेका छन्। जो नाफरमानबरदार (अवज्ञाकारी) छ, त्यो बच्चा होइन। चाहे उसले
आफूलाई जेसुकै सम्झियोस् तर बाबाको दिलमा चढ्न सक्दैन, वर्सा पाउन सक्दैन। जो मायाले
भनेकोमा चल्छ र बाबालाई याद पनि गर्दैन, कसैलाई सम्झाउन सक्दैन अर्थात् आफूलाई आफैले
श्राप दिन्छ। बच्चाहरूलाई थाहा छ– माया धेरै जबरजस्त छ। यदि बेहदका बाबाले भनेको पनि
मान्दैनन् भने अवश्य मायाले भनेको मान्छन्। मायाको वश हुन्छन्। भनाइ छ नि– प्रभु की
आज्ञा शिर माथे। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पुरुषार्थ गरेर बाबालाई
याद गर्यौ भने मायाको गोदबाट निस्किएर प्रभुको गोदमा आउनेछौ। बाबा त बुद्धिमानहरूका
बुद्धि हुनुहुन्छ। बाबाले भनेको मानेनौ भने बुद्धिमा ताला लाग्छ। ताला खोल्ने एक
बाबा मात्रै हुनुहुन्छ। श्रीमतमा चलेनन् भने उनीहरूको के हालत होला! मायाको मतमा
केही पनि पद पाउन सक्ने छैनन्। सुन्न त सुन्छन् तर धारणा गर्न सक्दैनन्, न त गराउन
सक्छन्। उनको के हालत होला! बाबा त गरिब निवाज हुनुहुन्छ। मनुष्यहरूले गरिबलाई दान
गर्छन्, त्यस्तै बाबा पनि आएर कति बेहदको दान गर्नुहुन्छ। यदि श्रीमतमा चलेनन् भने
एकदम बुद्धिमा ताला लाग्छ। फेरि के प्राप्ति गर्छन्! श्रीमतमा चल्ने मात्रै बाबाका
बच्चा ठहरिए। बाबा त दयालु हुनुहुन्छ। जान्नुहुन्छ बाहिर जाने बित्तिकै मायाले एकदम
खतम पारिदिन्छ। कसैले आत्महत्या गरे भने पनि आफ्नै सत्यानाश गर्छन्। बाबाले त
सम्झाइरहनुहुन्छ– आफूमाथि दया गर, श्रीमतमा चल, आफ्नै मतमा नचल। श्रीमतमा चल्नाले
खुसीको पारा चढ्छ। लक्ष्मी-नारायणको अनुहार हेर कति हर्षित छ। पुरुषार्थ गरेर यस्तो
उच्च पद पाउनुपर्छ नि। बाबाले अविनाशी ज्ञान रत्न दिनुहुन्छ भने उहाँको निरादर किन
गर्नु! रत्नहरूले झोली भर्नुपर्छ। सुन्न त सुन्छन् तर झोली भर्दैनन् किनकि बाबालाई
याद गर्दैनन्। आसुरी व्यवहार गर्छन्। बाबाले बारम्बार सम्झाइरहनुहुन्छ– आफैमाथि दया
गर, दैवीगुण धारण गर। त्यो हो नै आसुरी सम्प्रदाय। त्यसलाई बाबा आएर परिस्तानी
बनाउनुहुन्छ। परिस्तान स्वर्गलाई भनिन्छ। मनुष्यहरूले कति धक्का खाइरहन्छन्।
संन्यासीहरूको पासमा जान्छन्, सम्झन्छन्– मनलाई शान्ति मिल्छ। वास्तवमा यो भनाइ नै
गलत छ, यसको कुनै अर्थ छैन। शान्ति त आत्मालाई चाहिन्छ नि। आत्मा स्वयं शान्त
स्वरूप छ। यस्तो पनि भन्दैनन्– आत्मालाई शान्ति कसरी मिल्छ? भन्छन्– मनलाई शान्ति
कसरी मिल्छ? तर मन के हो, बुद्धि के हो, आत्मा के हो, केही पनि बुझेका छैनन्। जेसुकै
पनि भन्छन् अथवा गर्छन् त्यो सबै हो भक्तिमार्ग। भक्ति मार्गवाला सिँढी तल झर्दा
झर्दा तमोप्रधान बन्दै जान्छन्। चाहे कसैसँग धेरै धन, सम्पत्ति आदि छ तर छन त फेरि
पनि रावण राज्यमा नै छ नि।
तिमी बच्चाहरूले
चित्रहरूमा बुझाउने धेरै राम्रो अभ्यास पनि गर्नुछ। बाबाले सबै सेन्टरका
बच्चाहरूलाई सम्झाइरहनुहुन्छ, नम्बरवार त छन् नि। कति बच्चाहरूले राज्य भाग्य पद
पाउने पुरुषार्थ गरेनन् भने प्रजामा गएर के बन्छन्! सेवा गर्दैनन्, हामी गएर के
बनौँला यो सोच्दैनन् आफैमाथि दया आउँदैन भने, यसबाट बुझिन्छ ड्रामामा यिनको पार्ट
यति नै छ। आफ्नो कल्याण गर्नको लागि ज्ञानको साथसाथै योग पनि हुनुपर्छ। योगमा
रहँदैनन् भने केही पनि कल्याण हुँदैन। योग विना पावन बन्न सकिँदैन। ज्ञान त धेरै
सहज छ तर आफ्नो कल्याण पनि गर्नुछ। योगमा नरहनाले केही पनि कल्याण हुँदैन। योग विना
पावन कसरी बन्छौ? ज्ञान अलग चीज हो, योग अलग चीज हो। योगमा धेरै कच्चा छन्। याद
गर्ने अक्कल नै आउँदैन। त्यसैले याद विना कसरी विकर्म विनाश हुन्छ? फेरि धेरै सजाय
खानुपर्नेछ, धेरै पछुताउनुपर्नेछ। त्यो स्थुल कमाइ गरेनन् भने कुनै सजाय खाँदैनन्,
यसमा त पापहरूको बोझ शिरमा छ, त्यसको धेरै सजाय खानुपर्छ। बच्चा बनेर आज्ञा मानेनन्
भने धेरै सजाय मिल्छ। बाबा त भन्नुहुन्छ– आफैमाथि दया गर, योगमा बस। नत्र त्यत्तिकै
आफ्नो घात गर्छन्। जसरी कोहीमाथिबाट खस्यो, मरेन भने ऊ हस्पिटलमा बसिरहन्छ,
चिल्लाइरहन्छ। बेकारमा आफैलाई धक्का दियो, मरेन, बाँकी के कामको रह्यो। यहाँ पनि
यस्तै छन्। चढ्नु छ धेरै उच्च। श्रीमतमा चलेनन् भने गिर्न पुग्छन्। पछि गएर हरेकले
आफ्नो पदलाई देख्छन्– हामी के बन्छौं? जो सेवाधारी, आज्ञाकारी हुन्छन्, उनीहरूले नै
उच्च पद पाउँछन्। नत्र गएर दास दासी आदि बन्छन्। फेरि सजाय पनि धेरै कडा मिल्छ।
त्यस समयमा दुवै मानौं धर्मराजको रूप बन्नुहुन्छ। तर बच्चाहरूले बुझ्दैनन्, भुल
गरिरहन्छन्। सजाय त यहीँ खानुपर्छ नि। जति जसले सेवा गर्छन्, त्यति शोभा दिन्छ।
नत्र कुनै कामका रहने छैनन्। बाबा भन्नुहुन्छ– अरूको कल्याण गर्न सक्दैनौ भने आफ्नो
त कल्याण गर। बाँधेलीहरूले पनि आफ्नो कल्याण गरिरहन्छन्। बाबाले फेरि पनि
बच्चाहरूलाई भन्नुहुन्छ– खबरदार रहनु। नाम-रूपमा फस्नाले मायाले धेरै धोका दिन्छ।
भन्छन् बाबा फलानीलाई देख्दा मलाई नराम्रो सङ्कल्प चल्छ। बाबा सम्झाउनुहुन्छ–
कर्मेन्द्रियहरूबाट कहिल्यै पनि नराम्रो काम गर्नुछैन। कुनै पनि नराम्रो मानिस जसको
चालचालचलन ठीक छैन भने उसलाई सेन्टरमा आउन दिनु हुँदैन। स्कुलमा कोही नराम्रो
चालचलनको छ भने धेरै सजाय खान्छ। टिचरले सबैको अगाडि भन्छन्, यसले यस्तो बदमासी
गरेको छ, त्यसैले यसलाई स्कुलबाट निकालिन्छ। तिम्रा सेन्टरहरूमा पनि यस्तो नराम्रो
दृष्टि हुने आउँछन् भने उनीहरूलाई भगाइदिनुपर्छ। बाबा भन्नुहुन्छ– कहिल्यै कुदृष्टि
राख्नुहुन्न। सेवा गर्दैनन्, बाबालाई याद गर्दैनन् भने अवश्य केही न केही विकार छ।
जसले राम्रो सेवा गर्छन् उनीहरूको नाम पनि प्रख्यात हुन्छ। अलिकति पनि सङ्कल्प आयो,
कुदृष्टि गयो भने सम्झनुपर्छ मायाको आक्रमण हुँदैछ। एकदम छोडिदिनुपर्छ। नत्र वृद्धि
हुँदै गएर नोक्सान पारिदिन्छ। बाबालाई याद गर्यौ भने बचिरहन्छौ। बाबाले सबै
बच्चाहरूलाई सावधान गर्नुहुन्छ– खबरदार रहनु, कहीँ आफ्नो कुलको नाम बदनाम नगर। कोही
गन्धर्वविवाह गरेर सँगै रहे भने कति नाम प्रख्यात गर्छन्, कोही फेरि विकारी बन्न
पुग्छन्। यहाँ तिमी आएका छौ नै आफ्नो सद्गति गर्न, न कि दुर्गति गर्न। सबैभन्दा
खराब हो काम, फेरि क्रोध। आउँछन् बाबासँग वर्सा लिनको लागि तर मायाले आक्रमण गरेर
श्राप दियो भने एकदम गिर्न पुग्छन् अर्थात् आफैलाई श्राप दिन्छन्। त्यसैले बाबा
सम्झाउनुहुन्छ– धेरै सम्हाल गर्नुछ, कोही यस्तो आयो भने उसलाई एकदम धपाइदिनुपर्छ।
देखाउँछन् पनि– अमृत पिउन आए फेरि बाहिर गएर असुर बनेर विकारी बने। उनीहरूले फेरि
यो ज्ञान सुनाउन सक्दैनन्। ताला बन्द हुनजान्छ। बाबा भन्नुहुन्छ– आफ्नो सेवामा नै
तत्पर रहनुपर्छ। बाबाको यादमा रहँदै रहँदै जानुछ घर। गीत पनि छ नि– रात के राही थक
मत जाना... आत्मालाई घर जानुछ। आत्मा नै राही (यात्री) हो। आत्मालाई दिनहुँ
सम्झाइन्छ अहिले तिमी शान्तिधाम जाने यात्री हौ। त्यसैले अब बाबालाई, घरलाई र
वर्सालाई याद गरिराख। आफूलाई हेर्नुछ– मायाले कहीँ धोका त दिँदैन? मैले आफ्नो
बाबालाई याद गर्छु?
उच्चभन्दा उच्च
बाबातर्फ नै दृष्टि रहोस्– यो हो धेरै उच्च पुरुषार्थ। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! कुदृष्टि छोडिदेऊ। देह अभिमान अर्थात् कुदृष्टि, देहीअभिमानी अर्थात्
शुद्ध दृष्टि। त्यसैले बच्चाहरूको दृष्टि बाबातर्फ रहनुपर्छ। वर्सा धेरै उच्च छ–
विश्वको बादसाही, सानो कुरा हो! कसैको सपनामा पनि थिएन होला– पढाइबाट, योगबाट
विश्वको बादसाही मिल्न सक्छ। पढेर उच्च पद पायौ भने बाबा पनि खुसी हुनुहुन्छ, टिचर
पनि खुसी हुनुहुन्छ, सद्गुरु पनि खुसी हुनुहुन्छ। याद गरिरह्यौ भने बाबाले पनि धेरै
प्यार गरिरहनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यी कमजोरीहरू निकालिदेऊ।
नत्र नाम बदनाम गर्नेछौ। बाबाले त विश्वको मालिक बनाउनुहुन्छ, सौभाग्य खोल्नुहुन्छ।
यहाँका नै १०० प्रतिशत सौभाग्यशाली थिए यिनीहरू नै फेरि १०० प्रतिशत दुर्भाग्यशाली
बनेका छन् फेरि तिमीलाई सौभाग्यशाली बनाउनको लागि पढाइन्छ।
बाबाले सम्झाउनुभएको
छ– जो धर्मका प्रमुखहरू छन्, उनीहरू पनि तिम्रो पासमा आउने छन्। योग सिकेर जान्छन्।
म्युजियममा जुन टुरिस्टहरू आउँछन्, उनीहरूलाई पनि तिमीले सम्झाउन सक्छौ– अब स्वर्गको
ढोका खुल्दैछ। वृक्षमा सम्झाऊ, हेर्नुहोस् तपाईँहरू फलानो समयमा आउनुहुन्छ।
हिन्दुहरूको पार्ट फलानो समयमा छ। तपाईँहरूले यो ज्ञान सुन्नुहुन्छ फेरि आफ्नो देशमा
गएर बताउनुहोस्– बाबालाई याद गर्यौं भने तमोप्रधानबाट सतोप्रधान बन्छौं। तिनीहरूले
त योगको लागि चाहना राख्छन्। हठयोगी, संन्यासीहरूले त उनीहरूलाई योग सिकाउन सक्दैनन्।
तिम्रो अभियान (मिसन) बाहिर पनि जान्छ। सम्झाउने धेरै युक्ति चाहिन्छ। धर्मका जो
प्रमुखहरू छन् उनीहरू त आउनु नै छ। तिमीबाट एक जनाले मात्र यो ज्ञान लग्यो भने पनि
एकबाट कतिले बुझ्नेछन्। एउटाको बुद्धिमा आयो भने फेरि अखबार आदिमा पनि छाप्छन्। यो
पनि ड्रामामा निश्चित छ। नत्र बाबालाई याद गर्न कसरी सिक्छन्। बाबाको परिचय त
सबैलाई मिल्नुछ। कोही न कोही निस्कन्छ। सङ्ग्रहालयमा धेरै पुराना चीजहरू हेर्न
जान्छन्। यहाँ फेरि पुरानो ज्ञान सुन्छन्। धेरै आउनेछन्। तिनीहरूमध्ये कसैले
राम्रोसँग बुझ्नेछन्। यहाँबाट नै दृष्टि मिल्छ। अभियान बाहिर पनि जानेछ। तिमीले
भन्छौ– बाबालाई याद गर्यौं भने आफ्नो धर्ममा उच्च पद पाउने छौं। पुनर्जन्म लिँदै
लिँदै सबै तल आइसकेका छन्। तल झर्नु अर्थात् तमोप्रधान बन्नु। पोप आदिले यस्तो भन्न
सक्दैनन्– बाबालाई याद गर। बाबालाई चिन्दै चिनेका छैनन्। तिमीसँग धेरै राम्रो ज्ञान
छ। चित्र पनि सुन्दर बनिरहन्छन्। सुन्दर चीज छ भने सङ्ग्रहालय अझै सुन्दर हुन्छ।
हेर्नको लागि धेरै आउने छन्। जति ठुलो चित्र हुन्छ त्यति राम्रोसँग सम्झाउन सक्छौ।
मैले यसरी सम्झाऊँ, यो सोख हुनुपर्छ। सदा तिम्रो बुद्धिमा रहोस्– म ब्राह्मण बनेको
छु। जति सेवा गर्छौ, त्यति मान हुन्छ। यहाँ पनि मान, त्यहाँ पनि मान हुन्छ। तिमी
पूज्य बन्छौ। यो ईश्वरीय ज्ञान धारण गर्नुछ। बाबाले त भन्नुहुन्छ– सेवामा दौडिराख।
बाबाले जहाँ पनि सेवामा पठाउनुहुन्छ, यसमा कल्याण छ। सारा दिन बुद्धिमा सेवाको
ख्याल चल्नुपर्छ। विदेशीहरूलाई पनि बाबाको परिचय दिनुछ। परमप्रिय बाबालाई याद गर,
कुनै पनि देहधारीलाई गुरु नबनाऊ। सबैका सद्गतिदाता उहाँ एक बाबा हुनुहुन्छ। अहिले
होलसेल मृत्यु सामुन्ने खडा छ, होलसेल र रिटेल व्यापार हुन्छ नि। बाबा हुनुहुन्छ
होलसेल, वर्सा पनि होलसेल दिनुहुन्छ। २१ जन्मको लागि विश्वको राज्य भाग्य लेऊ।
मुख्य चित्र हो नै त्रिमूर्ति, सृष्टि चक्र, वृक्ष, सिँढी, विराट् रूपको चित्र र
गीताका भगवान को हुनुहुन्छ?.... यो चित्र त फस्टक्लास छ, यसमा बाबाको पूरा महिमा छ।
बाबाले नै श्रीकृष्णलाई यस्तो बनाउनुभएको हो, यो वर्सा परमपिता परमात्माले दिनुभएको
हो। कलियुगमा यति धेरै मनुष्य छन्, सत्ययुगमा थोरै हुन्छन्। यो परिवर्तन कसले
गर्नुभयो? अलिकति पनि कसैलाई थाहा छैन। टुरिस्टहरू प्राय: ठुला ठुला शहरहरूमा
जान्छन्। उनीहरूले पनि आएर बाबाको परिचय पाउनेछन्। सेवाको लागि प्वाइन्ट त धेरै
मिलिरहन्छन्। बेलायतमा पनि जानुछ। एकातर्फ तिमीले बाबाको परिचय दिइरहन्छौ,
अर्कातर्फ मारामार चलिरहन्छ। सत्ययुगमा थोरै मनुष्यहरू हुन्छन् त्यसैले अवश्य
बाँकीको विनाश हुन्छ नि। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। जे भइसक्यो त्यो फेरि
दोहोरिन्छ। तर कसैलाई पनि बुझाउन अक्कल चाहिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा एक बाबातर्फ नै दृष्टि राख्नुछ। देहीअभिमानी बन्ने पुरुषार्थ गरेर मायाको
धोकाबाट बच्नुछ। कहिल्यै कुदृष्टि राखेर आफ्नो कुलको नाम बदनाम गर्नुछैन।
२) सेवाको लागि
दौडधुप गरिरहनु छ। सर्भिसएबुल र आज्ञाकारी बन्नुछ। आफ्नो र अरूको कल्याण गर्नुछ।
कुनै पनि नराम्रो व्यवहार गर्नुछैन।
वरदान:–
फुलस्टपको
स्टेजद्वारा प्रकृतिको हलचललाई स्टप गर्ने मास्टर प्रकृतिपति भव
वर्तमान समय हलचल
बढ्ने समय हो। फाइनल पेपरमा एकातिर प्रकृतिको र अर्कोतिर पाँच विकारहरूको विकराल
रूप हुनेछ। तमोगुणी आत्माहरूको वार (आक्रमण) र पुराना संस्कार... सबैले अन्तिम समयमा
आफ्नो चान्स लिनेछन्। यस्तो समयमा समेट्ने शक्तिद्वारा तुरुन्तै साकारी, तुरुन्तै
आकारी र तुरुन्तै निराकारी स्थितिमा स्थित हुने अभ्यास चाहिन्छ। देखेर पनि नहेर,
सुनेर पनि नसुन। जब यस्तो फुलस्टपको स्टेज हुन्छ, तब प्रकृतिपति बनेर प्रकृतिको
हलचललाई स्टप गर्न सक्नेछौ।
स्लोगन:–
निर्विघ्न
राज्य अधिकारी बन्नका लागि निर्विघ्न सेवाधारी बन।