21.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सच्चा कमाइ गर्ने पुरुषार्थ पहिला स्वयं ले गर फेरि आफ्न ा मित्र-सम्बन्धीहरूलाई पनि गराऊ , च्यारिटी बि गिन्स एट होम।”

प्रश्न:–
सुख अथवा चैन प्राप्त गर्ने विधि के हो?

उत्तर:–
पवित्रता। जहाँ पवित्रता छ त्यहाँ सुख-चैन हुन्छ। बाबाले पवित्र दुनियाँ सत्ययुगको स्थापना गर्नुहुन्छ। त्यहाँ विकार हुँदैन। जुन देवताहरूका पुजारी छन् उनीहरूले कहिल्यै यस्तो प्रश्न गर्न सक्दैनन्– विकारै नभए दुनियाँ कसरी चल्छ? अब तिमीहरू चैनको दुनियाँमा जानु छ, त्यसैले यस पतित दुनियाँलाई भुल्नु छ। शान्तिधाम र सुखधामलाई याद गर्नु छ।

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ त बच्चाहरूलाई सम्झाइएको छ। शिवबाबाले पनि ओम् शान्ति भन्न सक्नुहुन्छ भने शालिग्राम बच्चाहरूले पनि भन्न सक्छन्। आत्माले भन्छ– ओम् शान्ति। सन अफ साइलेन्स फादर। शान्तिको लागि जङ्गल आदिमा गएर कुनै उपाय गरिँदैन। आत्मा त छ नै साइलेन्स । फेरि के उपाय गर्ने? यो कुरा बाबाले बसेर सम्झाउनु हुन्छ। उहाँ बाबालाई नै भनिन्छ– त्यहाँ लैजानुहोस् जहाँ सुख चैन मिल्छ। चैन अथवा सुख सबै मनुष्यले चाहन्छन् तर सुख र शान्ति भन्दा पहिला त हुनुपर्छ पवित्रता। पवित्रलाई पावन, अपवित्रलाई पतित भनिन्छ। पतित दुनियाँवालाले पुकारिरहन्छन्– आएर हामीलाई पावन दुनियाँमा लैजानुहोस्। उहाँ हुनुहुन्छ नै पतित दुनियाँबाट छुटाएर पावन दुनियाँमा लैजानेवाला। सत्ययुगमा हुन्छ पवित्रता, कलियुगमा छ अपवित्रता। त्यो निर्विकारी दुनियाँ हो, यो हो विकारी दुनियाँ। यो त बच्चाहरूले जानेका छौ– दुनियाँको जनसङ्ख्या बढ्दै जान्छ। सत्ययुग निर्विकारी दुनियाँ हो त्यसैले त्यहाँ अवश्य थोरै मनुष्य हुन्छन्। ती थोरै को हुन्छन्? सत्ययुगमा देवी-देवताहरूको नै राज्य हुन्छ, त्यसलाई नै चैनको दुनियाँ अथवा सुखधाम भनिन्छ। यो हो दु:खधाम। दु:खधामलाई परिवर्तन गरेर सुखधाम बनाउने केवल एक परमपिता परमात्मा हुनुहुन्छ। सुखको वर्सा अवश्य बाबाले नै दिनुहुन्छ। अब उहाँ बाबा भन्नुहुन्छ– दु:खधामलाई बिर्स, शान्तिधाम र सुखधामलाई याद गर। यसलाई नै मनमनाभव भनिन्छ। बाबा आएर बच्चाहरूलाई सुखधामको साक्षात्कार गराउनु हुन्छ। दु:खधामको विनाश गराएर शान्तिधाममा लैजानुहुन्छ। यस चक्रलाई बुझ्नु छ। ८४ जन्म लिनुपर्छ। जो पहिला सुखधाममा आउँछन्, उनीहरूको हुन्छ ८४ जन्म केवल यति कुरा याद गर्नाले पनि बच्चाहरू सुखधामको मालिक बन्न सक्छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! शान्तिधामलाई याद गर अनि फेरि वर्सालाई अर्थात् सुखधामलाई याद गर। पहिला सुरुमा तिमी शान्तिधाममा जान्छौ, त्यसैले आफूलाई शान्तिधाम, ब्रह्माण्डको मालिक सम्झ। हिँड्दा-डुल्दा आफूलाई उहाँको निवासी सम्झ्यौ भने यो दुनियाँ भुल्दै जान्छौ। सत्ययुग हो सुखधाम तर सबै त सत्ययुगमा आउन सक्दैनन्। यी कुरा उनले नै बुझ्छन् जो देवताहरूका पुजारी छन्। यो हो सच्चा कमाइ, जुन सच्चा बाबाले सिकाउनु हुन्छ। बाँकी सबै हुन् झुटा कमाइ। अविनाशी ज्ञान रत्नहरूको कमाइलाई नै सच्चा कमाइ भनिन्छ, बाँकी विनाशी धनदौलत, त्यो हो झुटो कमाइ। द्वापरदेखि लिएर त्यो झुटो कमाइ गर्दै आएका छन्। यस अविनाशी सच्चा कमाइको प्रारब्ध सत्ययुगदेखि सुरु भएर त्रेतामा पूरा हुन्छ अर्थात् आधाकल्प भोग्छौ। पछि झुटो कमाइ सुरु हुन्छ, जसबाट अल्पकाल क्षणभङ्गुर सुख मिल्छ। यो अविनाशी ज्ञान रत्न, ज्ञान सागरले नै दिनुहुन्छ। सच्चा कमाइ सच्चा बाबाले गराउनु हुन्छ। भारतवर्ष सचखण्ड थियो, भारतवर्ष नै अहिले झुटखण्ड बनेको छ। अरू खण्डहरूलाई सचखण्ड, झुट खण्ड भनिदैन। सचखण्ड बनाउने सत्य बादसाह उहाँ हुनुहुन्छ। सच्चा हुनुहुन्छ एक गड फादर, बाँकी हुन् झुटा फादर। सत्ययुगमा पनि सच्चा फादर मिल्छन् किनकि त्यहाँ झुटो पाप हुँदैन। यो हो नै पाप आत्माहरूको दुनियाँ, त्यो हो पुण्य आत्माहरूको दुनियाँ। त्यसैले अब यस्तो सच्चा कमाइको लागि कति पुरुषार्थ गर्नुपर्ला। जसले कल्प पहिला कमाइ गरेका थिए, उनीहरूले नै गर्नेछन्। पहिला आफूले सच्चा कमाइ गरेर फेरि घर र माइती दुवैलाई यो सच्चा कमाइ गराउनु छ। च्यारिटी बिगिन्स एट होम।

सर्वव्यापीको ज्ञान हुनेले भक्ति गर्न सक्दैनन्। सबै भगवानका रुप हुन् भने फेरि भक्ति कसको गर्छन्? त्यसैले यस दलदलबाट निकाल्न मेहनत गर्नुपर्छ। संन्यासीहरूले च्यारिटी बिगिन्स एट होम कहाँ गर्छन् र? पहिला त उनीहरूले घरबारको समाचार सुनाउँदै सुनाउँदैनन्। भन, किन सुनाउनुहुन्न? जानकारी त हुनु पर्यो नि। भन्दैमा के हुन्छ, फलानो घरका थियौं फेरि संन्यास धारण गर्यौं! तिमीसँग सोधेमा तिमीले तुरुन्त भन्न सक्छौ। संन्यासीहरूका शिष्य त धेरै हुन्छन्। उनीहरूले फेरि यदि बसेर भगवान एक हुनुहुन्छ भनिदिए भने त सबैले उनीहरूसँग सोध्छन्– तिमीलाई कसले यो ज्ञान सुनायो? बी.के. ले सुनाएका हुन् भन्यो भने उनीहरूको सारा धन्दा नै खलास हुन्छ। यसरी कसले आफ्नो इज्जत गुमाउँछ र? फेरि कसैले खाना पनि दिने छैनन्। त्यसैले संन्यासीहरूको लागि त धेरै मुस्किल हुन्छ। पहिला आफ्ना मित्र-सम्बन्धी आदिलाई ज्ञान दिएर सच्चा कमाइ गराउनु पर्छ जसबाट उनीहरूले २१ जन्म सुख पाउँछन्। कुरा धेरै सहज छ । तर ड्रामामा यति शास्त्र मन्दिर आदि बन्ने कुरा पनि निस्चित छ।

पतित दुनियाँमा बस्नेहरूले भन्छन्– अब पावन दुनियाँमा लैजाउनुहोस्। सत्ययुग भएको ५००० वर्ष भयो। उनीहरूले त कलियुगको अवधि नै लाखौं वर्ष भनिदिएका छन् भने फेरि मनुष्यले कसरी बुझ्छन्– सुखधाम कहाँ छ? कहिले हुन्छ? उनीहरूले त भन्छन् महाप्रलय हुन्छ अनि फेरि सत्ययुग हुन्छ। सबैभन्दा पहिला श्रीकृष्ण अउँला चुस्दै सागरमा पीपलको पातमा आउँछन्। अब कहाँको कुरा कहाँ लगेका छन्! अहिले बाबा भन्नुहुन्छ– ब्रह्माद्वारा मैले सबै बेद-शास्त्रहरूको सार सुनाउँछु त्यसैले विष्णुको नाभि-कमलबाट ब्रह्माको उत्पत्ति देखाउँछन् र फेरि हातमा शास्त्र देखाइदिएका छन्। ब्रह्मा त अवश्य यहाँ हुनुपर्छ। सूक्ष्मवतनमा त शास्त्र हुँदैनन् नि। ब्रह्मा यहाँ हुनुपर्छ। विष्णु लक्ष्मी-नारायणको रुप पनि त यहाँ हुन्छन्। ब्रह्मा सो विष्णु बन्छन् फेरि विष्णु सो ब्रह्मा बन्छन्। तर ब्रह्माबाट विष्णु निस्कन्छन् वा विष्णुबाट ब्रह्मा निस्कन्छन्? यी सबै बुझ्ने कुरा हुन्। तर यी कुरालाई बुझ्छ उसैले जसले राम्रोसँग पढ्छ। बाबा भन्नुहुन्छ– तिम्रो शरीर रहेसम्म बुझिरहन्छौ। तिमी बिल्कुल १०० प्रतिशत बेसमझ, कङ्गाल बनेका छौ। तिमी नै समझदार देवी-देवता थियौ, अब फेरि तिमी देवी-देवता बनिरहेका छौ। मनुष्यले त बनाउन सक्दैनन्। तिमी नै देवता थियौ फेरि ८४ जन्म लिँदा लिँदा एकदम कलाहीन भएका छौ। तिमी सुखधाममा धेरै चैनमा थियौ, अहिले बेचैन छौ। तिमीले ८४ जन्महरूको हिसाब बताउन सक्छौ। इस्लामी, बौद्धी, सिख, इसाई, मठ-पंथ सबैले कति जन्म लिन्छन्? यो हिसाब निकाल्न त सजिलो छ। स्वर्गको मालिक त तिमी नै बन्छौ। कलमी लाग्छ नि। यो हो ज्ञान। स्वयंले बुझ्यौ भने फेरि सबैभन्दा पहिला आफ्ना माता-पिता, बहिनी-भाइहरूलाई ज्ञान दिनुपर्छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ फेरि च्यारिटी बिगिन्स एट होम। घर र माइती दुवै तिरकालाई ज्ञान सुनाउनु पर्छ। व्यवसायमा पनि पहिला आफ्ना भाइहरूलाई नै साझेदार बनाउँछन्। यहाँ पनि त्यस्तै हो। गायन पनि छ– कन्या तिनी हुन् जसले घर र माइतीको उद्धार गर्छिन्। अपवित्रले उद्धार गर्न सक्दैनन्। ती कुनचाहिँ कन्या हुन्? यी ब्रह्माका कन्या, ब्रह्माकुमारी छन् नि। यहाँ अधर कन्या, कुमारी कन्याको मन्दिर पनि बनेको छ नि। यहाँ तिम्रो यादगार बनेको छ। म फेरि आएको छु विश्वलाई स्वर्ग बनाउन। यो देलवाडा मन्दिर एकदम एक्युरेट छ, माथि स्वर्ग देखाइएको छ। स्वर्ग थियो त यहाँ नै। राजयोगको तपस्या पनि यहाँ नै हुन्छ। जसको मन्दिर हो उनले यो जान्नु त पर्यो नि। हेर भित्र जगतपिता जगत अम्बा, आदि देव, आदि देवी बसेका छन्। अच्छा, आदि देव कसका बच्चा हुन्? शिवबाबाका। अधर कुमारी, कुमारी कन्या सबै राजयोगमा बसेका छन्। बाबा भन्नुहुन्छ– मनमनाभव। अनि तिमी वैकुण्ठको मालिक बन्छौ। मुक्ति, जीवनमुक्तिधामलाई याद गर। तिम्रो यो संन्यास हो, जैनीहरूको संन्यास कति डिफीकल्ट छ। कपाल आदि निकाल्ने कति कडा चलन छ। यहाँ त छ नै सहज राजयोग। यो हो पनि प्रवृत्ति मार्गको। यो ड्रामामा निश्चित छ। कुनै जैन मुनिले बसेर आफ्नो नयाँ धर्म स्थापना गरे तर त्यसलाई आदि सनातन देवी-देवता धर्म त भनिदैन नि। त्यो त अहिले प्राय: लोप छ। कसैले जैन धर्म सुरु गरे, चल्यो। यो पनि ड्रामामा छ। आदि देवलाई पिता र जगत अम्बालाई माता भनिन्छ। आदि देव ब्रह्मा हुन्, यो त सबैले जानेका छन्। आदम-बीबी, एडम-ईव पनि भन्छन्। यी एडम ईबले अहिले तपस्या गरिरहेका छन् भनेर क्रिस्चियनहरूलाई कहाँ थाहा छ र। ती त मनुष्य सृष्टिको वंशावलीको यी हेड हुन्। यो रहस्य पनि बाबा बसेर सम्झाउनु हुन्छ। शिवका वा लक्ष्मी-नारायणका यति धेरै मन्दिर बनेका छन् भने उनीहरूको बायोग्राफी पनि जान्नुपर्यो नि! यो कुरा पनि ज्ञान सागर बाबा बसेर सम्झाउनु हुन्छ। परमपिता परमात्मालाई नै नलेजफुल ज्ञानका सागर, आनन्दका सागर भनिन्छ। यो परमात्माको महिमा कुनै साधुसन्त आदिले जानेका छैनन्। उनीहरूले त भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ फेरि महिमा कसको गर्ने? परमात्मालाई नजान्नाले नै फेरि आफूलाई शिवोहम् भन्छन्। नत्र परमात्माको महिमा कति ठुलो छ। उहाँ त मनुष्य सृष्टिका बीजरुप हुनुहुन्छ। मुसलमानहरूले पनि भन्छन् हामीलाई खुदाले पैदा गरे, त्यसैले हामी रचना ठहरियौं। रचनाले रचनालाई वर्सा दिन सक्दैनन्। रचनालाई रचयिताबाट वर्सा मिल्छ, यस कुरालाई कसैले पनि जानेका छैनन्। उहाँ बीजरुप सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, उहाँलाई सृष्टिको आदि मध्य अन्त्यको ज्ञान छ। आदि, मध्य, अन्त्यको ज्ञान बीज बाहेक अरू कुनै मनुष्यमा हुन सक्दैन। बीज चैतन्य हुनुहुन्छ भने अवश्य ज्ञान उहाँमा नै छ। उहाँ नै आएर तिमीलाई सारा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान दिनुहुन्छ। यो पनि बोर्ड लगाउनु पर्छ, यस चक्रलाई जान्नाले तिमी सत्ययुगको चक्रवर्ती राजा अथवा स्वर्गको राजा बन्छौ। कति सहज कुरा छ। बाबा भन्नुहुन्छ– जीवन रहेसम्म मलाई याद गर्नु छ। म स्वयंले तिमीलाई यो वशीकरण मन्त्र दिन्छु। अब तिमीले याद गर्नु छ बाबालाई। यादबाट नै विकर्म विनाश हुन्छ। यो स्वदर्शन चक्र घुमाइरह्यौ भने मायाको शिर काटिन्छ। मैले तिम्रो आत्मालाई पवित्र बनाएर लैजान्छु। फेरि तिमीले सतोप्रधान शरीर लिन्छौ। त्यहाँ विकार हुँदैन। सोध्छन्– विकार विना सृष्टि कसरी चल्छ? भन, तपाईँ सायद देवताहरूको पुजारी हुनुहुन्न। लक्ष्मी-नारायणको त सम्पूर्ण निर्विकारी भनी महिमा गाउँछन्। जगदम्बा, जगतपिता निर्विकारी हुन्, राजयोगको तपस्या गरेर पतितबाट पावन, स्वर्गका मालिक बनेका हुन्। तपस्या गर्छन् नै पुण्य आत्मा बन्नको लागि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पुरानो दुनियाँलाई बुद्धिबाट भुल्नको लागि हिँड्दा-डुल्दा आफूलाई शान्तिधाम निवासी सम्झनु छ। शान्तिधाम र सुखधामलाई याद गरेर सच्चा कमाइ गर्नु छ र अरूलाई पनि गराउनु छ।

२) राजयोगको तपस्या गरेर स्वयंलाई पुण्य आत्मा बनाउनु छ। मायाको शिर काट्नको लागि स्वदर्शन चक्र सदा घुमिरहोस्।

वरदान:–
सम्पन्नताद्वारा स दा सन्तुष्ट ताको अनुभव गर्ने सम्पत्तिवान भव

स्वराज्यका सम्पत्ति हुन् ज्ञान, गुण र शक्तिहरू। जो यी सर्व सम्पत्तिहरूबाट सम्पन्न स्वराज्य अधिकारी हुन्छन्, उनीहरू सदा सन्तुष्ट हुन्छन्। उनीहरूसँग अप्राप्तिको नाम निसान हुँदैन। हदका इच्छाहरूको अविद्या– यसलाई भनिन्छ सम्पत्तिवान। उनीहरू सदा दाता हुन्छन्, माग्नेवाला होइन। उनीहरू अखण्ड सुख-शान्तिमय स्वराज्यका अधिकारी हुन्छन्। कुनै पनि प्रकारको परिस्थितिले उनीहरूको अखण्ड शान्तिलाई खण्डित गर्न सक्दैन।

स्लोगन:–
ज्ञान नेत्रबाट तीनै काल र तीनै लोकलाई जान्नेहरू मास्टर नलेजफुल हुन्।