20.11.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– मनमनाभवको वशीकरण मन्त्रबाट नै तिमीले मायामाथि विजय प्राप्त गर्न सक्छौ , यही मन्त्र सबैलाई याद दिलाऊ।”

प्रश्न:–
यस बेहदको ड्रामामा सबैभन्दा शक्तिशाली सेवक (लेबर) को को हुन् र कसरी?

उत्तर:–
यस पुरानो दुनियाँको सफाइ गर्ने सबैभन्दा शक्तिशाली सेवक (लेबर) हो प्राकृतिक प्रकोप। धरती हल्लिन्छ, बाढी आउँछ, सफाइ हुन्छ। यसको लागि भगवानले कसैलाई निर्देशन दिनुहुन्न। पिताले बच्चाहरूको विनाश कसरी गर्छन्! यो त ड्रामाको पार्ट हो। रावणको राज्य हो नि, यसलाई दैवी प्रकोप भनिँदैन।

ओम् शान्ति ।
बाबाले नै बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! मनमनाभव। यस्तो होइन, बच्चाहरू बसेर बाबालाई सम्झाउन सक्छन्। बच्चाहरूले भन्दैनन्– शिवबाबा, मनमनाभव। होइन। हुन त बच्चाहरू आपसमा बसेर बातचित गर्छन्, रायसुझाव निकाल्छन् तर जुन मूल महामन्त्र छ, त्यो त बाबाले नै दिनुहुन्छ। गुरुहरूले मन्त्र दिन्छन्। यो चलन कहाँबाट निस्क्यो? यहाँ बाबा जसले नयाँ सृष्टि रच्नुहुन्छ, उहाँले नै पहिलो मन्त्र दिनुहुन्छ मनमनाभव। यसको नाम नै हो वशीकरण मन्त्र अर्थात् मायामाथि विजय प्राप्त गर्ने मन्त्र। यो मन्त्र कुनै मनमनै जप्नुपर्दैन। यो त बुझाउनु पर्ने हुन्छ। बाबाले अर्थ सहित सम्झाउनु हुन्छ। छन त गीतामा यो मन्त्र छ तर यसको अर्थ कसैले पनि बुझ्दैनन्। यो गीताको प्रसङ्ग पनि हो। तर केवल नाम परिवर्तन गरेका छन्। भक्ति मार्गमा कति ठुला-ठुला पुस्तक आदि बन्छन्। वास्तवमा यहाँ त मौखिक रूपमा बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबाको आत्मामा ज्ञान छ। बच्चाहरूको आत्माले पनि ज्ञान नै धारण गर्छ। बाँकी केवल सहज रूपमा सम्झाउनको लागि यी चित्र आदि बनाइन्छ। तिमी बच्चाहरूको त बुद्धिमा यो सारा ज्ञान छ। तिमीलाई थाहा छ– अवश्य आदि सनातन देवी-देवता धर्म थियो अरू कुनै खण्ड थिएन। पछि फेरि यी खण्ड थपिएका हुन्। त्यसैले ती चित्र पनि एक कुनामा राख्नुपर्छ, जहाँ तिमीले देखाउँछौ, भारतवर्षमा यिनको राज्य हुँदा अरू कुनै धर्म थिएन। अहिले त कति धेरै धर्म छन् फेरि यी सबै रहँदैनन्। यो हो बाबाको योजना। ती विचराहरूलाई कति चिन्ता छ। तिमी बच्चाहरूले जान्दछौ– यो त बिल्कुल ठीक हो। लेखिएको पनि छ– बाबा आएर ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। के को? नयाँ दुनियाँको। राजधानी जमुनाको किनारामा हुन्छ । त्यहाँ एउटै धर्म हुन्छ। वृक्ष एकदम सानो हुन्छ, यस वृक्षको ज्ञान पनि बाबाले नै दिनुहुन्छ। चक्रको ज्ञान दिनुहुन्छ, सत्ययुगमा एउटै भाषा हुन्छ, अरू कुनै भाषा हुँदैन। तिमीले सिद्ध गर्न सक्छौ– त्यहाँ एउटै भारतखण्ड थियो, एउटै राज्य थियो, एउटै भाषा थियो। त्यहाँ स्वर्गमा सुख-शान्ति थियो। दु:खको नामनिसान थिएन। स्वास्थ्य, सम्पत्ति र खुसी सबै थियो। दुनियाँ नयाँ थियो र आयु पनि धेरै लामो थियो किनकि पवित्रता थियो। पवित्रतामा मनुष्य तन्दुरूस्त रहन्थे। अपवित्रतामा हेर मनुष्यहरूको के हालत हुन्छ। बस्दाबस्दै अकालमा मृत्यु हुन्छ। युवाहरू पनि मर्छन्। कति धेरै दु:ख हुन्छ। त्यहाँ अकालमा मृत्यु हुँदैन। आयु पूरा हुन्छ। पूरा आयु अर्थात् वृद्धावस्थासम्म कोही पनि मर्दैनन्।

कसैलाई पनि सम्झाउँदा यो कुरा बुद्धिमा राख्नुपर्छ– बेहदका बाबालाई याद गर्नुहोस्, उहाँ नै पतित-पावन हुनुहुन्छ, उहाँ नै सद्गतिदाता हुनुहुन्छ। तिमीसँग त्यो नक्सा हुनुपर्छ अनि मात्रै सिद्ध गरेर सम्झाउन सक्छौ। आजको नक्सा यो हो, भोलिको नक्सा यो हो। कसैले त राम्ररी सुन्छन् पनि। यो पूरा सम्झाउनु पर्छ। यो भारतवर्ष अविनाशी खण्ड हो। जब यहाँ देवी-देवता धर्म थियो तब अरू कुनै धर्म थिएन। अहिले त्यो आदि सनातन देवी-देवता धर्म छैन। यी लक्ष्मी-नारायण कहाँ गए, कसैले बताउन सक्दैन। बताउने तागत कसैमा छैन। तिमी बच्चाहरूले राम्ररी रहस्ययुक्त कुरा सम्झाउन सक्छौ। यसमा अलमलिनु पर्दैन। तिमीले सबै कुरा जानेका छौ र फेरि दोहोर्याउन पनि सक्छौ। तिमीले कसैसँग पनि सोध्न सक्छौ– यी कहाँ गए? तिम्रो प्रश्न सुनेर चकित हुन्छन्। तिमीले त निश्चयसँग बताउँछौ, यिनले पनि कसरी ८४ जन्म लिन्छन्। बुद्धिमा त छ नि। तिमीले तुरुन्तै भन्न सक्छौ– सत्ययुग नयाँ दुनियाँमा हाम्रो राज्य थियो। एउटै आदि सनातन देवी-देवता धर्म थियो। अरू कुनै धर्म थिएन। एभरीथिङ्ग न्यु। हरेक चीज सतोप्रधान हुन्छ। सुन पनि कति अथाह हुन्छ। कति सजिलै निस्किन्छ होला, जसबाट फेरि इँटा, भवन आदि बन्छन् होला। त्यहाँ त सबै कुरा सुनका हुन्छन्। खानी सबै नयाँ हुन्छन् नि। नक्कली त निकाल्दैनन् किनकि सक्कली नै धेरै हुन्छ। यहाँ सक्कलीको नाम छैन। नक्कलीको कति प्रभाव छ। त्यसैले भनिन्छ झूटी माया, झूटी काया....। सम्पत्ति पनि झुटो छ। हीरा-मोती यस्ता-यस्ता प्रकारका निस्किन्छन् जो थाहा पनि हुँदैन, सक्कली हो वा नक्कली हो? यति सो हुन्छ जसलाई चिन्न पनि सकिँदैन– नक्कली हो कि सक्कली ? त्यहाँ त यी नक्कली चीज आदि हुँदैनन्। विनाश भएपछि सबै माटोमा मिसिन्छ। यति ठुला-ठुला पत्थर, हीरा आदि घरमा लगाउँछन्। ती सबै कहाँबाट आए होलान्? कसले काट्छ होला? इन्डियामा पनि धेरै विशेषज्ञ (एक्सपर्ट) छन्, होसियार हुँदै जान्छन्। फेरि त्यहाँ यो होसियारी लिएर आउने छन् नि। ताज आदि केवल हीराका मात्र कहाँ बन्छन् र! ती त बिल्कुल रिफाइन सच्चा हीरा हुन्छन्। यो बिजुली, टेलिफोन, मोटर आदि पहिला केही थिएन। बाबाको यस जीवनमा नै यी के-के निस्केका हुन्! यी सबै कुरा निस्केको १०० वर्ष भएको छ। त्यहाँ त ठुला विशेषज्ञ हुन्छन्। अहिलेसम्म सिकिरहेका छन्। होसियार हुँदै जान्छन्। यो पनि बच्चाहरूलाई साक्षात्कार गराइन्छ। त्यहाँ हेलीकप्टर पनि फुल प्रुफ हुन्छन्। बच्चाहरू पनि धेरै सतोप्रधान, तीक्ष्ण बुद्धिका हुन्छन्। केही समयपछि हेर, तिमीलाई सबै साक्षात्कार भइरहन्छ। जसरी आफ्नो देशको नजिक आइपुग्दा वृक्षहरू देखिन्छन् नि। भित्र मनमा खुसी हुन्छ, अब त घर आयो कि आयो। अब आइपुग्नै लागेका छौं। अन्त्यमा तिमीलाई पनि यस्तै साक्षात्कार भइरहन्छ। बच्चाहरूले सम्झन्छन्– बाबा परमप्रिय हुनुहुन्छ। उहाँ हुनुहुन्छ नै परम आत्मा। उहाँलाई सबैले याद पनि गर्छन्। भक्तिमार्गमा तिमीले पनि परमात्मालाई याद गर्थ्यौ नि । तर यो थाहा थिएन– उहाँको आकार ठुलो छ वा सानो छ। गायन पनि छ– चमकता है अजब सितारा भृकुटी के बीच में.... त्यसैले अवश्य बिन्दु समान हुनुहुन्छ। उहाँलाई नै भनिन्छ सुप्रिम आत्मा अर्थात् परमात्मा। उहाँमा त सबै विशेषता छन्। ज्ञानका सागर हुनुहुन्छ, के ज्ञान सुनाउनु हुन्छ? उहाँले सुनाए पछि मात्रै त थाहा हुन्छ नि। तिमीले पनि पहिला कहाँ जानेका थियौ र! केवल भक्ति मात्र जान्दथ्यौ। अहिले त जान्दछौ, आश्चर्य छ, आत्मालाई पनि यी आँखाबाट देख्न सकिँदैन। त्यसैले बाबालाई पनि बिर्सिन्छ। ड्रामामा पार्ट नै यस्तो छ जसलाई विश्वको मालिक बनाउनु हुन्छ उनको नाम राख्छन् तर बनाउनेको नाम मेटाइदिन्छन्। श्रीकृष्णलाई त्रिलोकीनाथ, वैकुण्ठनाथ भनिदिएका छन्, अर्थ केही पनि बुझ्दैनन्। केवल बढाइ-चढाइ गर्छन्। भक्ति मार्गमा अनेकौं कुरा बनाएका छन्। भन्छन्– भगवानमा यति तागत छ, उहाँ हजारौं सूर्य भन्दा तेजोमय हुनुहुन्छ, सबैलाई भस्म गर्न सक्नुहुन्छ। यस्ता यस्ता कुरा बनाएका छन्। बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई कसरी जलाउन सक्छु! यो त हुन सक्दैन। बच्चाहरूलाई पिताले विनाश गर्छन् र? गर्दैनन्। यो त ड्रामाको पार्ट हो। पुरानो दुनियाँ खतम हुन्छ। पुरानो दुनियाँको विनाशको लागि यी प्राकृतिक प्रकोप सबै सेवक हुन्। यी कति ठुला लेबर हुन्। यस्तो पनि होइन यिनीहरूलाई बाबाको निर्देशन छ– विनाश गर। होइन, तुफान आउँछ, अनिकाल पर्छ। भगवानले यसो गर भनेर कहाँ भन्नुहुन्छ र! कहिल्यै भन्नुहुन्न। यो त ड्रामाको पार्ट हो। बाबाले बम्ब बनाऊ भनेर भन्नुहुन्न। यो सबैलाई रावणको मत भनिन्छ। यो बनिबनाउ ड्रामा हो। रावण राज्य हो त्यसैले आसुरी बुद्धि बन्छन्। कति मर्छन्। आखिरमा सबै जलाइदिन्छन्। यो बनिबनाऊ खेल हो, जुन दोहोरिन्छ। तर यस्तो होइन– शङ्करले आँखा खोल्नाले विनाश हुन जान्छ, यसलाई दैवी प्रकोप पनि भनिदैन। यो प्राकृतिक नै हो।

अहिले बाबाले तिमी बच्चाहरूलाई श्रीमत दिइरहनु भएको छ। कसैलाई दु:ख आदि दिने कुरा नै होइन। बाबा त हुनुहुन्छ नै सुखको मार्ग बताउनेवाला। ड्रामा योजना अनुसार भवन पुरानो हुँदै जान्छ। बाबा पनि भन्नुहुन्छ– यो सारा दुनियाँ पुरानो भइसकेको छ। यो समाप्त हुनुपर्छ। हेर आपसमा कसरी लड्छन्! आसुरी बुद्धि छन् नि। जब ईश्वरीय बुद्धिका हुन्छन् तब कुनै पनि मार्ने आदिको कुरा हुँदैन। बाबा भन्नुहुन्छ– म त सबैको पिता हुँ। मेरो सबैसँग प्यार छ। बाबाले देख्नुहुन्छ– यहाँ, तर नजर अनन्य बच्चाहरूतिर जान्छ, जसले बाबालाई धेरै प्रेमले याद गर्छन्। सेवा पनि गर्छन्। यहाँ बसेर पनि बाबाको नजर सेवाधारी बच्चाहरूतिर जान्छ। कहिले देहरादुन, कहिले मेरठ, कहिले दिल्ली... जुन बच्चाहरूले मलाई याद गर्छन् मैले पनि उनीहरूलाई याद गर्छु। जसले मलाई याद गर्दैनन् तिनीहरू सबैलाई पनि याद गर्छु किनकि मैले सबैलाई लिएर जानु छ। हो, जसले मद्वारा सृष्टि-चक्रको ज्ञान नम्बरवार बुझ्छन्, तिनीहरूले फेरि उच्च पद पाउने छन्। यो बेहदको कुरा हो। ती टिचर आदि हदका हुन्। उहाँ हुनुहुन्छ बेहदका। त्यसैले बच्चाहरू मनमा कति खुसी हुनुपर्छ। बाबा भन्नुहुन्छ– सबैको पार्ट उस्तै हुन सक्दैन, यिनको त पार्ट थियो। तर अनुसरण गर्ने करोडौंमा कोही निस्के। भन्छन्– बाबा, म ७ दिनको बच्चा हुँ, एक दिनको बच्चा हुँ। त्यसैले साना बच्चा भए नि। त्यसैले बाबाले हरेक कुरा सम्झाइरहनु हुन्छ। नदी पनि अवश्य पार गरेर आएका थिए। बाबा आउनासाथ ज्ञान सुरु भएको हो। उहाँको कति महिमा छ। त्यो गीताको अध्याय त तिमीले जन्मजन्ममा कति पटक पढ्यौ होला। अन्तर हेर कति छ। कहाँ श्रीकृष्ण भगवानुवाच, कहाँ शिव परमात्मा उवाच। रात-दिनको फरक छ। अब तिम्रो बुद्धिमा छ– हामी सत्यखण्डमा थियौं, सुख पनि धेरै देख्यौं। तीन-चौथाइ (३/४) सुख देख्छौ। बाबाले सुखको लागि ड्रामा बनाउनु भएको हो, नकि दु:खको लागि। तिमीलाई त पछि यो दु:ख मिल्छ। लडाइँ त यति चाँडै हुन सक्दैन। तिमीलाई धेरै सुख मिल्छ। आधा आधा भए पनि त्यति आनन्द हुँदैन। साढे तीन हजार वर्ष त कुनै लडाइँ हुँदैन। बिमारी आदि हुँदैन। यहाँ त हेर एउटा बिमारी पछि अरू बिमारी लाग्छन्। सत्ययुगमा यस्ता कीरा आदि कहाँ हुन्छन् र जसले अन्न खान्छन्। त्यसैले त्यसको नाम नै हो स्वर्ग। त्यसैले विश्वको नक्सा पनि तिमीले देखाउनु पर्छ तब बुझ्न सक्छन्। वास्तवमा दुनियाँ यस्तो थियो, अरू कुनै धर्म थिएन। फेरि नम्बरवार धर्म स्थापना गर्नेहरू आउँछन्। अहिले तिमी बच्चाहरूलाई विश्वको इतिहास-भूगोल थाहा भएको छ। तिमी बाहेक अरू सबैले भनिदिन्छन् नेति नेति, हामीले बाबालाई चिन्दैनौं। भन्छन्– उहाँको कुनै नाम, रूप, देश, काल नै छैन। नाम रूप नभएपछि फेरि कुनै देश पनि हुन सक्दैन। केही पनि बुझ्दैनन्। अहिले बाबाले तिमी बच्चाहरूलाई आफ्नो यथार्थ परिचय दिनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदा अपार खुसीमा रहनको लागि बेहदका बाबा, जसले बेहदको कुरा सुनाउनु हुन्छ, उहाँको स्मरण गर्नु छ र बाबालाई अनुसरण गर्दै चल्नु छ।

२) सदा तन्दुरुस्त रहनको लागि पवित्रतालाई अपनाउनु छ। पवित्रताको आधारमा बाबाबाट स्वास्थ्य, सम्पन्नता, सुखको वर्सा लिनु छ।

वरदान:–
सर्व प्राप्तिहरूलाई स्मृतिमा इमर्ज राखेर सदा सम्पन्न रहने सन्तुष्ट आत्मा भव

सङ्गयुगमा बापदादाद्वारा जुन पनि प्राप्तिहरू भएका छन् त्यसको स्मृति प्रत्यक्ष रुपमा रहोस्। तब प्राप्तिहरूको खुसीले कहिल्यै हलचलमा तल ल्याउँदैन। सदा अचल रहन्छौ। सम्पन्नताले अचल बनाउँछ, हलचलबाट छुटाइदिन्छ। जो सर्व प्राप्तिहरूबाट सम्पन्न छ ऊ सदा राजी, सदा सन्तुष्ट रहन्छ। सन्तुष्टता सबैभन्दा ठुलो खजाना हो। जो सँगसन्तुष्टता छ उसँग सबै थोक छ। उसले यही गीत गाइरहन्छ– जे पाउनु थियो पाइसकेँ।

स्लोगन:–
मोहब्बत (प्रेम)को झुलामा बस्यौ भने मेहनत स्वत: छुट्नेछ।