25.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– बाबाको
श्रीमतले तिमीलाई सदा सुखी बनाउँछ , त्यसैले देहधारीहरूको मतलाई छोडेर एक बाबाको
श्रीमतमा चल।”
प्रश्न:–
कुन बच्चाहरूको
बुद्धिको भट्काइ अहिलेसम्म बन्द भएको छैन?
उत्तर:–
जसलाई उच्च
भन्दा उच्च बाबाको मतमा वा ईश्वरीय मतमा भरोसा छैन, उनीहरूको भट्काइ अहिलेसम्म बन्द
भएको छैन। बाबामा पूरा निश्चय नहुनाको कारण दुवैतर्फ खुट्टा राख्छन्। भक्ति, गङ्गा
स्नान आदि पनि गर्छन् र बाबाको मतमा पनि चल्छन्। यस्ता बच्चाहरूको के हालत होला!
श्रीमतमा पूरा चल्दैनन् त्यसैले धक्का खान्छन्।
गीत:–
इस पाप की
दुनियाँ से.....
ओम् शान्ति ।
बच्चाहरूले
भक्तहरूको यो गीत सुन्यौ। अहिले तिमीले यस्तो भन्दैनौ। तिमीलाई थाहा छ– हामीले
उच्चभन्दा उच्च बाबा पाएका छौं, उहाँ नै उच्चभन्दा उच्च हुनुहुन्छ। बाँकी जति पनि
यस समयका मनुष्य मात्र छन्, सबै नीचभन्दा नीच छन्। उच्चभन्दा उच्च मनुष्य पनि
भारतवर्षमा यी देवी-देवता नै थिए। उनको महिमा छ– सर्वगुण सम्पन्न.... अहिले
मनुष्यहरूलाई थाहा छैन– यी देवताहरूलाई यति उच्च कसले बनाउनुभयो। अहिले त बिल्कुलै
पतित बनेका छन्। बाबा हुनुहुन्छ उच्चभन्दा उच्च। साधुसन्त आदि सबैले उहाँको साधना
गर्छन्। यस्ता साधुहरूको पछाडि मनुष्यहरू आधा कल्प भट्केका छन्। अहिले तिमीले जानेका
छौ– बाबा आउनुभएको छ, हामी बाबाको पासमा जान्छौं। उहाँले हामीलाई श्रीमत दिएर
श्रेष्ठभन्दा श्रेष्ठ, सदा सुखी बनाउनुहुन्छ। रावणको मतमा तिमी कति तुच्छ बुद्धि
बनेका छौ। अब तिमी अरू कसैको मतमा नचल। म पतित-पावन बाबालाई बोलाएका छौ फेरि पनि
डुबाउनेको पछाडि किन लाग्छौ! एकको मतलाई छोडेर अनेकौंसँग गएर किन धक्का खाइरहन्छौ?
कति बच्चाहरूले ज्ञान पनि सुनिरहन्छन् फेरि गएर गङ्गा स्नान पनि गरिरहन्छन्,
गुरुहरूसँग पनि गइरहन्छन्....। बाबा भन्नुहुन्छ– ती गङ्गा त कुनै पतित-पावनी होइनन्।
फेरि पनि तिमीले मनुष्यको मतमा गएर गङ्गा स्नान आदि गर्छौ भने बाबा भन्नुहुन्छ– म
उच्चभन्दा उच्च बाबाको मतमा पनि भरोसा छैन। एकातर्फ छ ईश्वरीय मत अर्कातर्फ छ आसुरी
मत। उनीहरूको के हालत होला। दुवैतर्फ खुट्टा राख्यौ भने चिरिन्छौ। बाबामाथि पनि पूरा
निश्चय राख्दैनन्। भन्छन् पनि, बाबा हामी हजुरका हौं। हजुरको श्रीमतमा हामी श्रेष्ठ
बन्छौं। हामीले उच्चभन्दा उच्च बाबाको मतमा कदम राख्नुछ। शान्तिधाम, सुखधामको मालिक
त बाबाले नै बनाउनुहुन्छ। फेरि बाबा भन्नुहुन्छ– जसको शरीरमा मैले प्रवेश गरेको छु
उनले त १२ वटा गुरु बनाए फेरि पनि तमोप्रधान नै बने, फाइदा केही पनि भएन। अब बाबा
मिलेपछि सबैलाई छोडिदिए। उच्चभन्दा उच्च बाबा मिल्नुभयो, बाबाले भन्नुभयो– नराम्रो
नसुन, नराम्रो नहेर.... तर मनुष्य छन् बिल्कुल पतित तमोप्रधान बुद्धि। यहाँ पनि धेरै
छन्, श्रीमतमा चल्न सक्दैनन्। तागतै छैन। मायाले धक्का खुवाइरहन्छ किनकि रावण हो
दुस्मन, राम हुनुहुन्छ मित्र। कसैले राम भन्छन् कसैले शिव भन्छन्। वास्तविक नाम हो
शिवबाबा। म पुनर्जन्ममा आउँदिनँ। मेरो ड्रामामा नाम शिव नै राखिएको छ। एउटै चीजका
१० वटा नाम राख्नाले मनुष्यहरू अलमलिएका छन्, जसलाई जुन नाम आयो त्यही राखिदिए। मेरो
वास्तविक नाम शिव हो। म यस शरीरमा प्रवेश गर्छु। म कुनै श्रीकृष्ण आदिमा आउँदिनँ।
उनीहरूले सम्झन्छन् विष्णु त सूक्ष्मवतन निवासी हुन्। वास्तवमा त्यो हो युगल रूप,
प्रवृत्ति मार्गको। तर ४ भुजा कसैका हुँदैनन्। ४ भुजाको अर्थ हो प्रवृत्ति मार्ग,
दुई भुजाको अर्थ हो निवृत्ति मार्ग। बाबाले प्रवृत्ति मार्गको धर्म स्थापना
गर्नुभएको छ। संन्यासीहरू निवृत्ति मार्गका हुन्। प्रवृत्तिवाला नै फेरि पावनबाट
पतित बन्छन्। त्यसैले सृष्टिलाई थमाउन संन्यासीहरूको पवित्र बन्ने पार्ट छ। उनीहरू
पनि लाखौं-करोडौं छन्। जब मेला लाग्छ तब धेरै आउँछन्, उनीहरूले खाना पकाउँदैनन्,
गृहस्थीहरूको पालनामा चल्छन्। कर्म संन्यास गरेपछि भोजन कहाँबाट खाने? त्यसैले
गृहस्थीहरूबाट ल्याएको खान्छन्। गृहस्थीहरूले सम्झन्छन्– यो पनि हाम्रो दान भयो।
यिनी पनि पुजारी पतित थिए, फेरि अहिले श्रीमतमा चलेर पावन बनिरहेका छन्। बाबाबाट
वर्सा लिने पुरुषार्थ गरिरहेका छन्। त्यसैले भनिन्छ फलो फादर गर। मायाले हरेक कुरामा
पछार्छ। देह अभिमानले नै मनुष्यले गल्ती गर्छन्। चाहे गरिब हुन् चाहे धनी देह
अभिमान टुटे त हो नि। देह अभिमान छुट्न धेरै मेहनत छ। बाबा भन्नुहुन्छ– तिमीले
आफूलाई आत्मा सम्झेर देहद्वारा पार्ट खेल। तिमी देह अभिमानमा किन आउँछौ! ड्रामा
अनुसार देह अभिमानमा पनि आउनु नै छ। यस समयमा त पक्का देह अभिमानी बनेका छन्। बाबा
भन्नुहुन्छ– तिमी त आत्मा हौ। आत्माले नै सबैथोक गर्छ। आत्मा शरीरबाट अलग भएपछि
शरीरलाई काटे पनि के कुनै आवाज निकाल्छ र? निकाल्दैन। आत्माले नै भन्छ– मेरो
शरीरलाई दु:ख नदेऊ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। आफूलाई आत्मा सम्झेर म बाबालाई
याद गर। देह अभिमानलाई छोड।
तिमी बच्चाहरू जति
देहीअभिमानी बन्छौ त्यति स्वस्थ र निरोगी बन्दै जान्छौ। यस योगबलले नै तिमी २१ जन्म
निरोगी बन्छौ। जति निरोगी बन्छौ त्यति पद पनि उच्च मिल्छ। सजायबाट बच्छौ। नत्र धेरै
सजाय खानुपर्नेछ। त्यसैले कति देहीअभिमानी बन्नुछ। कतिको तकदिरमा यो ज्ञान छैन।
जबसम्म तिम्रो कुलमा आउँदैनन् अर्थात् ब्रह्मा मुखवंशावली बन्दैनन्, ब्राह्मण
नबनेसम्म देवता कसरी बन्छन्? आउन त धेरै आउँछन्, बाबा बाबा लेख्छन् अथवा भन्छन् पनि
तर भन्ने मात्र। एउटा-दुइटा चिठी लेखे फेरि गुम। उनीहरू पनि सत्ययुगमा आउनेछन् तर
प्रजामा। प्रजा त धेरै बन्छन् नि। पछि गएर जब धेरै दु:ख हुन्छ तब धेरै दौडेर आउनेछन्।
प्रचार हुने छ– भगवान आउनुभएको छ। तिम्रा पनि धेरै सेन्टर खुल्ने छन्। तिमी
बच्चाहरूको कमजोरी हो, देहीअभिमानी बन्दैनौ। अझै धेरै देह अभिमान छ। अन्त्यमा अलिकति
पनि देहभान रह्यो भने पद पनि सानो हुन्छ। फेरि गएर दास-दासी बन्छौ। दास-दासीहरू पनि
धेरै नम्बरवार हुन्छन्। राजाहरूलाई दाइजोको रूपमा दासीहरू मिल्छन्, धनीहरूलाई
मिल्दैन। बच्चाहरूले देखेका छन् राधाले कति दासीहरूलाई दाइजोको रूपमा लिएर जान्छिन्।
पछि गएर तिमीलाई धेरै साक्षात्कार हुनेछ। सानो दासी बन्नुभन्दा त धनवान प्रजा बन्नु
राम्रो हो। दासी शब्द निकृष्ट हो। प्रजामा धनवान बन्नु फेरि पनि राम्रो हो। बाबाको
बनेपछि मायाले अझै खातिरी गर्छ। पहलमानसँग पहलमान नै भएर लड्छ। देह अभिमान आउँछ।
शिवबाबाबाट पनि विमुख हुन्छन्। बाबाको याद गर्न नै छोडिदिन्छन्। अरे, खाने फुर्सत
छ, तर यस्ता विश्वको मालिक बनाउने बाबालाई याद गर्ने फुर्सत छैन? राम्रा राम्रा
बच्चाहरू शिवबाबालाई भुलेर देह अभिमानमा आउँछन्। नत्र यस्ता बाबा जसले जीवनदान
दिनुहुन्छ, उहाँलाई याद गरेर पत्र त लेख्थे। तर यहाँ कुरै नसोध। मायाले एकदम नाकमा
समातेर उडाइदिन्छ। कदम कदम श्रीमतमा चल्यौ भने कदममा पदम छ। तिमी अथाह धनवान बन्छौ।
त्यहाँ गन्ती हुँदैन। धनदौलत खेतबारी सबै मिल्छ। त्यहाँ तामा, फलाम, पीतल हुँदैन।
सुनको मात्रै सिक्का हुन्छ। घर त सुनका बनाउँछन् भने के हुँदैन होला। यहाँ त छ नै
भ्रष्टाचारी राज्य, यथा राजा-रानी तथा प्रजा। सत्ययुगमा यथा राजा-रानी तथा प्रजा सबै
श्रेष्ठाचारी हुन्छन्। तर मनुष्यहरूको बुद्धिमा कहाँ बस्छ र। तमोप्रधान छन्। बाबाले
सम्झाउनुहुन्छ– तिमी पनि त्यस्तै थियौ। यी पनि त्यस्तै थिए। अब म आएर देवता बनाउँछु,
तैपनि बन्दैनन्। आपसमा लडाइँझगडा गरिरहन्छन्। म धेरै राम्रो छु, यस्तो छु....। हामी
नर्कमा छौं, हामी रौरव नर्कमा परेका छौं– यस्तो कसैले कहाँ सम्झन्छ र। यो पनि तिमी
बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जानेका छौ। मनुष्यहरू बिल्कुलै नर्कमा परेका
छन्। रातदिन चिन्तामा परिरहन्छन्। ज्ञानमार्गमा जसले आफूसमान बनाउने सेवा
गर्नसक्दैनन्, तेरोमेरोको ख्यालमा रहन्छन् तिनीहरू बिरामी रोगी हुन्। बाबा बाहेक अरू
कसैलाई याद गर्यौ भने व्यभिचारी भयौ नि। बाबा भन्नुहुन्छ– अरू कसैको कुरा नसुन, मेरो
कुरा मात्रै सुन। मलाई याद गर। देवताहरूलाई याद गर्नु, त्यो पनि राम्रो हो।
मनुष्यलाई याद गर्नाले केही फाइदा छैन। यहाँ त बाबा भन्नुहुन्छ– तिमीले शिर पनि किन
निहुराउँछौ! तिमी यी बाबाको पासमा आउँदा पनि शिवबाबालाई याद गरेर आऊ। शिवबाबालाई
याद गर्दैनौ अर्थात् पाप गर्छौ। बाबा भन्नुहुन्छ– पहिला त पवित्र बन्ने प्रतिज्ञा
गर। शिवबाबालाई याद गर। यहाँ धेरै परहेज छ। कसैले धेरै मुस्किलले बुझ्छन्। यति
बुद्धि छैन। बाबासँग कसरी चल्नुछ, यसमा त धेरै मेहनत चाहिन्छ। मालाको दाना बन्नु–
कुनै सानीमाको घर होइन। मुख्य हो बाबालाई याद गर्नु। तिमीले बाबालाई याद गर्नसक्दैनौ?
बाबाको सेवा, बाबाको याद कति हुनुपर्छ। बाबाले दिनहुँ भन्नुहुन्छ– आफ्नो चार्ट हेर।
जुन बच्चाहरूलाई आफ्नो कल्याण गर्ने ख्याल हुन्छ उनीहरूले हर प्रकारले पूरा पूरा
परहेज गर्छन्। उनीहरूको खानपिन धेरै सात्विक हुन्छ।
बाबाले बच्चाहरूको
कल्याणको लागि कति सम्झाउनुहुन्छ। सबै प्रकारको परहेज चाहिन्छ। जाँच गर्नुपर्छ– मेरो
खानपिन अशुद्ध त छैन? म लोभी त छैन? जबसम्म कर्मातीत अवस्था हुँदैन मायाले
उल्टोसुल्टो काम गराइरहन्छ। यसमा समय लाग्छ, फेरि थाहा हुन्छ– अब त विनाश सामुन्नेछ।
आगो फैलिएको छ। तिमीले देख्नेछौ– कसरी बमहरू खस्छन्। भारतखण्डमा त रगतको नदी बग्नुछ।
त्यहाँ बमले एक-अर्कालाई खतम गर्नेछन्। प्राकृतिक प्रकोप हुन्छ। प्राकृतिक आपद्
सबैभन्दा बढी भारतखण्डमा आउनेछ। आफूमाथि धेरै नजर राख्नुछ, मैले के सेवा गरेको छु?
कतिलाई आफूसमान नरबाट नारायण बनाएको छु? कोही कोही भक्तिमा धेरै फसेका छन् त्यसैले
सम्झन्छन्– यी बच्चीहरूले के पढाउँछन्। यिनीहरूलाई पढाउनेवाला बाबा (भगवान)
हुनुहुन्छ भन्ने बुझ्दैनन्। अलिकति पढेका रहेछन् वा धन छ भने लड्न सुरु गर्छन्।
इज्जत नै गुमाइदिन्छन्। सद्गुरुको निन्दा गराउनेले पद पाउनसक्दैन। फेरि गएर
पाई-पैसाको पद पाउने छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) तेरोमेरोको चिन्तालाई छोडेर आफूसमान बनाउने सेवा गर्नुछ। एक बाबाको कुरा मात्रै
सुन्नुछ, बाबालाई नै याद गर्नुछ, व्यभिचारी बन्नुहुँदैन।
२) आफ्नो कल्याणको
लागि खानपिनको धेरै परहेज गर्नुछ– कुनै पनि कुरामा लोभ गर्नुछैन? मायाले उल्टो काम
त गराउँदैन?
वरदान:–
निर्णय शक्ति
र कन्ट्रोलिङ पावरद्वारा सदा सफलतामूर्त भव
कुनै पनि लौकिक वा
अलौकिक कार्यमा सफलता प्राप्त गर्नको लागि विशेष कन्ट्रोलिङ पावर (नियन्त्रण शक्ति)
र जजमेन्ट पावर (निर्णय शक्ति) को आवश्यकता हुन्छ किनकि कुनै पनि आत्मा तिम्रो
सम्पर्कमा आयो भने पहिला निर्णय गर्नुपर्ने हुन्छ– यसलाई के कुराको आवश्यकता छ, परख
गरेर उसको चाहना अनुसार उसलाई तृप्त पार्नु र स्वयंको कन्ट्रोलिङ पावरले अरूमाथि पनि
अचल स्थितिको प्रभाव पार्नु, यिनै दुइटा शक्तिले सेवाको क्षेत्रमा सफलतामूर्त
बनाइदिन्छन्।
स्लोगन:–
सर्वशक्तिमानलाई साथी बनायौ भने माया पेपर टाइगर बन्छ।