22.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिम्रो यो समय धेरै अमूल्य छ , यसमा तिमी बाबाको पूरा पूरा मदतगार बन। मदतगार बच्चाहरूले नै उच्च पद पाउँछन्।”

प्रश्न:–
सेवाधारी बच्चाहरूले कुनचाहिँ बहानाबाजी गर्न सक्दैनन्?

उत्तर:–
सेवाधारी बच्चाहरूले यो बहाना गर्दैनन्– बाबा यहाँ गर्मी छ, त्यहाँ ठण्डा छ त्यसैले मैले सेवा गर्न सक्दिनँ। अलिकति गर्मी भयो वा ठण्डा भयो भने कमजोर बन्नुहुँदैन। यस्तो होइन, मैले त सहन गर्नै सक्दिनँ। यस दु:खधाममा दु:ख-सुख, सर्दी-गर्मी, निन्दा-स्तुति सबै सहन गर्नुपर्छ। बहानाबाजी गर्नुहुँदैन।

गीत:–
धीरज धर मनुवा...

ओम् शान्ति ।
सुख र दु:ख केलाई भनिन्छ, यो बच्चाहरूले नै बुझेका छौ। यस जीवनमा सुख कहिले मिल्छ र दु:ख कहिले मिल्छ, त्यो केवल तिमी ब्राह्मणहरूले नै नम्बरवार पुरुषार्थ अनुसार बुझेका छौ। यो हो नै दु:खको दुनियाँ। यसमा केही समयको लागि दु:ख-सुख, स्तुति-निन्दा सबै कुरा सहन गर्नुपर्छ। यी सबैबाट पार हुनुछ। कसैलाई अलिकति गर्मी लाग्यो भने भन्छन् म ठण्डा स्थानमा बस्छु। अब बच्चाहरूले गर्मीमा वा ठण्डामा सेवा त गर्नु नै छ नि। यस समयमा यो अलिकति दु:ख भयो भने पनि नयाँ कुरा होइन। यो हो नै दु:खधाम। अब तिमी बच्चाहरूले सुखधाममा जानको लागि पूरा पुरुषार्थ गर्नुछ। यो त तिम्रो अति अमूल्य समय हो। यसमा बहाना चल्नसक्दैन। बाबा सेवाधारी बच्चाहरूलाई भन्नुहुन्छ– जसले सेवा गर्न जानेकै छैनन् उनीहरू त कुनै कामका छैनन्। यहाँ बाबा आउनुभएको छ सारा विश्वलाई सुखधाम बनाउन। त्यसैले ब्राह्मण बच्चाहरू नै बाबाका मदतगार बन्नुपर्छ। बाबा आउनुभएको छ त्यसैले उहाँको मतमा चल्नुपर्छ। भारतवर्ष जुन स्वर्ग थियो त्यो अहिले नर्क छ। त्यसलाई फेरि स्वर्ग बनाउनुछ। यो पनि अहिले थाहा भएको छ। सत्ययुगमा यी पवित्र राजाहरूको राज्य थियो। धेरै सुखी थिए, फेरि अपवित्र राजाहरू पनि बन्छन्, ईश्वर अर्थ दानपुण्य गर्नाले उनीहरूलाई पनि तागत मिल्छ। अहिले त छ नै प्रजाको राज्य। तर यिनले कुनै भारतवर्षको सेवा गर्नसक्दैनन्। दुनियाँको सेवा त एक बेहदका बाबाले मात्रै गर्नुहुन्छ। अब बाबा बच्चाहरूलाई भन्नुहुन्छ– मीठे बच्चे! अब मेरो साथमा मदतगार बन। कति प्यारले सम्झाउनुहुन्छ। देहीअभिमानी बच्चाहरूले नै बुझ्दछन्। देह अभिमानीले के मदत गर्न सक्छन् किनकि मायाको जन्जीरमा फसेका छन्। अहिले बाबाले निर्देशन दिनुभएको छ– सबैलाई मायाको जन्जीरबाट, गुरुहरूको जन्जीरबाट छुटाऊ। तिम्रो धन्दा नै यो हो। बाबा भन्नुहुन्छ– मेरा जो राम्रो मदतगार बन्छन्, पद पनि उनीहरूले नै पाउँछन्। बाबा स्वयं सम्मुख भन्नुहुन्छ– म जो हुँ, जस्तो हुँ साधारण हुनाले मलाई पूरा चिनेका छैनन्। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ– यो जानेका छैनन्। यी लक्ष्मी-नारायण विश्वका मालिक थिए, यो पनि कसैलाई थाहा छैन। अहिले तिमीले बुझेका छौ– कसरी यिनीहरूले राज्य पाए र फेरि कसरी गुमाए। मनुष्यको त बिलकुलै तुच्छ बुद्धि छ। अहिले बाबा आउनुभएको छ सबैको बुद्धिको ताला खोल्न, पत्थरबुद्धिबाट पारसबुद्धि बनाउन। बाबा भन्नुहुन्छ– अब मदतगार बन। मुसलमानहरूले आफूलाई खुदाई खिदमतगार (ईश्वरीय सेवाधारी) भन्छन् तर उनीहरू त मदतगार बन्दैनन्। ईश्वर आएर जसलाई पावन बनाउनुहुन्छ उनलाई नै भनिन्छ– अब अरूलाई पनि आफूसमान बनाऊ। श्रीमतमा चल। बाबा आउनुभएको छ पावन स्वर्गवासी बनाउन।

तिमी ब्राह्मण बच्चाहरूलाई थाहा छ– यो हो मृत्युलोक। बस्दाबस्दै अचानक मृत्यु भइरहन्छ त्यसैले किन हामीले पहिलादेखि नै मेहनत गरेर बाबाबाट पूरा वर्सा नलिने, आफ्नो भविष्य जीवन नबनाउने। मनुष्यको वानप्रस्थ अवस्था भएपछि मात्र सम्झन्छन्– अब भक्तिमा लागौं। जबसम्म वानप्रस्थ अवस्था हुँदैन तबसम्म धेरै धन कमाउँछन्। अहिले तिमीहरू सबैको त हो वानप्रस्थ अवस्था। त्यसैले किन बाबाको मदतगार नबन्ने। दिलसँग सोध्नुपर्छ म बाबाको मदतगार बनेको छु? सेवाधारी बच्चाहरू त प्रसिद्ध छन्। राम्रो मेहनत गर्छन्। योगमा रहनाले नै सेवा गर्नसक्छन्। यादको तागतबाट नै सारा दुनियाँलाई पवित्र बनाउनुछ। सारा विश्वलाई पावन बनाउन तिमी निमित्त बनेका छौ। तिम्रो लागि फेरि पवित्र दुनियाँ पनि अवश्य चाहिन्छ, त्यसैले पतित दुनियाँको विनाश हुनुछ। अब सबैलाई यो बताउँदै जाऊ– देह अभिमान छोडौं। एक बाबालाई नै याद गरौं। उहाँ नै पतित-पावन हुनुहुन्छ। याद पनि सबैले उहाँलाई नै गर्छन्। साधुसन्त आदि सबैले औँलाले माथि इसारा गर्छन्– परमात्मा एक हुनुहुन्छ। उहाँले नै सबैलाई सुख दिनुहुन्छ। ईश्वर अथवा परमात्मा भन्छन् तर उहाँलाई कसैले पनि चिनेका छैनन्। कसैले गणेशलाई, कसैले हनुमानलाई, कसैले आफ्नै गुरुलाई याद गरिरहन्छन्। अब तिमीलाई थाहा छ– त्यो सबै हो भक्तिमार्ग। भक्तिमार्ग पनि आधा कल्प चल्छ। ठुला ठुला ऋषिमुनि सबैले नेति नेति भन्दै आएका छन्। रचयिता र रचनालाई हामीले जान्दैनौं। बाबा भन्नुहुन्छ– ती त्रिकालदर्शी त होइनन्। बीजरूप, ज्ञानका सागर त एउटै हुनुहुन्छ। उहाँ आउनु पनि हुन्छ भारतवर्षमा। शिवजयन्ती पनि मनाउँछन् र गीताजयन्ती पनि मनाउँछन्। त्यसैले श्रीकृष्णलाई याद गर्छन्। शिवलाई त चिनेका छैनन्। शिवबाबा भन्नुहुन्छ– पतित-पावन, ज्ञानको सागर त म हुँ। श्रीकृष्णको लागि त भन्न सकिँदैन। गीताका भगवान को हुनुहुन्छ? यो चित्र धेरै राम्रो छ। बाबाले यी चित्र आदि सबै बनाउन लगाउनुहुन्छ, बच्चाहरूको कल्याणको लागि। शिवबाबाको महिमा त पूरा लेख्नुपर्छ। सारा यसैमा आधारित छ। माथिबाट जति पनि आउँछन् ती पवित्र नै हुन्छन्। पवित्र नबनी कोही पनि जानसक्दैनन्। मुख्य कुरा हो पवित्र बन्ने। त्यो हो नै पवित्रधाम, जहाँ सबै आत्माहरू रहन्छन्। यहाँ तिमी पार्ट खेल्दा-खेल्दा पतित बनेका छौ। जो सबैभन्दा धेरै पावन थिए तिनै फेरि पतित बनेका छन्। देवी-देवता धर्मको नामनिसान नै लोप भएको छ। देवता धर्मको नाम परिवर्तन गरेर हिन्दु धर्म राखिएको छ। तिमीले नै स्वर्गको राज्य लिन्छौ र फेरि गुमाउँछौ। यो हार र जितको खेल हो। मायासँग हारे हार हुन्छ, मायासँग जिते जित हुन्छ। मनुष्यले त कति खर्च गरेर रावणको यति ठुलो चित्र बनाउँछन् फेरि एकै दिनमा खतम गरिदिन्छन्। दुस्मन हो नि। यो त गुडियाको खेल भयो। शिवबाबाको पनि चित्र बनाएर पूजा गरेर फेरि फोरिदिन्छन्। देवीका चित्र पनि त्यस्तै बनाएर फेरि लगेर डुबाउँछन्। केही पनि बुझ्दैनन्। अब तिमी बच्चाहरूले बेहदको इतिहास-भूगोललाई जानेका छौ– यो दुनियाँको चक्र कसरी घुम्छ। सत्ययुग-त्रेताको बारेमा कसैलाई पनि थाहा छैन। देवताहरूका चित्र पनि निन्दा हुने खालका बनाइदिएका छन्।

बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! विश्वको मालिक बन्नको लागि बाबाले तिमीलाई जुन परहेज बताउनुभएको छ त्यसको परहेज गर, यादमा रहेर भोजन बनाऊ, योगमा रहेर खाऊ। बाबा स्वयं भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी फेरि विश्वको मालिक बन्छौ। बाबा पनि फेरि आउनुभएको छ। अब पूरा विश्वको मालिक बन्नुछ। माता-पितालाई अनुसरण गर। केवल पिताको त हुनसक्दैन। संन्यासीहरूले त भन्छन् हामी सबै पिता हौं। आत्मा नै परमात्मा हो, त्यो त गलत हुन जान्छ। यहाँ माता-पिता दुवैले पुरुषार्थ गर्छन्। माता-पितालाई अनुसरण गर, यी शब्द पनि यहाँका हुन्। अहिले तिमीलाई थाहा छ– जो विश्वका मालिक थिए, पवित्र थिए, अब ती अपवित्र छन्। फेरि पवित्र बनिरहेका छन्। हामीले पनि उहाँको श्रीमतमा चलेर यो पद प्राप्त गर्छौं। उहाँले यिनीद्वारा निर्देशन दिनुहुन्छ, त्यसमा चल्नुछ, अनुसरण गर्दैनन् भने केवल बाबा बाबा भनेर मुख मीठो पार्छन्। अनुसरण गर्नेलाई नै सपुत बच्चा भनिन्छ नि। जानेका छौ– माता-पितालाई अनुसरण गर्नाले नै हामीले राज्य भाग्यमा प्राप्त गर्छौं। यो समझको कुरा हो। बाबाले केवल भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। अरू जसलाई पनि यो सम्झाऊ– हामी कसरी ८४ जन्म लिँदै लिँदै अपवित्र बनेका हौं। अब फेरि पवित्र बन्नुछ। जति याद गर्छौं त्यति पवित्र हुँदै जान्छौं। धेरै याद गर्ने नै नयाँ दुनियाँमा सबैभन्दा पहिला आउँछ। फेरि अरूलाई पनि आफूसमान बनाउनुछ। प्रदर्शनीमा सम्झाउनको लागि बाबा-मम्मा जान सक्नुहुन्न। बाहिरबाट कुनै ठुला व्यक्ति आउँदै छन् भने को आएका रहेछन् भनेर उनलाई हेर्नका लागि कति मनुष्यहरू जान्छन्। यहाँ त कति गुप्त छ। बाबा भन्नुहुन्छ– म यस ब्रह्मा तनद्वारा बोल्छु, म नै यस बच्चाको जिम्मेवार छु। तिमीले सदा सम्झ शिवबाबा बोल्नुहुन्छ, उहाँले पढाउनुहुन्छ। तिमीले त शिवबाबालाई नै देख्नुछ, यिनलाई देख्नुछैन। आफूलाई आत्मा सम्झ र परमात्मा बाबालाई याद गर। हामी आत्मा हौं। आत्मामा नै सारा पार्ट भरिएको छ। यो ज्ञानको बुद्धिमा चक्कर लगाउनुपर्छ। केवल दुनियाँका कुरा नै बुद्धिमा भयो भने मानौं केही पनि बुझेको छैन। बिलकुलै नीच छ। तर यस्ता यस्ताको पनि कल्याण त गर्नु नै छ। स्वर्गमा त जान्छन् तर उच्च पद पाउँदैनन्। सजाय खाएर जान्छन्। उच्च पद कसरी पाउँछन्, त्यो त बाबाले सम्झाउनुभएको छ। एक त स्वदर्शन चक्रधारी बन अनि बनाऊ। योगी पनि पक्का बन र बनाऊ। बाबा भन्नुहुन्छ– मलाई याद गर। तिमीले फेरि भन्छौ बाबा हामीले भुल्छौं। लाज लाग्दैन! धेरै छन् जसले सत्य बताउँदैनन्, धेरै भुल्छन्। बाबाले सम्झाउनुभएको छ– जो कोही आए पनि उनलाई बाबाको परिचय देऊ। अब ८४ को चक्र पूरा हुन्छ, फर्केर जानुछ। राम गयो, रावण गयो.... यसको अर्थ पनि कति सहज छ। अवश्य सङ्गमयुग हुनुपर्छ जब कि रामका र रावणका परिवार छन्। यो पनि जानेका छौ– सबै विनाश हुन्छ, बाँकी थोरै रहन्छन्। कसरी तिमीलाई राज्य मिल्छ, त्यो पनि अलि पछि गएर सबै कुरा थाहा हुन्छ। सुरुदेखि नै सबै बताउनुहुन्न नि। फेरि त्यो त खेल हुनसक्दैन। तिमीले साक्षी भएर हेर्नुछ। साक्षात्कार हुँदै जान्छ। यस ८४ को चक्रलाई दुनियाँमा कसैले जानेका छैनन्।

अहिले तिमी बच्चाहरूको बुद्धिमा छ हामी फर्केर जान्छौं। रावण राज्यबाट अब छुट्टी मिल्छ। फेरि आफ्नो राजधानीमा आउने छौं। बाँकी थोरै दिन छन्। यो चक्र घुमिरहन्छ। कति पटक यो चक्कर लगाइएको छ, अब बाबा भन्नुहुन्छ– जुन कर्म बन्धनमा फसेका छौ त्यसलाई भुल। गृहस्थ व्यवहारमा रहेर पनि भुल्दै जाऊ। अब नाटक पूरा हुन्छ, आफ्नो घर जानुछ। यस महाभारत लडाइँपछि नै स्वर्गका ढोका खुल्छन्। त्यसैले बाबाले भन्नुभएको छ– यो नाम धेरै राम्रो छ गेट वे टु हेविन (स्वर्ग जाने ढोका)। कसैले भन्छन्– लडाइँ त हुँदै आएका छन्। भन, मूसलको लडाइँ कहिल्यै भएको छ? यो मिसाइलहरूको अन्तिम लडाइँ हो। ५००० वर्ष पहिला पनि जब लडाइँ भएको थियो तब यो यज्ञ पनि रचिएको थियो। यस पुरानो दुनियाँको अब विनाश हुनुछ। नयाँ राजधानीको स्थापना भइरहेको छ।

तिमीले यो रूहानी पढाइ पढ्छौ राज्य भाग्यको लागि। तिम्रो धन्दा हो रूहानी। जिस्मानी विद्या त काममा आउँदैन, शास्त्र पनि काममा आउँदैनन् त्यसैले किन यस धन्दामा लाग्दैनौ। बाबाले त विश्वको मालिक बनाउनुहुन्छ। विचार गर्नुपर्छ– कुनचाहिँ पढाइमा लागौं। उनीहरूले त केही डिग्रीको लागि पढ्छन्। तिमीले त पढ्छौ राज्य भाग्यको लागि। कति दिन-रातको फरक छ। त्यो पढाइ पढ्नाले चना पनि मिल्छ वा मिल्दैन, थाहा छैन। कसैको शरीर छुट्यो भने चना पनि गयो। यो कमाइ त साथमा जान्छ। मृत्यु त शिरमा खडा छ। पहिला हामीले आफ्नो पूरा कमाइ गरौं। यो कमाइ गर्दा गर्दा दुनियाँ नै विनाश हुनुछ। तिम्रो पढाइ पूरा भएपछि नै विनाश हुन्छ। तिमीलाई थाहा छ– जति पनि मनुष्य मात्र छन्, उनको मुठीमा छ चना। त्यसलाई बाँदरले जस्तै समातेर बसेका छन्। अहिले तिमीले रत्न लिइरहेका छौ। यी चनासँग ममत्व छोड। जब राम्ररी सम्झन्छन् तब चनाको मुठीलाई छोड्छन्। यो त सबै खतम हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) रूहानी पढाइ पढ्नु र पढाउनुछ। अविनाशी ज्ञान रत्नबाट आफ्नो मुठी भर्नुछ। चनाको पछि समय गुमाउनुछैन।

२) अब नाटक पूरा हुन्छ, त्यसैले स्वयंलाई कर्म बन्धनहरूबाट मुक्त गर्नुछ। स्वदर्शन चक्रधारी बन्नु र बनाउनुछ। माता-पितालाई अनुसरण गरेर राज्य भाग्य पदको अधिकारी बन्नुछ।

वरदान:–
सङ्ल्पलाई पनि चेक गरेर व्यर्थको खातालाई समाप्त गर्ने श्रेष्ठ सेवाधारी भव

श्रेष्ठ सेवाधारी ऊ नै हो, जसको हर सङ्कल्प पावरफुल हुन्छ। एक सङ्कल्प पनि कहीँ पनि व्यर्थ नजाओस्। किनकि सेवाधारी अर्थात् विश्व रङ्गमञ्चमा अभिनय गर्ने आत्मा। सारा विश्वले तिम्रो नक्कल गर्छ, तिमीले एक सङ्कल्प मात्र पनि व्यर्थ गुमायौ भने केवल आफूले मात्र व्यर्थ गुमाएनौ तर सारा विश्वका लागि व्यर्थ गुमाउने निमित्त बन्छौ। त्यसैले अब व्यर्थको खातालाई समाप्त गरेर श्रेष्ठ सेवाधारी बन।

स्लोगन:–
सेवाको वायुमण्डलको साथसाथै वेहदको वैराग्य वृत्तिको वायुमण्डल बनाऊ।