20.04.25 Avyakt Bapdada Nepali Murli 18.01.2005 Om Shanti Madhuban
सेकेन्डमा देहभानबाट
मुक्त भएर जीवनमुक्त स्थितिको अनुभव गर र मास्टर मुक्ति-जीवनमुक्तिदाता बन
आज बापदादाले
चारैतिरका लक्की र लभली बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चा स्नेहमा समाहित भएका
छन्। यो परमात्म स्नेह अलौकिक स्नेह हो। यही स्नेहले नै बच्चाहरूलाई बाबाको बनाएको
छ। स्नेहले नै सहज विजयी बनाएको छ। आज अमृतवेलादेखि चारैतिरका हरेक बच्चाले आफ्नो
स्नेहको माला बाबालाई पहिराए किनकि हरेक बच्चालाई थाहा छ कि यो परमात्म स्नेहले के
बाट के बनाइदिन्छ। स्नेहको अनुभूतिले अनेक परमात्म खजानाको मालिक बनाउँछ र सबै
परमात्म खजानाको गोल्डेन चाबी बाबाले सबै बच्चाहरूलाई दिनुभएको छ। थाहा छ नि! त्यो
गोल्डेन चाबी के हो? त्यो गोल्डेन चाबी हो–“मेरो बाबा”। मेरो बाबा भन्यौ र सारा
खजानाको अधिकारी बन्यौ। सर्व प्राप्तिको अधिकारले सम्पन्न बन्यौ, सर्व शक्तिहरूले
समर्थ बन्यौ, मास्टर सर्वशक्तिमान् आत्माहरू बन्यौ। यस्ता सम्पन्न आत्माहरूको
दिलबाट कुन गीत निस्कन्छ? अप्राप्त छैन कुनै वस्तु हामी ब्राह्मणहरूको खजानामा।
आजको दिनलाई स्मृति
दिवस भन्छौ, आज सबै बच्चाहरूलाई विशेष आदिदेव ब्रह्माबाबा धेरै याद आइरहनुभएको छ।
ब्रह्माबाबा तिमी ब्राह्मण बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ, किन? हरेक ब्राह्मण
बच्चा करोडौँमा कोही भाग्यवान् बच्चा हुन्। आफ्नो भाग्यलाई जान्दछौ नि! बापदादा
हरेक बच्चाको मस्तकमा चम्किरहेको भाग्यको सितारा देखेर हर्षित हुनुहुन्छ। आजको
स्मृति दिवसमा विशेष बापदादाले बच्चाहरूलाई विश्व सेवाको जिम्मेवारीको ताज अर्पण
गर्नुभयो। त्यसैले यो स्मृति दिवस तिमी बच्चाहरूको राज्य तिलकको दिवस हो। बच्चाहरूको
विशेष साकार स्वरूपमा विल पावर विल गर्ने दिन हो। सन सोज फादर– यो उखानलाई साकार
बनाउने दिवस हो। बापदादा, बच्चाहरू निमित्त बनेर गरेको निःस्वार्थ विश्व सेवालाई
देखेर खुसी हुनुहुन्छ। बापदादा करावनहार भएर, करनहार बच्चाहरूको हरेक कदम देखेर खुसी
हुनुहुन्छ किनकि सेवाको सफलताको विशेष आधार नै हो– करावनहार बाबाले म करनहार
आत्माद्वारा गराइरहनुभएको छ। म आत्मा निमित्त हुँ किनकि निमित्त भावबाट निर्मान
स्थिति स्वतः हुन जान्छ। मैपन जसले देहभानमा ल्याउँछ त्यो स्वतः नै निर्मान भावबाट
समाप्त हुन जान्छ। यो ब्राह्मण जीवनमा सबैभन्दा ज्यादा विघ्नरूप बन्छ भने त्यो
देहभानको मैपन हो। गराउनुहुनेले गराइरहनुभएको छ, म निमित्त गर्ने बनेर गरिरहेको छु,
तब सहजै देह अभिमानमुक्त बन्न सकिन्छ र जीवनमुक्तिको मजा अनुभव गर्न सकिन्छ।
भविष्यमा जीवनमुक्ति त प्राप्त हुनु नै छ तर अहिले सङ्गमयुगमा जीवनमुक्तिको अलौकिक
आनन्द झनै अलौकिक छ। जस्तै ब्रह्माबाबालाई देख्यौ– कर्म गर्दा कर्मको बन्धनबाट
न्यारा। जीवनमा हुँदा कमल पुष्पसमान न्यारा र प्यारा। यति ठुलो परिवारको जिम्मेवारी,
जीवनको जिम्मेवारी, योगी बनाउने जिम्मेवारी, फरिस्ता अनि देवता बनाउने जिम्मेवारी
हुँदाहुँदै पनि बेफिक्र बादसाह। यसैलाई नै जीवनमुक्त स्थिति भनिन्छ त्यसैले
भक्तिमार्गमा पनि ब्रह्माको आसन कमल पुष्प देखाउँछन्। कमल आसनधारी देखाउँछन्।
त्यसैले तिमी सबै बच्चाहरूले पनि सङ्गममै जीवनमुक्तिको अनुभव गर्नु नै छ।
बापदादाबाट मुक्ति जीवनमुक्तिको वर्सा यस समयमा नै प्राप्त हुन्छ। यस समयमा नै
मास्टर मुक्ति जीवनमुक्तिदाता बन्नु छ। बनेका हौ र बन्नु छ। मुक्ति जीवनमुक्तिको
मास्टरदाता बन्ने विधि हो– सेकेन्डमा देह भानमुक्त बन्नु। यो अभ्यासको अहिले
आवश्यकता छ। मनमाथि यस्तो कन्ट्रोलिङ पावर होस्, जस्तै यी स्थूल कर्मेन्द्रियहरू
हात छन्, खुट्टा छन्, तिनलाई जब चाहन्छौ जसरी चाहन्छौ त्यसरी गर्न सक्छौ, टाइम
लाग्छ र! अहिले सोच हात माथि उठाउनु छ, टाइम लाग्छ? गर्न सक्छौ नि! अहिले बापदादाले
भन्नुभयो हात माथि उठाऊ, तुरुन्तै गरिहाल्छौ नि! गर भनेको होइन, गर्न सक्छौ।
त्यसैगरी मनमाथि यति कन्ट्रोल होस्, जहाँ एकाग्र गर्न चाहन्छौ, त्यहाँ एकाग्र होस्।
मन चाहे हात, खुट्टाभन्दा सूक्ष्म छ तर हो त तिम्रो नै! मेरो मन भन्छौ नि, तेरो मन
त भन्दैनौ नि! त्यसैले जसरी स्थूल कर्मेन्द्रियहरू कन्ट्रोलमा रहन्छन्, त्यसरी नै
मन-बुद्धि-संस्कार कन्ट्रोलमा हुन् तब भनिन्छ नम्बरवन विजयी। साइन्टिस्टहरू त
रकेटद्वारा वा आफ्ना साधनहरूद्वारा यही लोकसम्म पुग्छन्, बढीमा ग्रहसम्म पुग्छन्।
तर तिमी ब्राह्मण आत्माहरू तीनै लोकसम्म पुग्न सक्छौ। सेकेन्डमा सूक्ष्मलोक,
निराकारी लोक र स्थूलमा मधुबनसम्म त पुग्न सक्छौ नि! यदि मनलाई अर्डर गर मधुबनमा
पुग्नुछ भने सेकेन्डमा पुग्न सक्छौ? तनले होइन, मनले। अर्डर गर सूक्ष्मवतन जानुछ,
निराकारी वतनमा जानुछ भने तीनै लोकमा चाहने बित्तिकै मनलाई पुऱ्याउन सक्छौ? छ
प्राक्टिस? अहिले यो अभ्यासको धेरै आवश्यकता छ। बापदादाले देख्नुभएको छ अभ्यास त
गर्छौ तर जब चाहन्छौ, जति समय यो चाहन्छौ एकाग्र होस्, अचल होस्, हलचलमा नआओस्,
यसैमाथि अझै अटेन्सन देऊ।
जुन गायन छ मन जिते
जगत् जितिन्छ, अहिले कहिलेकाहीँ मनले धोका पनि दिन्छ। त्यसैले बापदादा आजको समर्थ
दिवसमा यही सामर्थ्यमा विशेष अटेन्सन दिइरहनुभएको छ। हे स्वराज्य अधिकारी बच्चाहरू!
अहिले यो विशेष अभ्यासलाई हिँड्दा-डुल्दा चेक गर किनकि समय अनुसार अहिले अचानकका
खेलहरू धेरै देख्नेछौ। यसका लागि एकाग्रताको शक्ति आवश्यक छ। एकाग्रताको शक्तिबाट
दृढताको शक्ति पनि सहजै आउँछ र दृढताले सफलता स्वतः प्राप्त गराउँछ। त्यसैले विशेष
समर्थ दिवसमा यो सामर्थ्यको अभ्यासमा विशेष अटेन्सन राख त्यसैले भक्तिमार्गमा पनि
भन्छन् मनले हारे हार, मनले जिते जित। मेरो मन भन्छौ भने मेरो मनको मालिक बनेर
शक्तिहरूको लगामद्वारा विजय प्राप्त गर। यो नयाँ वर्षमा यो होमवर्कमा विशेष अटेन्सन
देऊ! यसैलाई नै भनिन्छ योगी त हौ तर अब प्रयोगी बन।
बाँकी आजको दिनको
स्नेहको रुहरिहान, स्नेहका गुनासाहरू र समान बन्ने उमङ्ग-उत्साह तीनै प्रकारका
रुहरिहान बापदादा समक्ष पुगेका छन्। चारैतिरका बच्चाहरूका स्नेह भरिएका यादहरू,
स्नेह भरिएको प्यार बापदादा समक्ष पुग्यो। पत्र पनि पुगे भने रुहरिहान पनि पुग्यो,
सन्देश पनि पुगे, बापदादाले बच्चाहरूको स्नेह स्वीकार गर्नुभयो। दिलबाट रिटर्नमा
यादप्यार पनि दिनुभयो। दिलको आशीर्वाद पनि दिनुभयो। एक एकको नाम त लिन सकिँदैन नि।
धेरै छन्। तर कुना कुना, गाउँ गाउँ, सहर सहर सबैतिरका बच्चाहरूको, बन्धनमा
परेकाहरूको, विलाप गर्नेहरूको सबैको यादप्यार पुग्यो, अब बापदादा यही भन्नुहुन्छ–
स्नेहको रिटर्नमा अब आफूलाई टर्न गर, परिवर्तन गर। अब स्टेजमा आफ्नो सम्पन्न स्वरूप
प्रत्यक्ष गर। तिम्रो सम्पन्नताबाट दुःख र अशान्तिको समाप्ति हुनुछ। अब आफ्ना
दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै दुःख देख्न नपार। यो दुःख, अशान्तिबाट मुक्ति दिलाऊ।
धेरै भयभीत छन्। के गर्ने, के होला..., यो अन्धकारमा भट्किरहेका छन्। अब
आत्माहरूलाई उज्यालोको बाटो देखाऊ। उमङ्ग आउँछ? रहम आउँछ? अब बेहदलाई हेर। बेहदमा
दृष्टि लगाऊ। अच्छा। होमवर्क त याद रहन्छ नि! नबिर्सनु। प्राइज दिनेछु। जसले एक
महिनामा मनलाई बिल्कुल कन्ट्रोलिङ पावरद्वारा पूरा महिना जहाँ चाह्यो, जब चाह्यो
त्यहाँ एकाग्र गर्न सक्यो, यो चार्टको रिजल्टमा इनाम दिनेछु। ठीक छ? कसले इनाम
लिन्छौ? पाण्डव, पाण्डव पहिला। बधाई छ पाण्डवहरूलाई। अनि शक्तिहरू, ए वन। पाण्डव
नम्बरवन त शक्तिहरू ए वन। शक्तिहरू ए वन भएनौ भने पाण्डव ए वन। अब अलिकति गति तीव्र
बनाऊ। आरामवाला होइन। तीव्र गतिबाट नै आत्माहरूको दुःख दर्द समाप्त हुनेछ। रहमको
छत्रछाया आत्माहरूमाथि लगाऊ। अच्छा।
डबल विदेशी
भाइ-बहिनीहरूसँग:–
डबल विदेशी, बापदादा भन्नुहुन्छ डबल विदेशी अर्थात् डबल पुरुषार्थमा अगाडि बढ्नेहरू।
जसरी डबल विदेशी टाइटल छ नि, तिम्रो निसानी हो नि। त्यसरी नै डबल विदेशी नम्बरवन
लिनमा पनि डबल गतिले अगाडि बढ्नेहरू। राम्रो छ, हरेक ग्रुपमा बापदादा डबल
विदेशीहरूलाई देखेर खुसी हुनुहुन्छ किनकि भारतवासीहरू तिमीहरू सबैलाई देखेर खुसी
हुन्छन्। बापदादा पनि विश्वकल्याणकारी टाइटललाई देखेर खुसी हुनुहुन्छ। अहिले डबल
विदेशीहरूले के प्लान बनाइरहेका छौ? बापदादालाई खुसी लाग्यो, अफ्रिका निवासीहरूले
तीव्र पुरुषार्थ गरिरहेका छन्। त्यसैले तिमीहरू सबैले पनि आसपासमा जो तिम्रा
दाजुभाइ दिदीबहिनीहरू छुटेका छन्, उनीहरूलाई सन्देश दिने उमङ्ग-उत्साह राख। गुनासो
नरहोस्। वृद्धि भइरहेको छ र भइरहनेछ पनि तर अब गुनासो पूरा गर्नु छ। यो विशेषता त
डबल विदेशीहरूको सुनाइन्छ नै– भोला बाबालाई राजी बनाउने जुन साधन छ सच्चा दिलमा
साहेब राजी, त्यो डबल विदेशीहरूको विशेषता हो। बाबालाई राजी बनाउन धेरै होसियारीले
आउँछ। सच्चा दिल बाबालाई किन प्रिय लाग्छ? किनकि बाबालाई भनिन्छ नै सत्य। गड इज
ट्रुथ भन्छन् नि! त्यसैले बापदादालाई सफा दिल, सच्चा दिलवालाहरू धेरै प्रिय छन्।
यस्तै हो नि! सफा दिल छ, सच्चा दिल छ। सत्यता नै ब्राह्मण जीवनको महानता हो। त्यसैले
डबल विदेशीहरूलाई बापदादा सदा याद गर्नुहुन्छ। भिन्न भिन्न देशमा आत्माहरूलाई
सन्देश दिने निमित्त बन्यौ। हेर त कति देशका आउँछन्? त्यसबाट यी सबै देशहरूको
कल्याण त भयो नि! त्यसैले बापदादा, यहाँ त तिमी निमित्त आएका छौ तर चारैतिरका डबल
विदेशी बच्चाहरूलाई, निमित्त बनेका बच्चाहरूलाई बधाई दिइरहनुभएको छ, अभिनन्दन
गरिरहनुभएको छ, उड्दै जाऊ र उडाउँदै जाऊ। उड्तीकला सबैको भला हुनु नै छ। सबै
रिफ्रेस भइरहेका छौ? रिफ्रेस भयौ? सदा अमर रहनेछ कि मधुबनमा नै आधा छोडेर जानेछौ?
साथ रहनेछ, सदा रहनेछ? अमर भवको वरदान छ नि! त्यसैले जुन परिवर्तन गर्यौ त्यो सदा
बढिरहनेछ। अमर रहनेछ। अच्छा। बापदादा खुसी हुनुहुन्छ र तिमी पनि खुसी छौ, अरूलाई पनि
खुसी देऊ। अच्छा।
ज्ञान सरोवर बनेको १०
वर्ष भयो:–
अच्छा। राम्रो छ, ज्ञान सरोवरले एक विशेषता आरम्भ गर्यो, जहिलेदेखि ज्ञान सरोवर सुरु
भयो त्यसपछि भि.आइ.पि., आइ.पि. का विशेष विधिपूर्वक प्रोग्रामहरू सुरु भएका छन्।
हरेक वर्गका प्रोग्रामहरू एक पछि अर्को चलिरहन्छन्। र, देखिएको छ– ज्ञान सरोवरमा
आउने आत्माहरूको स्थूल सेवा र अलौकिक सेवा धेरै राम्रो रुचिसाथ गर्छन् त्यसैले
ज्ञान सरोवरवालाहरूलाई बापदादा विशेष बधाई दिनुहुन्छ, सेवाको रिजल्ट सबै खुसी भएर
जान्छन् र खुसी खुसीसाथ अरू साथीहरूलाई साथ लिएर आउँछन्। चारैतिर आवाज फैलाउने
निमित्त ज्ञान सरोवर बनेको छ। त्यसैले बधाई छ र सदा बधाई लिइरहनु। अच्छा।
अहिले एक सेकेन्डमा
मनलाई एकाग्र गर्न सक्छौ? सबै एक सेकेन्डमा बिन्दु रूपमा स्थित होऊ। (बापदादाले
ड्रिल गराउनुभयो) अच्छा– यस्तो अभ्यास हिँड्दा डुल्दा गर्दै जाऊ। चारैतिरका स्नेही,
लभलीन आत्माहरूलाई, सदा रहमदिल बनेर हरेक आत्मालाई दुःख अशान्तिबाट मुक्त गर्ने
श्रेष्ठ आत्माहरूलाई, सदा आफ्नो मन, बुद्धि, संस्कारलाई कन्ट्रोलिङ पावरद्वारा
कन्ट्रोलमा राख्ने महावीर आत्माहरूलाई, सदा सङ्गमयुगको जीवनमुक्त स्थितिलाई अनुभव
गर्ने बाबासमान आत्माहरूलाई बापदादाको पदमगुणा यादप्यार एवं नमस्ते। रुहानी
बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
सबैलाई ठेगाना
दिने रहमदिल बाबाका बच्चा रहमदिल भव
रहमदिल बाबाका रहमदिल
बच्चाले कसैलाई पनि भिखारीको रूपमा देख्दा उनीहरूलाई रहम आउनेछ कि यो आत्मालाई पनि
ठेगाना मिलोस्, यसको पनि कल्याण होस्। उनीहरूको सम्पर्कमा जो पनि आउनेछ उसलाई बाबाको
परिचय अवश्य दिइन्छ। जस्तै कोही घरमा आयो भने पहिला उसलाई पानी सोधिन्छ, त्यसै गयो
भने नराम्रो मानिन्छ, त्यसैगरी जो पनि सम्पर्कमा आउँछ उसलाई बाबाको परिचयको पानी
अवश्य सोध अर्थात् दाताका बच्चा दाता बनेर केही न केही देऊ ताकि उसलाई पनि ठेगाना
मिलोस्।
स्लोगन:–
यथार्थ
वैराग्य वृत्तिको सहज अर्थ हो– जति न्यारा त्यति प्यारा।