24.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– वैजयन्ती मालामा आउनको लागि निरन्तर बाबालाई याद गर , आफ्नो समय खेर नफाल , पढाइमा पूरा पूरा ध्यान देऊ।”

प्रश्न:–
बाबाले आफ्ना बच्चाहरूसँग कुनचाहिँ एक अनुरोध गर्नुहुन्छ?

उत्तर:–
प्यारा बच्चाहरू! बाबाले अनुरोध गर्नुहुन्छ– राम्रोसँग पढिराख। बाबाको दाह्रीको लाज राख। यस्तो कुनै फोहोरी काम नगर जसबाट बाबाको नाम बदनाम हुन्छ। सत बाबा, सत शिक्षक, सद्गुरुको कहिल्यै निन्दा नगराऊ। प्रतिज्ञा गर– जबसम्म पढाइ हुन्छ, तबसम्म पवित्र अवश्य रहन्छौं।

गीत:–
तुम्हें पाके हमने जहाँ पा लिया है....

ओम् शान्ति ।
यो कसले भनेका हुन्– हामीले हजुरलाई पाएर सारा दुनियाँको राज्य पाउँछौं? अहिले तिमी विद्यार्थी पनि हौ भने बच्चाहरू पनि हौ। तिमीलाई थाहा छ– बेहदका बाबा हामी बच्चाहरूलाई विश्वको मालिक बनाउनको लागि आउनुभएको छ। हामी उहाँको सामुन्ने बसेका छौं र हामीले राजयोग सिकिरहेका छौं अर्थात् विश्वको क्राउन प्रिन्स-प्रिन्सेस बन्न तिमी यहाँ पढ्न आएका छौ अथवा पढ्छौ। यो त भक्तिमार्गको गीत गायन गरिएको हो। बुद्धिद्वारा बच्चाहरूलाई थाहा छ– हामी विश्वको महाराजा-महारानी बन्छौं। बाबा हुनुहुन्छ ज्ञानका सागर, सुप्रीम रूहानी टिचर, उहाँ बसेर आत्माहरूलाई पढाउनुहुन्छ। आत्माले यी शरीररूपी कर्मेन्द्रियहरूद्वारा जान्दछ– हामी बाबाबाट विश्व क्राउन प्रिन्स-प्रिन्सेस बन्नको लागि पाठशालामा बसेका छौं। यसमा कति नशा हुनुपर्छ। आफ्नो दिलसँग सोध–हामी विद्यार्थीमा यति नशा छ? यो कुनै नयाँ कुरा पनि होइन। हामी कल्प कल्प विश्वको क्राउन प्रिन्स र प्रिन्सेस बन्नको लागि बाबाको पासमा आएका छौं। जुन बाबा, बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। बाबाले सोध्नुभयो भने सबैले भन्छन्– हामी त सूर्यवंशी क्राउन प्रिन्स-प्रिन्सेस वा लक्ष्मी-नारायण बन्छौं। आफ्नो दिलसँग सोध्नुपर्छ– हामीले यस्तो पुरुषार्थ गरेका छौं? बेहदका बाबा जो स्वर्गको वर्सा दिन आउनुभएको छ, उहाँ हाम्रा बाबा-टिचर-गुरु पनि हुनुहुन्छ त्यसैले अवश्य वर्सा पनि यति उच्च भन्दा उच्च दिनुहुन्छ। हेर्नुपर्छ, हामीलाई यति खुसी छ– हामीले आज पढ्छौं, भोलि क्राउन प्रिन्स बन्छौं? किनकि यो सङ्गम हो नि। अहिले यता वारिबाट उता पारि स्वर्गमा जानको लागि पढ्छौं। त्यहाँ त सर्वगुण सम्पन्न, १६ कला सम्पन्न बनेर नै जान्छौं। हामी यस्ता लायक बनेका छौं– आफैसँग सोध्नुपर्ने हुन्छ। एक नारद भक्तको कुरा होइन। तिमीहरू सबै भक्त थियौ, अब बाबाले भक्तिबाट छुटाउनुहुन्छ। तिमीलाई थाहा छ– हामी बाबाका बच्चा बनेका हौं उहाँबाट वर्सा लिन, विश्वको क्राउन प्रिन्स बन्न आएका छौं। बाबा भन्नुहुन्छ– ठीक छ, आफ्नो गृहस्थ व्यवहारमा बस। वानप्रस्थ अवस्था हुनेलाई गृहस्थ व्यवहारमा रहनुपर्दैन र कुमार-कुमारीहरू पनि गृहस्थ व्यवहारमा हुँदैनन्। उनीहरूको पनि विद्यार्थी जीवन हुन्छ। ब्रह्मचर्यमा नै पढाइ पढिन्छ। अहिलेको यो पढाइ धेरै उच्च छ, यसमा सदाको लागि पवित्र बन्नुछ। ती त ब्रह्मचर्यमा रहेरै पढेर फेरि विकारमा जान्छन्। यहाँ तिमी ब्रह्मचर्यमा रहेर पूरा पढाइ पढ्छौ। बाबा भन्नुहुन्छ– म पवित्रताको सागर हुँ, तिमीलाई पनि बनाउँछु। तिमीलाई थाहा छ– आधाकल्प हामी पवित्र रहेका थियौं। वास्तवमा बाबासँग प्रतिज्ञा गरेका थियौं– बाबा हामी किन पवित्र बनेर पवित्र दुनियाँको मालिक नबन्ने। बाबा कति महान् हुनुहुन्छ, हुन त साधारण तनमा हुनुहुन्छ, तर आत्मालाई नशा चढ्छ नि। बाबा आउनुभएको छ पवित्र बनाउन। भन्नुहुन्छ– तिमी विकारमा जाँदा जाँदा वेश्यालयमा पुगेका छौ। तिमी सतयुगमा पवित्र थियौ, यी राधा-कृष्ण पवित्र प्रिन्स-प्रिन्सेस हुन् नि। रुद्र माला पनि हेर, विष्णुको माला पनि हेर। रुद्र माला नै विष्णुको माला बन्छ। वैजयन्ती मालामा आउनको लागि बाबाले सम्झाउनुहुन्छ– पहिला त निरन्तर बाबालाई याद गर, आफ्नो समय खेर नफाल। यी कौडीहरूका पछाडि लागेर बाँदर नबन। बाँदरले चना खान्छन्। अहिले तिमीलाई बाबाले रत्न दिइरहनुभएको छ। फेरि कौडीहरू अथवा चनाका पछाडि गयौ भने के हालत होला! रावणको कैदमा जान्छौ। बाबा आएर रावणको कैदबाट छुटाउनुहुन्छ। भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्धहरूबाट बुद्धिद्वारा त्याग गर। आफूलाई आत्मा निश्चय गर। बाबा भन्नुहुन्छ– म कल्प कल्प भारतखण्डमा नै आउँछु। तिमी बच्चाहरूलाई विश्वको क्राउन प्रिन्स-प्रिन्सेस बनाउँछु। कति सहजै पढाउनुहुन्छ। यस्तो पनि भन्नुहुन्न, कुनै ४-८ घण्टा आएर बस। होइन, गृहस्थ व्यवहारमा रहेर आफूलाई आत्मा सम्झेर मलाई याद गर्यौ भने तिमी पतितबाट पावन बन्छौ। विकारमा जानेलाई पतित भनिन्छ। देवताहरू पावन हुन्छन् त्यसैले उनीहरूको महिमा गायन गरिन्छ। बाबा सम्झाउनुहुन्छ– त्यो हो अल्पकाल क्षण भङ्गुरको सुख। संन्यासीहरूले ठीकै भन्छन्– सुख काग विष्टासमान हो। तर उनलाई यो थाहा छैन– देवताहरूलाई कति सुख हुन्छ। नाम नै सुखधाम छ। यो हो दु:खधाम। दुनियाँमा यी कुराको विषयमा कसैलाई पनि थाहा छैन। बाबा नै आएर कल्प कल्प सम्झाउनुहुन्छ– देहीअभिमानी बनाउनुहुन्छ। आफूलाई आत्मा सम्झ। तिमी आत्मा हौ, न कि देह। तिमी देहको मालिक हौ, देह तिम्रो मालिक होइन। ८४ जन्म लिँदा लिँदा अहिले तिमी तमोप्रधान बन्यौ। तिम्रो आत्मा र शरीर दुवै पतित बनेका छन्। देह अभिमानी बनेपछि तिमीबाट पाप भयो। अब तिमी देहीअभिमानी बन्नुछ। मसँग फर्केर घर जानुछ। आत्मा र शरीर दुवैलाई शुद्ध बनाउनको लागि बाबा भन्नुहुन्छ– मनमनाभव। बाबाले तिमीलाई रावणबाट आधाकल्प स्वतन्त्रता दिलाउनुभएको थियो, अहिले फेरि स्वतन्त्रता दिलाइरहनुभएको छ। आधाकल्प तिमीले स्वतन्त्र राज्य गर। त्यहाँ विकारको नाम हुँदैन। अब श्रीमतमा चलेर श्रेष्ठ बन्नुछ। आफैसँग सोध– ममा कहाँसम्म विकार छ? बाबा भन्नुहुन्छ– एक त म एकलाई याद गर अनि कुनै लडाइँ झगडा पनि गर्नुहुँदैन। नत्र तिमी पवित्र कसरी बन्छौ? तिमी यहाँ आएका हौ नै पुरुषार्थ गरेर मालामा उनिन। फेल भयौ भने फेरि मालामा उनिन सक्दैनौ। कल्प कल्पको बादसाही गुमाउने छौ। फेरि अन्त्यमा धेरै पछुताउनु पर्नेछ। त्यस पढाइमा पनि रजिस्टर रहन्छ। लक्ष्यण पनि हेर्छन्। यो पनि पढाइ हो, बिहान उठेर तिमी आफैले नै यो पढाइ पढ। दिनमा त कर्म गर्नु नै छ। फुर्सत मिल्दैन, त्यसैले भक्ति पनि मनुष्यले सबेरै उठेर गर्छन्। यो त हो ज्ञान मार्ग। भक्तिमा पनि पूजा गर्दा गर्दा फेरि बुद्धिमा कोही न कोही देहधारीको याद आउँछ। यहाँ पनि तिमीले बाबालाई याद गर्छौ फेरि धन्दा आदि याद आउँछ। जति बाबाको यादमा रहन्छौं त्यति पाप काटिँदै जान्छ।

तिमी बच्चाहरूले पुरुषार्थ गर्दा गर्दा बिल्कुल पवित्र बनेपछि यो माला बन्छ। पूरा पुरुषार्थ गरेनौ भने प्रजामा जान्छौ। राम्रोसँग योग लगायौ भने, पढ्यौ भने, आफ्नो सबैथोक भविष्यको लागि ट्रान्सफर गरिदिन्छौ अनि त्यसमो सट्टामा भविष्यमा मिल्छ। ईश्वर अर्थ दिए भने अर्को जन्ममा त्यसको रिटर्न मिल्छ नि। अहिले बाबा भन्नुहुन्छ– म डाइरेक्ट आउँछु। अहिले तिमीले जे जति गर्छौ त्यो आफ्नो लागि हो। मनुष्यले दानपुण्य गर्छन् त्यो हो इनडाइरेक्ट। यस समयमा तिमीले बाबालाई धेरै मदत गर्छौ। जानेका छौ– यो पैसा त सबै समाप्त हुनेछ। यो भन्दा राम्रो किन बाबालाई मदद नगरौं। बाबाले राज्य भाग्य कसरी स्थापन गर्नुहुन्छ। न कुनै लस्कर वा सेना आदि छन्, न हतियार आदि छन्। सबथोक छ गुप्त। कन्यालाई कसै कसैले गुप्त दाइजो दिन्छन्। पेटी बन्द गरेर चाबी हातमा दिन्छन्। कसैले धेरै सो गर्छन्, कसैले गुप्त दिन्छन्। बाबा पनि भन्नुहुन्छ– तिमी प्रियतमाहरू हौ, तिमीहरूलाई म विश्वको मालिक बनाउन आएकोछु। तिमीले गुप्त मदद गर्छौ। यो कुरा आत्माले जान्दछ, बाहिरको आडम्बर केही छैन। यो हो नै विकारी पतित दुनियाँ। सृष्टिको वृद्धि हुनु नै छ। आत्माहरूलाई अवश्य आउनुछ। जन्म त अझै धेरै हुन्छन्। भन्छन् पनि यस हिसाबले अनाज पुग्दैन। यो हो नै आसुरी बुद्धि। तिमी बच्चाहरूलाई अब ईश्वरीय बुद्धि मिलेको छ। भगवानले पढाउनुहुन्छ, त्यसैले उहाँको कति आदर गर्नुपर्छ। कति पढ्नुपर्छ। कति बच्चाहरू छन् जसलाई पढाइको सोख हुँदैन। तिमी बच्चाहरूको बुद्धिमा त यो रहनु पर्छ नि– हामी बाबाद्वारा क्राउन प्रिन्स-प्रिन्सेस बनिरहेका छौं। अब बाबा भन्नुहुन्छ– मेरो मतमा चल, बाबालाई याद गर। घरी घरी भन्छन् हामीले बिर्सिन्छौं। विद्यार्थीले हामीले पाठ बिर्सिन्छौं भन्छन् भने टिचरले के गर्ने! याद गर्दैनौ भने विकर्म विनाश हुँदैन। के टिचरले सबैमाथि यो पास होस् भनेर कृपा वा आशीर्बाद दिन्छन् र? यहाँ यो आशीर्बाद कृपाको कुरा छैन। बाबा भन्नुहुन्छ– पढ। ठीकै छ धन्दा आदि गर, तर पढ्नु आवश्यक छ। तमोप्रधानबाट सतोप्रधान बन, अरूलाई पनि मार्ग बताऊ। दिलसँग सोध्नुपर्छ म कति बाबाको सेवामा रहन्छु? कतिलाई आफूसमान बनाएको छु? त्रिमूर्तिको चित्र त सामुन्ने राखिएको छ। यहाँ शिवबाबा हुनुहुन्छ, यी ब्रह्मा हुन्। यस पढाइबाट यो बन्छन्। फेरि ८४ जन्मपछि यो बन्छौं। शिवबाबा ब्रह्मा तनमा प्रवेश गरेर ब्राह्मणहरूलाई यस्ता बनाइरहनुभएको छ। तिमी ब्राह्मण बनेका छौ। अब आफ्नो दिलसँग सोध– म पवित्र बनेको छु? दैवीगुण धारण गरेको छु? पुरानो देहलाई भुलेको छु? यो त पुरानो जुत्ता हो नि। आत्मा पवित्र बनेपछि जुत्ता पनि फस्टक्लास मिल्छ। यो पुरानो चोला छोडेर नयाँ चोला धारण गर्छौ, यो चक्र घुमिरहन्छ। आज पुरानो जुत्तामा छन्, भोलि यी देवता बन्न चाहन्छन्। बाबाद्वारा भविष्य आधाकल्पको लागि विश्वको क्राउन प्रिन्स बन्छन्। हाम्रो त्यस राज्य भाग्यलाई कसैले पनि छिन्नसक्दैन। त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ नि। आफैसँग सोध– मैले कति याद गर्छु? कति स्वदर्शन चक्रधारी बनेको छु र बनाएको छु? जसले गर्छ उसले पाउँछ। बाबाले दिनहुँ पढाउनुहुन्छ। सबैको पासमा मुरली जान्छ। ठीक छ, मुरली दिनहुँ नमिले पनि ७ दिनको कोर्स त मिल्यो नि, बुद्धिमा ज्ञान आयो। सुरुमा त भट्ठी बन्यो फेरि कुनै पक्का, कुनै कच्चा निस्के किनकि मायाको तुफान पनि त आउँछ नि। ६-८ महिना पवित्र बनेर फेरि देह अभिमानमा आएर आफ्नो घात गर्छन्। माया धेरै दुष्ट छ। आधा कल्प मायासँग हार खाएका छन्। अहिले पनि हार खाए भने आफ्नो पद गुमाउँछन्। नम्बरवार पद त धेरै छन् नि। कुनै राजा-रानी, कुनै मन्त्री, कुनै प्रजा, कसैलाई हीरा-जुहारतको महल। प्रजामा पनि कोही धेरै धनवान हुन्छन्। हीरा-जुहारतका महल हुन्छन्, यहाँ पनि हेर प्रजासँग ऋण लिन्छन् नि। त्यसैले प्रजा धनवान भए कि राजा? अन्धेर नगरी.... यो अहिलेको कुरा हो। अब तिमी बच्चाहरूलाई यो निश्चय हुनुपर्छ– हामीले विश्वको क्राउन प्रिन्स बन्नको लागि पढ्छौं। हामी वकिल वा इन्जीनियर बन्छौं, यो कहिल्यै विद्यालयमा बिर्सिन्छन् र! कति त चल्दाचल्दै मायाको तुफान लाग्नाले पढाइ पनि छोडिदिन्छन्।

बाबाले आफ्ना बच्चाहरूसँग एक अनुरोध गर्नुहुन्छ– मीठे बच्चे, राम्रोसँग पढ्यौ भने राम्रो पद पाउँछौ। बाबाको दाह्रीको लाज राख। तिमीले यस्तो कुनै विकारी काम गर्यौ भने नाम बदनाम गरिदिन्छौ। सत बाबा, सत टिचर, सत गुरुको निन्दा गराउनेले उच्च पद पाउनसक्दैन। यस समयमा तिमी हीराजस्तो बन्छौ त्यसैले कहाँ कौडीको पछि लाग्नुपर्छ र। बाबालाई साक्षात्कार भयो अनि तुरुन्तै कौडीहरूलाई छोडिदिए। अरे, २१ जन्मको लागि बादसाही मिल्छ फेरि यो के गर्ने! सबै दिए। हामीले त विश्वको बादसाही लिनुछ। यो पनि जानेका छौ– विनाश हुनुछ। अहिले पढिएन भने टु लेट हुन्छ, पछुताउनुपर्नेछ। बच्चाहरूलाई सबै साक्षात्कार हुन्छ। बाबा भन्नुहुन्छ– तिमीले बोलाउँछौ पनि, हे पतित-पावन आउनुहोस्। अब म तिम्रो लागि पतित दुनियाँमा आएको छु र तिमीलाई पावन बन भन्छु। तिमी फेरि घरी घरी विकारमा गिर्छौ। म त कालहरूको काल हुँ। सबैलाई लैजान्छु। स्वर्गमा जानको लागि बाबा आएर मार्ग बताउनुहुन्छ। यो सृष्टिचक्र कसरी घुम्छ? यसको ज्ञान दिनुहुन्छ। यो हो बेहदको ज्ञान। जसले कल्प पहिला पढेका छन्, उनैले आएर पढ्छन्, यो पनि साक्षात्कार भइरहन्छ। निश्चय हुनुपर्छ– बेहदका बाबा आउनुभएको छ, जुन भगवानसँग मिल्नको लागि यति भक्ति गर्यौ, उहाँ यहाँ आएर पढाइरहनुभएको छ। यस्ता भगवान बाबासँग हामीले मिलन त गरौं। पक्का निश्चय हुन्थ्यो भने त कति उल्लास खुसीसँग दौडेर आएर मिल्नुपर्ने हो। ठगीको कुरा हुँदैन। यस्ता पनि धेरै छन् पवित्र बन्दैनन्, पढ्दैनन्, बस् भन्छन् बाबाको पासमा जाऔं। यत्तिकै घुम्नफिर्न पनि आउँछन्। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी बच्चाहरूले गुप्तमा आफ्नो राजधानी स्थापन गर्नुछ। पवित्र बन्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो राजयोग बाबाले नै सिकाउनुहुन्छ। बाँकी ती त हुन् हठयोगी। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। यो नशा राख– हामी बेहदका बाबासँग विश्वको क्राउन प्रिन्स बन्न आएका छौं फेरि श्रीमतमा चल्नुपर्छ। माया यस्तो छ जसले बुद्धिको योग तोडिदिन्छ। बाबा समर्थ हुनुहुन्छ भने माया पनि समर्थ छ। आधाकल्प हुन्छ रामको राज्य, आधा कल्प हुन्छ रावणको राज्य। यो पनि कसैले जानेका छैनन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सदा नशा रहोस्– हामीले आज पढ्छौं, भोलि क्राउन प्रिन्स-प्रिन्सेस बन्छौं। आफ्नो दिलसँग सोध्नुछ– मैले यस्तो पुरुषार्थ गरेको छु? बाबाको यति आदर छ? पढाइको सोख छ?

२) बाबाको कर्तव्यमा गुप्त मदतगार बन्नुछ। भविष्यको लागि आफ्नो सबैथोक ट्रान्सफर गरिदिनु छ। कौडीहरूको पछाडि समय नगुमाएर हीराजस्तो बन्ने पुरुषार्थ गर्नुछ।

वरदान:–
मन बुद्धिलाई मनमतबाट स्वतन्त्र बनाएर सूक्ष्मवतनको अनुभव गर्ने डबल लाइट भव

केवल सङ्कल्प शक्ति अर्थात् मन-बुद्धिलाई सदा मनमतबाट खाली राख्यौ भने यहाँ रहेर पनि वतनका सबै दृश्य दृश्यहरू यसरी स्पष्ट अनुभव गर्नेछौ, जसरी दुनियाँको कुनै पनि दृश्य स्पष्ट देखिन्छ। यस अनुभूतिको लागि आफूले कुनै पनि बोझ नलेऊ, सबै बोझ बाबालाई दिएर डबल लाइट बन। मन, बुद्धिद्वारा सदा शुद्ध सङ्कल्पको भोजन गर। कहिल्यै पनि व्यर्थ सङ्कल्प वा विकल्पको अशुद्ध भोजन गरेनौ भने हल्का भएर उच्च स्थितिको अनुभव गर्न सक्नेछौ।

स्लोगन:–
व्यर्थलाई फुलस्टप लगाऊ र शुभभावनाको स्टक फुल (भरपुर) गर।