19.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बेहदका बाबासँग बफादार रह्यौ भने पूरा शक्ति मिल्छ , मायामाथि विजय हुँदै जान्छ।”

प्रश्न:–
बाबासँग मुख्य कुनचाहिँ अथोरिटी छ? त्यसको निसानी के हो?

उत्तर:–
बाबासँग मुख्य ज्ञानको अथोरिटी छ। ज्ञानसागर हुनुहुन्छ त्यसैले तिमी बच्चाहरूलाई पढाइ पढाउनुहुन्छ। आफूसमान नलेजफुल बनाउनुहुन्छ। तिम्रो लक्ष्य-उद्देश्य हो पढाइको। पढाइद्वारा नै तिमीले उच्च पद प्राप्तगर्छौ।

गीत:–
बदल जाए दुनियाँ........

ओम् शान्ति ।
भक्तले भगवानको महिमा गर्छन्। तर तिमी त भक्त होइनौ। तिमी त उहाँ भगवानको बच्चा बनेका छौ। त्यसमा पनि बफादार बच्चा हुनुपर्छ। हर कुरामा बफादार रहनुछ। स्त्रीको पतिभन्दा अरूतर्फ अथवा पतिको स्त्रीभन्दा अरूतर्फ दृष्टि गयो भने त्यसलाई पनि बफादार भनिँदैन। अब यहाँ पनि बेहदका बाबा हुनुहुन्छ। उहाँसँग बेबफादार र बफादार दुवै हुन्छन्। बफादार बनेर फेरि बेबफादार बन्छन्। बाबा त हुनुहुन्छ सर्वोच्च अथोरिटी। सर्वशक्तिमान् हुनुहुन्छ नि। त्यसैले उहाँका बच्चाहरू पनि त्यस्तै हुनुपर्छ। बाबामा तागत छ, बच्चाहरूलाई रावणमाथि विजय प्राप्त गर्ने युक्ति बताउनुहुन्छ। त्यसैले उहाँलाई भनिन्छ पनि सर्वशक्तिमान्। तिमी पनि शक्ति सेना हौ नि। तिमीले आफूलाई पनि सर्वशक्तिमान् भन्छौ। बाबामा जुन शक्ति छ त्यो हामीलाई दिनुहुन्छ, बताउनुहुन्छ– तिमीले माया रावणमाथि विजय कसरी पाउन सक्छौ, त्यसैले तिमी पनि शक्तिमान् बन्नुछ। बाबा हुनुहुन्छ ज्ञानका अथोरिटि। नलेजफुल हुनुहुन्छ नि। जसरी उनीहरू अथोरिटी छन्, शास्त्रहरूका, भक्तिमार्गका, त्यसरी नैअब तिमी अलमाइटी अथोरिटी नलेजफुल बन्छौ। तिमीलाई पनि ज्ञान मिल्छ। यो पाठशाला हो। यसमा जुन ज्ञान तिमीले पढ्छौ, यसबाट उच्च पद पाउन सक्छौ। यो एउटै पाठशाला हो। तिमीलाई त यहाँ पढ्नुछ अरू कुनै प्रार्थना आदि गर्नुछैन। तिमीलाई पढाइबाट वर्सा मिल्छ, तिम्रो लक्ष्य-उद्देश्य छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबा नलेजफुल हुनुहुन्छ, उहाँको पढाइ बिलकुल फरक छ। ज्ञानका सागर बाबा हुनुहुन्छ, त्यसैले उहाँले नै जान्नुहुन्छ। उहाँले नै हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। अरू कसैले दिन सक्दैन। बाबा सम्मुख आएर ज्ञान दिएर फेरि जानुहुन्छ। यस पढाइको प्रारब्ध के मिल्छ, त्यो पनि तिमीलाई थाहा छ। बाँकी जति पनि सतसङ्ग आदि छन् वा गुरु गोसाईँछन् ती सबै हुन् भक्तिमार्गका। अहिले तिमीलाई ज्ञान मिलिरहेको छ। यो पनि जानेका छौ– उनीहरूमा पनि कोही यहाँका रहेछन् भने निस्किएर आउनेछन्। तिमी बच्चाहरूले सेवाका भिन्न भिन्न युक्तिहरू निकाल्नुछ। आफ्नो अनुभव सुनाएर अनेकौंको भाग्य बनाउनुछ। तिमी सेवाधारी बच्चाहरूको अवस्था धेरै निर्भय, अडोल र योगयुक्त हुनुपर्छ। योगमा रहेर सेवा गर्यौ भने सफलता मिल्न सक्छ।

प्यारा बच्चाहरू! तिमीले आफूलाई पूरा सम्हाल्नुछ। कहिल्यै आवेश आदि नआओस्, पक्का योगयुक्त हुनुपर्छ। बाबाले सम्झाउनुभएको छ– वास्तवमा तिमीहरू सबै वाणीभन्दा पर अवस्थाका वानप्रस्थी हौ। वानप्रस्थी अर्थात् वाणीभन्दा पर घरलाई र बाबालाई याद गर्ने। यो सिवाय अरू कुनै इच्छा नहोस्। हामीलाई राम्रो कपडा चाहियो, यी सबै हुन् फोहोरी इच्छा। देह अभिमानीले सेवा गर्न सक्दैन। देहीअभिमानी बन्नुपर्छ। भगवानका बच्चालाई त शक्ति चाहिन्छ। त्यो हो योगको शक्ति। बाबाले त सबै बच्चाहरूलाई जान्न सक्नुहुन्छ नि। बाबाले तुरुन्तै बताइदिनुहुन्छ,तिमीले यो यो कमी निकाल। बाबाले सम्झाउनुभएको छ– शिवको मन्दिरमा जाऊ, त्यहाँ तिमीलाई धेरै भक्त मिल्छन्। धेरै छन् जो काशीमा गएर बास गर्छन्। सम्झन्छन्– काशीनाथले हाम्रो कल्याण गर्नुहुन्छ। त्यहाँ तिमीलाई धेरै ग्राहक मिल्छन्, तर यसमा धेरै होसियार बुद्धि चाहिन्छ। गङ्गा स्नान गर्नेहरूलाई पनि गएर सम्झाउन सक्छौ। मन्दिरमा पनि गएर सम्झाऊ। गुप्त भेषमा जान सक्छौ, हनुमान् जस्तै। हौ त वास्तवमा तिमी नै। जुत्तामा बस्ने कुरा होइन। यसमा धेरै बुझेको हुनुपर्छ। बाबाले सम्झाउनुभएको छ– अहिले कोही पनि कर्मातीत बनेका छैनन्। केही न केही कमीहरू अवश्य छन्।

तिमी बच्चाहरूमा यो नशा हुनुपर्छ– यो एउटै पसल हो, जहाँ सबैलाई आउनु छ। एक दिन यी संन्यासी आदि सबै आउने छन्। एउटै पसल छ भने कहाँ जान्छन्। जो धेरै भट्किएका छन्, उनीहरूलाई नै मार्ग मिल्छ। सम्झन्छन्– यो एउटै पसल हो। सबैका सद्गतिदाता एउटै बाबा हुनुहुन्छ नि। जब यस्तो नशा चढ्छ अनि कुरा हुन्छ। बाबाको यही इच्छा छ नि– म आएको छु पतितलाई पावन बनाएर शान्तिधाम-सुखधामको वर्सा दिने। तिम्रो पनि यही धन्दा हो। सबैको कल्याण गर्नुछ। यो हो पुरानो दुनियाँ। यसको अवधि कति छ? थोरै समयमा बुझ्ने छन्, यो पुरानो दुनियाँ समाप्त हुनुछ। सबै आत्माहरूलाई यो बुद्धिमा आउनेछ, नयाँ दुनियाँको स्थापना भएपछि मात्र त पुरानो दुनियाँको विनाश हुन्छ। पछि गएर फेरि भन्नेछन् वास्तवमा भगवान यहाँ हुनुहुन्छ। रचयिता बाबालाई नै भुलेका छन्। त्रिमूर्तिमा शिवको चित्र उडाइदिएका छन्, त्यसैले कुनै कामको रहेन। रचयिता त उहाँ हुनुहुन्छ नि। शिवको चित्र आएपछि स्पष्ट हुन्छ– ब्रह्माद्वारा स्थापना। प्रजापिता ब्रह्मा छन् भने अवश्य बी.के. पनि हुनुपर्छ। ब्राह्मण कुल सबैभन्दा उच्च हो। ब्रह्माका सन्तान हुन्। ब्राह्मणहरूलाई कसरी रचिन्छ, यो पनि कसैले जानेका छैनन्। बाबा नै आएर तिमीलाई शूद्रबाट ब्राह्मण बनाउनुहुन्छ। यी कुरा धेरै पेचिला छन्। बाबाले सम्मुख आएर सम्झाएपछि मात्र बुझ्छौ। जो देवता थिए उनीहरू शूद्र बनेका छन्। अब उनीहरूलाई कसरी खोज्ने, त्यसको लागि युक्तिहरू निकाल्नुछ, जसद्वारा बुझ्छन् यी बी.के.को कार्य महान् छ। कति पर्चा आदि बाँड्छन्। बाबाले हवाइजहाजबाट पर्चा खसाल्नको लागि पनि सम्झाउनुभएको छ। कम से कम अखबार जत्रो एउटा कागज होस्, त्यसमा मुख्य प्वाइन्ट, सी.डी. आदि पनि आउन सक्छ। मुख्य हो अङ्ग्रेजी र हिन्दी भाषा। त्यसैले सारा दिन बच्चाहरूको विचार चल्नुपर्छ– सेवालाई कसरी बढाउने? यो पनि जानेका छन्– ड्रामा अनुसार पुरुषार्थ भइरहन्छ। बुझिन्छ– यसले राम्रो सेवा गर्छ, यसको पद पनि उच्च हुनुपर्छ। हरेक कलाकारको आफ्नो पार्ट छ, यो लाइन पनि अवश्य लेख्नुछ। बाबा पनि यस ड्रामामा निराकारी दुनियाँबाट आएर साकारी शरीरको आधार लिएर पार्ट खेल्नुहुन्छ। अहिले तिम्रो बुद्धिमा छ, कस कसले कति पार्ट खेल्छन्? त्यसैले यो लाइन पनि मुख्य छ। सिद्ध गरेर बताउनुछ, यो सृष्टि चक्रलाई जान्नाले मनुष्य स्वदर्शन चक्रधारी बनेर चक्रवर्ती राजा विश्वको मालिक बन्न सक्छन्। तिमीसँग त सारा ज्ञान छ नि। बाबासँग त ज्ञान छ नै गीताको, जसद्वारा मनुष्य नरबाट नारायण बन्छन्। पूरै ज्ञान बुद्धिमा आयो भने त पूरै बादसाही हुनुपर्छ। त्यसैले बच्चाहरू यस्ता यस्ता विचार गरेर बाबाको सेवामा लाग्नुपर्छ।

जयपुरमा पनि यो रुहानी म्युजियम स्थायी रहनेछ। लेखिएको छ– यसलाई बुझेपछि मनुष्य विश्वको मालिक बन्न सक्छ। जसले देख्छ, उसले एक अर्कालाई सुनाइरहन्छ। बच्चाहरू सदा सेवामा रहनुछ। मम्मा पनि सेवामा छिन्, उनलाई नियुक्त गरिएको थियो। सरस्वती को हुन् भन्ने कुरा कुनै शास्त्रमा छैन। प्रजापिता ब्रह्माकी केवल एक मात्र छोरी होलिन् त? अनेक छोरीहरू, अनेक नाम भएका होलान् नि। उनीहरू फेरि पनि एडप्ट गरिएका थिए, जस्तै तिमी हौ। एउटा प्रमुख गयो भने फेरि अर्को चयन गरिन्छ। प्रधानमन्त्री पनि अर्को चयन गर्छन्। सक्षम मानिन्छ, उनलाई मन पराउँछन् फेरि समय पूरा हुन्छ, अनि फेरि अर्को चुन्नुपर्छ। बाबाले बच्चाहरूलाई सबैभन्दा पहिला यही आचरण सिकाउनुहुन्छ– तिमीले कसको सम्मान कसरी राख्ने! जो अनपढ हुन्छन् उनीहरूलाई सम्मान गर्न पनि आउँदैन। जो धेरै तीक्ष्ण छन् उनको सबैले सम्मान गर्नुपर्छ। ठुलाको सम्मान गरेपछि अरूले पनि सिक्छन्। अनपढ त बुद्धु हुन्छन्। बाबा पनि आएर अनपढहरूलाई उठाउनुभएको छ। आजकाल नारीलाई अघि बढाउँछन्। तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्माहरूको मगनी परमात्मासँग भएको छ। तिमी धेरै खुसी हुन्छौ– हामी त गएर विष्णुपुरीको मालिक बन्छौं। कन्यालाई नदेखे पनि बुद्धियोग लाग्छ नि। यो पनि आत्माले जान्दछ– यो आत्मा र परमात्माको मगनी आश्चर्यजनक छ। एक बाबालाई नै याद गर्नुपर्छ। उनीहरूले त भन्छन्– गुरुलाई याद गर, फलानो मन्त्र याद गर। यहाँ त बाबा नै सबैथोक हुनुहुन्छ। आएर यिनीद्वारा विवाह गराउनुहुन्छ। भन्नुहुन्छ– म तिम्रो बाबा पनि हुँ, मबाट वर्सा मिल्छ। कन्याको मगनी भएपछि फेरि भुल्दैनन्। तिमीले फेरि किन भुल्छौ? कर्मातीत अवस्था प्राप्त गर्न समय लाग्छ। कर्मातीत अवस्था पछि फर्केर त कोही जानसक्दैन। बेहुला पहिला जान्छन् त्यसपछि बरियाँत जान्छन्। शङ्करको कुरा होइन, शिवको बरियाँत हो। एक हुनुहुन्छ प्रियतम बाँकी सबै हुन् प्रियतमाहरू। त्यसैले यो हो शिवबाबाको बरियाँत। नाम राखिदिएका छन् बच्चाहरूको। दृष्टान्त दिएर सम्झाइन्छ। बाबा आएर फूलसमान बनाएर सबैलाई लिएर जानुहुन्छ। बच्चाहरू जो काम चितामा बसेर पतित बनेका छन् उनीहरूलाई ज्ञान चितामा बसाएर फूल बनाएर सबैलाई लिएर जानुहुन्छ। यो त पुरानो दुनियाँ हो नि। कल्प कल्प बाबा आउनुहुन्छ। आएर हामी विकारीलाई फूल बनाएर लिएर जानुहुन्छ। रावणले विकारी बनाउँछ र शिवबाबाले फूल बनाउनुहुन्छ। बाबाले धेरै युक्तिहरू सम्झाइरहनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) खाने पिउने फोहोरी इच्छाहरूलाई छोडेर देहीअभिमानी बनेर सेवा गर्नुछ। यादबाट शक्ति लिएर निर्भय र अडोल अवस्था बनाउनुछ।

२) जो पढाइमा तीक्ष्ण र होसियार छन्, उनलाई आदर गर्नुछ। जो भट्किइरहेका छन्, उनीहरूलाई मार्ग बताउने युक्ति रच्नुछ। सबैको कल्याण गर्नुछ।

वरदान:–
आफ्नो मह त्त्व र कर्तव्यलाई जान्ने सदा जा गति ज्यो ति भव

तिमी बच्चाहरू यस जगतका ज्योति हौ, तिम्रो परिवर्तनबाट यस जगतको परिवर्तन हुनेछ, त्यसैले जे भयो भयो भनेर आफ्नो महत्त्व र कर्तव्यलाई बुझेर सदा जागति ज्योति बन। तिमीले एक सेकेण्डमा स्व-परिवर्तनबाट विश्व परिवर्तन गर्न सक्छौ। केवल प्राक्टिस गर– भर्खरै कर्मयोगी, भर्खरै कर्मातीत स्थिति। जसरी तिम्रो रचना कछुवाले सेकेण्डमा आफ्ना सबै अङ्ग समेट्छ, त्यसैगरी तिमी मास्टर रचयिताले समेट्ने शक्तिको आधारले सेकेण्डमा सबै सङ्कल्पहरूलाई समाहित गरेर एक सङ्कल्पमा स्थित होऊ।

स्लोगन:–
लभलीन स्थितिको अनुभव गर्नको लागि स्मृति विस्तमृतिको युद्ध समाप्त गर।

मातेश्वरी जी के मधुर महावाक्य:–

“ आधाकल्प ज्ञान – ब्रह्माको दिन र आधाकल्प भक्ति – ब्रह्माको रात ”

आधाकल्प हुन्छ ब्रह्माको दिन, आधाकल्प ब्रह्माको रात, अब रात पूरा भएर बिहानी आउनुछ। परमात्मा आएर अन्धकारको अन्त्य गरेर उज्यालोको आदि गर्नुहुन्छ, ज्ञानले उज्यालो हुन्छ, भक्तिले अन्धकार हुन्छ। गीतमा पनि भनिन्छ, यस पापको दुनियाँबाट टाढा कतै लैजाऊ, जहाँ चित्तले चैन पाओस्... यो बेचैन दुनियाँ हो, जहाँ चैन छैन। मुक्तिमा न चैन छ, न बेचैन छ। सतयुग, त्रेता चैनको दुनियाँ हो, जुन सुखधामलाई सबैले सम्झना गर्छन्। अब तिमी चैनको दुनियाँमा गइरहेका छौ, त्यहाँ कुनै अपवित्र आत्मा जान सक्दैन, त्यसले अन्त्यमा धर्मराजको डन्डा खाएर कर्मबन्धनबाट मुक्त भएर शुद्ध संस्कार लिएर जान्छ किनकि त्यहाँ न अशुद्ध संस्कार हुन्छ, न पाप हुन्छ। आत्माले आफ्नो असली बाबालाई बिर्सन्छ। यो भुलभुलैयाको अनादि हारजितको खेल बनेको छ, हामीले सर्वशक्तिमान् परमात्माद्वारा शक्ति लिएर विकारहरूमाथि विजय प्राप्त गरेर २१ जन्मको लागि राज्य-भाग्य लिइरहेका छौँ। अच्छा, ओम् शान्ति।