23.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– अब नाटक पूरा हुन्छ , फर्केर घर जानुछ , कलियुगको अन्त्यपछि फेरि सत्ययुग दोहोरिन्छ , यो रहस्य सबैलाई सम्झाऊ।”

प्रश्न:–
आत्मा पार्ट खेल्दा खेल्दा थाकिसकेको छ, थकाइको मुख्य कारण के हो?

उत्तर:–
धेरै भक्ति गर्यो, अनेकौं मन्दिरहरू बनायो, पैसा खर्च गर्यो, धक्का खाँदा खाँदा सतोप्रधान आत्मा तमोप्रधान बन्यो। तमोप्रधान हुनाले नै दु:खी भएको छ। कुनै कुराबाट कोही दु:खी भयो भने थकाइ लाग्छ। अहिले बाबा आउनुभएको छ सबै थकाइ मेटाउन।

ओम् शान्ति ।
रूहानी बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– उहाँको नाम के हो? शिव। यहाँ जो बसेका छन् उनलाई राम्रोसँग याद हुनुपर्छ। यस ड्रामामा जुन सबैको पार्ट छ, त्यो अब पूरा हुन्छ। नाटक पूरा हुन थालेपछि सबै कलाकारहरूले बुझ्दछन्– अब हाम्रो पार्ट पूरा हुन्छ। अब घर जानुछ। तिमी बच्चाहरूलाई पनि बाबाले अहिले समझ दिनुभएको छ, यो समझ अरू कसैमा छैन। अहिले बाबाले तिमीलाई समझदार बनाउनुभएको छ। प्यारा बच्चाहरू! अब नाटक पूरा हुन्छ, अब चक्र फेरि सुरुबाट दोहोरिन्छ। नयाँ दुनियाँमा सत्ययुग थियो। अहिले पुरानो दुनियाँमा यो कलियुगको अन्त्य हो। यी कुरा तिमीले मात्रै बुझेका छौ, जोसँग बाबा मिल्नुभएको छ। जो नयाँ आउँछन् उनीहरूलाई पनि यो सम्झाउनुछ– अब नाटक पूरा हुँदैछ, कलियुगको अन्त्यपछि फेरि सत्ययुग दोहोरिनुछ। यतिका जति पनि छन् उनीहरूलाई आफ्नो घर फर्केर जानुछ। अब नाटक पूरा हुन्छ, यस भनाइबाट मनुष्यले सम्झन्छन्– प्रलय हुन्छ। अहिले तिमीलाई थाहा छ– पुरानो दुनियाँको विनाश कसरी हुन्छ। भारतखण्ड त अविनाशीखण्ड हो, बाबा पनि यहाँ नै आउनुहुन्छ। बाँकी अरू सबैखण्डहरू खलास हुन्छन्। यो ख्याल अरू कसैको बुद्धिमा आउनसक्दैन। बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– अब नाटक पूरा हुन्छ फेरि दोहोरिनुछ। पहिला नाटकको नाम पनि तिम्रो बुद्धिमा थिएन। केवल भन्थ्यौ मात्रै, यो सृष्टि नाटक हो, जसमा हामी कलाकार हौं। पहिला म भन्दा शरीरलाई सम्झन्थ्यौं। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। अब हामी फर्केर घर जानुछ। त्यो हो प्यारो घर। त्यस निराकारी दुनियाँमा हामी आत्माहरू रहन्छौं। यो ज्ञान कुनै पनि मनुष्य मात्रमा छैन। अहिले तिमी सङ्गममा छौ। जानेका छौ– अब हामी फर्केर जानुछ। पुरानो दुनियाँ खतम भएपछि भक्ति पनि खतम हुन्छ। सबैभन्दा पहिला को आउँछन्, कसरी यी धर्महरू नम्बरवार आउँछन्, यी कुरा कुनै शास्त्रमा छैनन्। बाबाले यो नयाँ कुरा सम्झाउनुहुन्छ। यो कुरा अरू कसैले सम्झाउन सक्दैन। बाबाले पनि एकैपटक आएर सम्झाउनुहुन्छ। ज्ञान सागर बाबा आउनुहुन्छ नै एकपटक जब कि नयाँ दुनियाँको स्थापना, पुरानो दुनियाँको विनाश गर्नुपर्ने हुन्छ। बाबाको यादको साथसाथै यो चक्र पनि बुद्धिमा रहनुपर्छ। अब नाटक पूरा हुन्छ, हामी घर जान्छौं। पार्ट खेल्दा खेल्दा हामी थाकिसकेका छौं। पैसा पनि खर्च गर्यौं, भक्ति गर्दा गर्दा हामी सतोप्रधानबाट तमोप्रधान बनेका छौं। दुनियाँ नै पुरानो भएको छ। नाटक पुरानो भन्न मिल्छ र? मिल्दैन। नाटक त कहिल्यै पुरानो हुँदैन। नाटक त सधैं नयाँ हुन्छ। यो चलिरहन्छ। बाँकी दुनियाँ पुरानो हुन्छ, हामी कलाकारहरू तमोप्रधान दु:खी हुन्छौं, थाक्छौं। सत्ययुगमा कहाँ थाक्छौं र। कुनै कुरामा थाक्ने वा दु:खी हुने कुरा छैन। यहाँ त अनेक प्रकारको दु:ख देख्नुपर्छ। तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ खतम हुनुछ। सम्बन्धी आदि केही पनि याद आउनुहुँदैन। एक बाबालाई नै याद गर्नुपर्छ, जसबाट विकर्म विनाश हुन्छ, विकर्म विनाश हुने अरू कुनै उपाय छैन। गीतामा पनि मनमनाभव शब्द छ। तर अर्थ कसैले बुझ्नसक्दैनन्। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि वर्सालाई याद गर। तिमी विश्वका वारिस अर्थात् मालिक थियौ। अहिले तिमी विश्वका वारिस बनिरहेका छौ। त्यसैले कति खुसी हुनुपर्छ। अहिले तिमी कौडीबाट हीरासमान बनिरहेका छौ। यहाँ तिमी आएका छौ नै बाबाबाट वर्सा लिन।

तिमीलाई थाहा छ– कला कम भएपछि फूलहरूको बगैँचा ओइलाउँछ। अहिले तिमी फूलको बगैँचा बन्छौ। सत्ययुग बगैँचा हुँदा कस्तो सुन्दर हुन्छ फेरि बिस्तारै बिस्तारै कला कम हुँदै जान्छ। दुई कला कम भयो, बगैँचा ओइलायो। अहिले त काँडाको जङ्गल बनेको छ। अहिले तिमीलाई थाहा छ– दुनियाँलाई केही पनि थाहा छैन। यो ज्ञान तिमीलाई मिलिरहेको छ। यो ज्ञान हो नै नयाँ दुनियाँको लागि। नयाँ दुनियाँको स्थापना हुन्छ। स्थापना गर्नेवाला बाबा हुनुहुन्छ। सृष्टिका रचयिता बाबा हुनुहुन्छ। याद पनि बाबालाई नै गर्छन्– आएर स्वर्ग रच्नुहोस्, सुखधाम रच्नुहोस् त्यसैले अवश्य दु:खधामको विनाश हुन्छ नि। बाबाले दिनदिनै सम्झाइरहनुहुन्छ, त्यसलाई धारण गरेर फेरि सम्झाउनुछ। पहिला त मुख्य कुरा सम्झाउनुछ– हाम्रा बाबा को हुनुहुन्छ, जसबाट स्वर्ग पाउनुछ। भक्तिमार्गमा पनि हाम्रो दु:ख हर्नुहोस्, सुख दिनुहोस् भनेर परम पितालाई याद गर्छन्। त्यसैले तिमी बच्चाहरूको बुद्धिमा पनि स्मृति हुनुपर्छ। विद्यालयमा विद्यार्थीको बुद्धिमा ज्ञान हुन्छ, न कि घरबार। विद्यार्थी जीवनमा कामकाजको कुरा हुँदैन। पढाइ नै याद हुन्छ। यहाँ त कर्म गर्दा, गृहस्थ व्यवहारमा रहँदा, बाबा भन्नुहुन्छ– फेरि यो पढाइ पढ। यस्तो भन्नुहुन्न, संन्यासीहरूले जस्तै घरबार छोड। यो हो नै राजयोग। यो प्रवृत्ति मार्ग हो। संन्यासीहरूलाई पनि तिमीले भन्नसक्छौ– तपाईहरूको त हठयोग हो। तपाईले घरबार छोड्नुहुन्छ, यहाँ त्यो कुरा छैन। यो दुनियाँ नै कस्तो फोहोर छ। के के भएको छ! गरिबहरू कसरी रहन्छन्। देख्दा नै वैराग्य आउँछ। बाहिरबाट जो दर्शक आदि आउँछन् उनीहरूलाई त राम्रा राम्रा ठाउँ देखाउँछन्, गरिब आदि कस्तो फोहोरमा बस्छन् त्यो कहाँ देखाउँछन् र। यो त हो नै नर्क तर त्यसमा पनि फरक त धेरै छ नि। धनी मानिसहरू कहाँ रहन्छन्, गरिब कहाँ रहन्छन्, कर्मको हिसाब छ नि। सत्ययुगमा यस्तो फोहोर हुनसक्दैन। त्यहाँ पनि फरक त हुन्छ नि। कसैले सुनको महल बनाउँछन्, कसैले चाँदीको, कसैले इँटाको। यहाँ त कतिखण्ड छन्। एक युरोपखण्ड नै कति ठुलो छ। त्यहाँ त केवल हामी नै हुन्छौं। यति मात्र पनि बुद्धिमा रह्यो भने हर्षितमुख अवस्था हुन्छ। विद्यार्थीको बुद्धिमा पढाइ मात्र याद रहन्छ– बाबा र वर्सा। यो त सम्झाइएको छ– समय बाँकी थोरै छ। उनीहरूले त भनिदिन्छन् लाखौं हजारौं वर्ष। यहाँ त कुरा नै ५ हजार वर्षको छ। तिमी बच्चाहरूले बुझ्नसक्छौ– अहिले हाम्रो राजधानीको स्थापना भइरहेको छ। बाँकी सारा दुनियाँ खतम हुनुछ। यो पढाइ हो नि। बुद्धिमा यो याद रहोस्– हामी विद्यार्थी हौं, हामीलाई भगवानले पढाउनुहुन्छ। यति मात्र याद रहे पनि कति खुसी हुन्छ। यो किन भुलिन्छ! माया धेरै प्रबल छ, त्यसले भुलाइदिन्छ। स्कुलमा सबै विद्यार्थीहरूले पढिरहेका छन्। सबैले जानेका छौ– हामीलाई भगवानले पढाउनुहुन्छ, त्यहाँ त अनेक प्रकारका विद्या पढाइन्छ। अनेक टिचर हुन्छन्। यहाँ त एउटै टिचर हुनुहुन्छ, पढाइ एउटै छ। बाँकी सहायक टिचर त अवश्य चाहिन्छ। स्कुल छ एक, बाँकी सबै शाखाहरू छन्, पढाउनेवाला एक बाबा हुनुहुन्छ। बाबा आएर सबैलाई सुख दिनुहुन्छ। तिमीलाई थाहा छ– आधाकल्प हामी सुखी रहन्छौं। यसमा पनि खुसी हुनुपर्छ, शिवबाबाले हामीलाई पढाउनुहुन्छ। शिवबाबाले रचना स्वर्गको नै रच्नुहुन्छ। हामीले स्वर्गको मालिक बन्नको लागि पढ्छौं। भित्र कति खुसी हुनुपर्छ। ती विद्यार्थीहरूले पनि खाँदापिउँदा घरको सबै कामकाज आदि गर्छन्। हो, कोही पढाइमा बढी ध्यान जाओस् भनेर होस्टेलमा रहन्छन्। सेवा गर्नको लागि बच्चीहरू बाहिर रहन्छन्। कस्ता कस्ता मनुष्य आउँछन्। यहाँ त तिमी कति सुरक्षित बसेका छौ। कोही भित्र घुस्नसक्दैन। यहाँ कसैको सङ्गगत छैन। पतितसँग कुरा गर्नुपर्ने आवश्यकता नै छैन। तिमीलाई कसैको मुख देख्नुपर्ने पनि आवश्यकता छैन। फेरि पनि बाहिर रहनेहरू अगाडि जान्छन्। कस्तो अचम्म छ, बाहिर रहनेले कतिलाई पढाएर आफूसमान बनाएर लिएर आउँछन्। बाबाले समाचार सोध्नुहुन्छ– कस्तो बिरामीलाई लिएर आएका छौ, कोही धेरै बिरामी रहेछन् भने उनीहरूलाई ७ दिनको भट्टीमा बसाइन्छ। यहाँ कुनै पनि शूद्रलाई लिएर आउनुहुँदैन। यो मधुवन तिमी ब्राह्मणहरूको एउटा गाउँ जस्तै हो। यहाँ बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– विश्वको मालिक बनाउनुहुन्छ। कुनै शूद्रलाई लिएर आयौ भने उसले भाइब्रेसन बिगार्नेछ। तिमी बच्चाहरूको चालचलन पनि धेरै रोयल हुनपर्छ।

पछि गएर त्यहाँ के के हुन्छ, तिमी बच्चाहरूलाई यसको धेरै साक्षात्कार हुँदै जान्छ।जनावर पनि कति राम्रा राम्रा हुन्छन्। सबै चीजहरू राम्रा हुन्छन्। सत्ययुगको कुनै चीज यहाँ हुनसक्दैन। त्यहाँ फेरि यहाँको चीज हुनसक्दैन। तिम्रो बुद्धिमा छ– हामीले स्वर्गको लागि परीक्षा पास गरिरहेका छौं। जति पढ्छौ र फेरि पढाउने छौ। टिचर बनेर अरूलाई मार्ग बताउँछौ। सबै टिचर हौ। सबैलाई पढाउनुछ। सबैभन्दा पहिला त बाबाको परिचय दिएर बताउनुछ– बाबाबाट यो वर्सा मिल्छ। गीता बाबाले सुनाउनुभएको हो। श्रीकृष्णले बाबाबाट सुनेर यो पद पाएका हुन्। प्रजापिता ब्रह्मा छन् भने ब्राह्मण पनि यहाँ हुनुपर्छ। ब्रह्माले पनि शिवबाबाबाट पढिरहन्छन्। तिमीले अहिले विष्णुपुरीमा जानको लागि पढ्छौ। यो तिम्रो अलौकिक घर हो। लौकिक, पारलौकिक र फेरि अलौकिक। नयाँ कुरा छ नि। भक्तिमार्गमा कहिल्यै ब्रह्मालाई याद गर्दैनन्। ब्रह्माबाबा भन्न कसैलाई आउँदैन। दु:खबाट छुटाउनुहोस् भनेर शिवबाबालाई याद गर्छन्।उहाँ हुनुहुन्छ पारलौकिक बाबा, यी हुन् अलौकिक बाबा। यिनलाई तिमी सूक्ष्मवतनमा पनि देख्छौ। फेरि यहाँ पनि देख्छौ। लौकिक पिता त यहाँ देखिन्छन्, पारलौकिक पिता त परलोकमा नै देख्नसक्छौ। फेरि यी हुन् अलौकिक वण्डरफुल बाबा। यी अलौकिक बाबालाई चिन्नमा नै अलमलिन्छन्। शिवबाबाको लागि त भन्छन् निराकार हुनुहुन्छ। तिमीले भन्छौ उहाँ विन्दु हुनुहुन्छ। उनीहरूले त अखण्ड ज्योति वा ब्रह्म भनिदिन्छन्। अनेक मत छन्। तिम्रो त एउटै मत छ। एकद्वारा बाबाले मत दिन सुरु गर्नुभयो फेरि कति वृद्धि हुन्छ। त्यसैले तिमी बच्चाहरूको बुद्धिमा यो रहनुपर्छ– हामीलाई शिवबाबाले पढाइरहनुभएको छ। पतितबाट पावन बनाइरहनुभएको छ। रावण राज्यमा अवश्य पतित तमोप्रधान बन्नु नै छ। नाम नै छ पतित दुनियाँ। सबै दु:खी पनि छन् त्यसैले त बाबालाई याद गर्छन्– बाबा हाम्रो दु:ख हटाएर हामीलाई सुख दिनुहोस्! सबै बच्चाहरूको बाबा एउटै हुनुहुन्छ। उहाँले त सबैलाई सुख दिनुहुन्छ नि। नयाँ दुनियाँमा त सुख नै सुख हुन्छ। बाँकी सबै शान्तिधाममा रहन्छन्। यो बुद्धिमा रहनुपर्छ– अहिले हामी शान्तिधाम जान्छौं। जति नजिक आउँदै जान्छौ आजको दुनियाँ के छ, भोलिको दुनियाँ कस्तो हुन्छ, सबै देख्दै जान्छौ। स्वर्गको बादसाही नजिकै देख्दै जान्छौ। त्यसैले बच्चाहरूलाई मुख्य कुरा सम्झाउनुहुन्छ– बुद्धिमा यो याद रहोस्– हामी स्कुलमा बसेका छौं। हामीलाई पढाउन शिवबाबाको यस रथमा सवारी भएको छ। यी भागीरथ हुन्। बाबा अवश्य पनि एकपल्ट नै आउनुहुन्छ। भागीरथको नाम के हो? यो पनि कसैलाई थाहा छैन।

यहाँ तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ त्यसैले बुद्धिमा याद रहोस्– बाबा आउनुभएको छ, हामीलाई सृष्टि चक्रको रहस्य बताइरहनुभएको छ। अब नाटक पूरा हुन्छ, अब हामीलाई जानुछ। यो बुद्धिमा राख्न कति सहज छ तर यति पनि याद गर्नसक्दैनन्। अब चक्र पूरा हुन्छ, अब हामीलाई जानुछ फेरि नयाँ दुनियाँमा आएर पार्ट खेल्नुछ, फेरि हामी पछि फलाना फलान आउनेछौं। तिमीलाई थाहा छ– यो सारा चक्र कसरी फिर्छ। दुनियाँको वृद्धि कसरी हुन्छ। नयाँबाट पुरानो फेरि पुरानोबाट नयाँ हुन्छ। विनाशको लागि तयारी पनि देखिरहेका छौ। प्राकृतिक प्रकोप पनि हुनुछ। यतिका बमहरू बनाएर राखेका छन् भने काममा त आउँछ नि। बमबाट नै यति काम हुन्छ जसबाट फेरि मनुष्यहरूलाई लडाइँको आवश्यकता हुनेछैन। फेरि सेनालाई छोड्दै जानेछन्। बम खसाल्दै जानेछन्। फेरि यतिका मनुष्यहरू नोकरीबाट छुटे भने भोकले मर्छन् नि। यो सबै हुनु नै छ। फेरि सिपाही आदिले के गर्न सक्छन्। भूकम्प गइरहन्छ, बम गिरिरहन्छन्। एक-अर्कालाई मारिरहन्छन्। अनाहकमा रगतको खेल त हुनु नै छ। यहाँ आएर बस्दा यी कुरामा रमण गर्नुपर्छ। शान्तिधाम, सुखधामलाई याद गर्दै जाऊ। आफ्नै दिलसँग सोध– मलाई के याद आउँछ? यदि बाबाको याद छैन भने अवश्य बुद्धि कतै भट्किन्छ। विकर्म पनि विनाश हुनेछैन, पद पनि सानो हुन्छ। ठीक छ, बाबाको याद टिकेन भने चक्रको स्मरण गरे पनि खुसी हुन्छ। तर श्रीमतमा चल्दैनौ, सेवा गर्दैनौ भने बापदादाको दिलमा पनि चढ्नसक्दैनौ। सेवा गर्दैनौ भने धेरैलाई दु:खी बनाइरहन्छौ। कसैले त धेरैलाई आफूसमान बनाएर बाबाको पासमा लिएर आउँछन्। बाबा यो देखेर खुसी हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदा हर्षित रहनको लागि बुद्धिमा पढाइको र पढाउनेवाला बाबाको याद रहोस्। खाँदापिउँदा सबै काम गर्दा पढाइमा पूरा ध्यान दिनुछ।

२) बापदादाको दिलमा चढ्नको लागि श्रीमतमा धेरैलाई आफूसमान बनाउने सेवा गर्नुछ। कसैलाई पनि दु:खी बनाउनुछैन।

वरदान:–
अशरीरीपनको इन्जेक्सनद्वारा मनलाई कन्ट्रोल गर्ने एकाग्रचित्त भव

जसरी आजकाल यदि कोही कन्ट्रोलमा आएन, धेरै दु:ख दियो, अनियन्त्रित भयो वा पागल भयो भने उसलाई शान्त होस् भनेर इन्जेक्सन लगाइदिन्छन्। त्यसैगरी यदि सङ्कल्प शक्ति तिम्रो कन्ट्रोलमा आएन भने अशरीरीपनको इन्जेक्सन लगाइदेऊ। फेरि सङ्कल्प शक्ति अनियन्त्रिन हुँदैन। सहजै एकाग्रचित्त हुनेछ। तर बुद्धिको लगाम बाबालाई दिएर फिर्ता लियौ भने मनले व्यर्थ मेहनतमा फसाइदिन्छ। अब व्यर्थको मेहनतबाट छुट।

स्लोगन:–
आफ्नो पूर्वज स्वरूपलाई स्मृतिमा राखेर सर्व आत्माहरूमाथि दया गर।