26.04.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
पुरुषोत्तम सङ्गमयुगी ब्राह्मण अहिले ईश्वरको गोदमा आएका छौ , तिमी मनुष्यबाट देवता
बन्नुछ त्यसैले तिमीमा दैवी गुण पनि हुनुपर्छ।”
प्रश्न:–
ब्राह्मण
बच्चाहरूले कुन कुरामा आफ्नो धेरै धेरै सम्हाल गर्नुपर्छ र किन?
उत्तर:–
सारा दिनको
दिनचर्यामा कुनै पनि पाप कर्म नहोस्, यसबाट सम्हाल गर्नुछ किनकि तिम्रो सम्मुख बाबा
धर्मराजको रूपमा खडा हुनुहुन्छ। चेक गर– कसैलाई दु:ख त दिइनँ? श्रीमतमा कति प्रतिशत
चलेको छु? रावणको मतमा त चलेको छैन? किनकि बाबाको बनेपछि कुनै विकर्म भयो भने एकको
सय गुणा हुन्छ।
ओम् शान्ति ।
भगवानुवाच। यो
त बच्चाहरूलाई सम्झाइएको छ, कुनै मानिस वा देवतालाई भगवान भन्न सकिँदैन। यहाँ बस्दा
बुद्धिमा यो रहन्छ– हामी सङ्गमयुगी ब्राह्मण हौं। यो पनि कसैलाई सदा याद हुँदैन।
वास्तवमा आफूलाई ब्राह्मण सम्झन्छन्, यस्तो पनि होइन। ब्राह्मण बच्चाहरूले फेरि
दैवीगुण पनि धारण गर्नुपर्छ। हामी सङ्गमयुगी ब्राह्मण हौं, हामी शिवबाबाद्वारा
पुरुषोत्तम बनिरहेका छौं। यो पनि सबैलाई याद हुँदैन। हामी सङ्गमयुगी ब्राह्मण हौं,
घरी घरी यो भुल्छन्। यो कुरा बुद्धिमा याद रहिरह्यो भने पनि अहोसौभाग्य। सदैव
नम्बरवार त हुन्छन् नै। सबै आआफ्नो बुद्धि अनुसार पुरुषार्थी छन्। अहिले तिमी
सङ्गमयुगी हौ। पुरुषोत्तम बन्नेवाला हौ। जानेका छौ– हामी पुरुषोत्तम तब बन्छौं जब
परमप्रिय बाबालाई याद गर्छौं। यादले नै पाप नाश हुन्छ। यदि कसैले पाप गर्छ भने
त्यसको सय गुणा हिसाब चढ्छ। पहिला जुन पाप गर्थ्यौ त्यसको १० प्रतिशत चढ्थ्यो। अहिले
त १०० प्रतिशत चढ्छ किनकि ईश्वरको गोदमा आएर फेरि पाप गर्यौ नि। तिमी बच्चाहरूलाई
थाहा छ– बाबाले हामीलाई पुरुषोत्तम सो देवता बन्नको लागि पढाउनुहुन्छ। यो याद जसलाई
स्थायी रूपमा रहन्छ, उनीहरूले अलौकिक सेवा पनि धेरै गर्नेछन्। सदा हर्षितमुख बन्नको
लागि अरूलाई पनि मार्ग बताउनुछ। जहाँ जाँदा पनि बुद्धिमा याद रहोस् हामी सङ्गमयुगमा
छौं। यो हो पुरुषोत्तम सङ्गमयुग। उनीहरूले पुरुषोत्तम मास वा वर्ष भन्छन्। तिमीले
भन्छौ– हामी पुरुषोत्तम सङ्गमयुगी ब्राह्मण हौं। यो कुरा बुद्धिमा राम्रोसँग धारण
गर्नुछ– अहिले हामी पुरुषोत्तम बन्ने यात्रामा छौं। यो याद रह्यो भने पनि मनमनाभव
भयो। तिमी पुरुषार्थ अनुसार र कर्म अनुसार पुरुषोत्तम बनिरहेका छौ। दैवीगुण पनि
हुनुपर्छ र श्रीमतमा पनि चल्नुपर्ने हुन्छ। आफ्नो मतमा त सबै मानिसहरू चल्छन्। त्यो
हो नै रावण मत। यस्तो पनि होइन तिमीहरू सबै कुनै श्रीमतमा चल्छौ। धेरै छन् जो रावणको
मतमा चल्छन्। श्रीमतमा कोही कति प्रतिशत चल्छन्, कोही कति। कोही त दुई प्रतिशत पनि
चल्छन्। यहाँ बसे पनि शिवबाबाको यादमा हुँदैनन्। बुद्धियोग कहीँ न कहीँ भट्किइरहन्छ।
दिनहुँ आफूलाई हेर्नुछ आज कुनै पाप कर्म त गरिनँ? कसैलाई दु:ख त दिइनँ? आफ्नो धेरै
सम्हाल गर्नुपर्ने हुन्छ किनकि धर्मराज पनि खडा छन् नि। अहिलेको समय हो नै
हिसाब-किताब चुक्ता गर्ने। सजाय पनि खानुपर्छ। बच्चाहरूलाई थाहा छ– हामी
जन्मजन्मान्तरका पापी हौं। कहीँ कुनै मन्दिरमा अथवा गुरुको पासमा वा कुनै इष्ट
देवताको पासमा जाँदा भन्छन्– हामी जन्मजन्मान्तरका पापी हौं, रक्षा गर्नुहोस्, दया
गर्नुहोस्। सत्ययुगमा कहिल्यै यस्तो शब्द निस्किँदैन। कसैले सत्य बोल्छन्, कसैले त
झुटो पनि बोल्छन्। यहाँ पनि यस्तै छ। बाबाले सदैव भन्नुहुन्छ– आफ्नो जीवन कहानी
बाबालाई लेखेर पठाऊ। कसैले त बिल्कुलै सत्य लेख्छन्, कसैले लुकाउँछन् पनि। लाज
लाग्छ। यो त जानेका छन्– नराम्रो कर्म गर्नाले त्यसको फल पनि नराम्रै मिल्छ। त्यो त
हो अल्पकालको कुरा। यो त बहुत कालको कुरा हो। नराम्रो कर्म गर्यौ भने सजाय पनि
खान्छौ फेरि स्वर्गमा पनि धेरै पछि आउनेछौ। अहिले सारा थाहा हुन्छ को को पुरुषोत्तम
बन्छन्। त्यो हो पुरुषोत्तम दैवी राज्य। उत्तमभन्दा उत्तम पुरुष बन्छौ नि। अरू कुनै
ठाऊँमा यस्तो महिमा गरिँदैन। मानिसहरूले त देवताका गुणहरूलाई पनि जानेका छैनन्।
महिमा गाउँछन् तर सुगाले जस्तो। त्यसैले बाबाले पनि भन्नुहुन्छ– भक्तहरूलाई सम्झाऊ।
जब भक्तहरूले आफूलाई नीच पापी भन्छन् अनि उनीहरूलाई सोध के तपाई जब शान्तिधाममा
हुनुहुन्थ्यो त्यहाँ पनि पाप गर्नुहुन्थ्यो? त्यहाँ त सबै आत्माहरू पवित्र हुन्छन्।
यहाँ अपवित्र बनेका छन् किनकि दुनियाँ तमोप्रधान छ। नयाँ दुनियाँमा त पवित्र हुन्छन्।
अपवित्र बनाउनेवाला हो रावण। यस समयमा सारा दुनियाँमा रावणको राज्य छ। यथा राजा-रानी
तथा प्रजा हाइएस्ट देखि लोएस्टसम्म। यहाँ सबै पतित छन्। बाबा भन्नुहुन्छ– म तिमीलाई
पावन बनाएर जान्छु फेरि तिमीलाई पतित कसले बनाउँछ? रावणले। अब फेरि तिमी मेरो मतमा
पावन बनिरहेका छौ फेरि आधाकल्पपछि रावणको मतमा पतित बन्छौ अर्थात् देह अभिमानमा आएर
विकारको वशमा हुन्छौ। त्यसलाई आसुरी मत भनिन्छ। भारतवर्ष पावन थियो अहिले पतित बनेको
छ। फेरि पावन बन्नुछ। पावन बनाउनको लागि पतित-पावन बाबालाई आउनुपर्छ। यस समयमा हेर
कति धेरै मानिसहरू छन्। भोलि कति होलान्! लडाइँ सुरु हुन्छ, मृत्यु त सामुन्ने खडा
छ। भोलि यतिका सबै कहाँ जान्छन्? सबैको शरीर र यो पुरानो दुनियाँ विनाश हुन्छ। यो
रहस्य नम्बरवार पुरुषार्थ अनुसार अहिले तिम्रो बुद्धिमा छ। हामी कसको सामुन्ने बसेका
छौं? यो पनि कसैले बुझ्दैनन्। ती सानो पद पाउनेवाला हुन्। ड्रामा अनुसार के नै गर्न
सकिन्छ र, तकदिरमा छैन। अहिले त बच्चाहरूले सेवा गर्नुपर्छ, बाबालाई याद गर्नुपर्छ।
तिमी सङ्गमयुगी ब्राह्मण हौ, तिमी बाबासमान ज्ञानको सागर, सुखको सागर बन्नुछ।
बनाउनेवाला बाबा पाएका छौ नि। देवताहरूको महिमा गायन गरिन्छ सर्वगुण सम्पन्न...
अहिले त यी गुणहरू भएको कोही छैन। आफूसँग सधैं सोधिराख– म कहाँसम्म उच्च पद पाउन
लायक बनेको छु? सङ्गमयुगलाई राम्रोसँग याद गर। हामी सङ्गमयुगी ब्राह्मण पुरुषोत्तम
बन्नेवाला हौं। श्रीकृष्ण नयाँ दुनियाँका पुरुषोत्तम हुन् नि। बच्चाहरूलाई थाहा छ–
हामी बाबाको सम्मुख बसेका छौं, त्यसैले अझै धेरै पढ्नुपर्छ। पढाउनु पनि छ। पढाउँदैनौ
भने सिद्ध हुन्छ पढ्दैनौ। बुद्धिमा बस्दैन। ५ प्रतिशत पनि बस्दैन। हामी सङ्गमयुगी
ब्राह्मण हौं, यो पनि याद हुँदैन। बुद्धिमा बाबाको याद रहोस् र चक्र घुमिरहोस्,
ज्ञान त धेरै सहज छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। उहाँ हुनुहुन्छ
सर्वोच्च बाबा। बाबा भन्नुहुन्छ– मलाई याद गर, तब तिम्रा विकर्म विनाश हुन्छन्। हामी
नै पूज्य, हामी नै पुजारी– यो मन्त्र धेरै राम्रो छ। उनीहरूले फेरि आत्मा नै
परमात्मा भनिदिएका छन्, जे जति बोल्छन् बिल्कुल गलत। हामी पवित्र थियौं, ८४ जन्मको
चक्कर लगाएर अहिले यस्ता बनेका छौं। अब हामी फर्केर जान्छौं। आज यहाँ भोलि घर जान्छौं।
हामी बेहदका बाबाको घरमा जान्छौं। यो बेहदको नाटक हो जुन अहिले दोहोरिन्छ। बाबा
भन्नुहुन्छ– देह सहितदेहका सबै धर्मलाई भुलेर आफूलाई आत्मा सम्झ। अब हामी यस
शरीरलाई छोडेर घर जान्छौं, यो पक्का याद गर। हामी आत्मा हौं– यो पनि याद रह्यो र
आफ्नो घर पनि याद रह्यो भने बुद्धिबाट सारा दुनियाँको संन्यास हुन्छ। शरीरको पनि
संन्यास, सबैको संन्यास। ती हठयोगीहरूले कहाँ कुनै सारा सृष्टिको संन्यास गर्छन् र।
उनीहरूको हो अधुरो। तिमीले त सारा दुनियाँको त्याग गर्नुछ। आफूलाई देह सम्झन्छन् अनि
फेरि काम पनि यस्तै गर्छन्। देह अभिमानी बन्नाले चोरीचकारी, झुटो बोल्ने, पाप गर्ने....
यी सबै बानी पर्छ। चर्को बोल्ने बानी पनि पर्छ। फेरि भन्छन् मेरो त आवाज नै यस्तो
छ। दिनमा २५-३० पाप पनि गर्छन्। झुटो बोल्नु पनि पाप भयो नि। बानी पर्छ। बाबा
भन्नुहुन्छ– सुस्त बोल्न सिक्नुपर्छ। सुस्त बोल्न कुनै समय लाग्दैन। कुकुरलाई पनि
पालेपछि सुध्रिन्छ, बाँदर कति चञ्चल हुन्छन् फेरि कसैको साथमा घुलमिल भएपछि नाँच आदि
गर्छन्। जनावर पनि सुध्रिन्छन्। जनावरलाई सुधार्ने मानिस हुन्। मानिसहरूलाई
सुधार्नेवाला हुनुहुन्छ बाबा। बाबा भन्नुहुन्छ– तिमी पनि जनावर जस्तै छौ। त्यसैले
मलाई पनि कछुवा अवतार, वराह अवतार भनिदिन्छौ। जस्तो तिम्रो क्रियाकलाप छ त्यसभन्दा
पनि खराब मलाई बनाइदिएका छौ। यो पनि तिमीलाई थाहा छ, दुनियाँले जानेको छैन। पछि गएर
तिमीलाई साक्षात्कार हुन्छ। कस्तो कस्तो सजाय खान्छन्, त्यो पनि तिमीलाई थाहा हुन्छ।
आधाकल्प भक्ति गरेका छौ, अब बाबा मिल्नुभएको छ। बाबा भन्नुहुन्छ– मेरो मतमा चलेनौ
भने सजाय बढ्दै जान्छ। त्यसैले पाप आदि गर्न छोड। आफ्नो चार्ट राख फेरि साथमा धारणा
पनि हुनुपर्छ। कसैलाई सम्झाउने अभ्यास पनि हुनुपर्छ। प्रदर्शनीको चित्रको बारेमा
ख्याल चलाऊ। कसैलाई मैले कसरी सम्झाऊँ। सबैभन्दा पहिलो कुरा यो उठाऊ– गीताका भगवान
को हुनुहुन्छ? ज्ञानका सागर त पतित-पावन परमात्मा हुनुहुन्छ नि। उहाँ बाबा
हुनुहुन्छ सबै आत्माहरूको पिता। त्यसैले पिताको परिचय हुनुपर्छ नि। ऋषिमुनि आदि
कसैलाई पनि न पिताको परिचय छ, न रचनाको आदि मध्य अन्त्यको। त्यसैले सबैभन्दा पहिला
यो सम्झाएर लेखाऊ– भगवान एक हुनुहुन्छ। अर्को कोही हुनसक्दैन। मनुष्यले आफूलाई
भगवान कहलाउन सक्दैन।
तिमी बच्चाहरूलाई
अहिले निश्चय छ– भगवान निराकार हुनुहुन्छ। बाबाले हामीलाई पढाउनुहुन्छ। हामी
विद्यार्थी हौं। उहाँ पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि
हुनुहुन्छ। एकलाई याद गर्यौ भने टिचर र गुरु दुवैको याद आउँछ। बुद्धि भट्किनु
हुँदैन। केवल शिव पनि भन्नुछैन, शिव हाम्रा पिता पनि हुनुहुन्छ, सुप्रीम टिचर पनि
हुनुहुन्छ, हामीलाई साथमा लैजानुहुन्छ। उहाँ एकको कति महिमा छ, उहाँलाई नै याद
गर्नुपर्छ। कसै कसैले भन्छन् यसले त बी.के.लाई गुरु बनाएको छ। तिमी त गुरु बन्छौ
नि। फेरि तिमीलाई पिता भनिँदैन। टिचरलाई गुरु भन्नसक्छन्, तर पिता होइन। तीनवटै फेरि
उहाँ बाबालाई मात्रै भनिन्छ। उहाँ सबैभन्दा उच्च पिता हुनुहुन्छ, यिनीभन्दा पनि माथि
उहाँ बाबा हुनुहुन्छ। यो राम्रोसँग सम्झाउनुछ। प्रदर्शनीमा सम्झाउने अक्कल हुनुपर्छ।
तर आफूले यति हिम्मत गर्दैनन्। ठुलो ठुलो प्रदर्शनी हुँदैछ भने जो राम्रा राम्रा
सेवाधारी बच्चाहरू छन्, उनीहरूले गएर सेवा गर्नुपर्छ। बाबाले मनाही कहाँ गर्नुहुन्छ
र। पछि गएर साधु सन्त आदिलाई तिमीले ज्ञान वाण मार्छौ। कहाँ जान्छन्! पसल एउटै छ।
सबैको सद्गति यहीँबाट हुनुछ। यो पसल यस्तो छ, तिमीहरूले सबैलाई पवित्र हुने मार्ग
बताउँछौ फेरि बन्ने नबन्ने उनीहरूको कुरा।
तिमी बच्चाहरूको
ध्यान विशेष सेवामा नै हुनुपर्छ। हुन त बच्चाहरू समझदार छन् तापनि सेवा गर्दैनन् भने
बाबाले सम्झनुहुन्छ राहुको दशा लागेको छ। दशा त सबैलाई लाग्छ नि। मायाको छायाँ पर्छ
फेरि दुई दिनपछि ठीक हुन्छन्। बच्चाहरूले सेवाको अनुभव लिएर आउनुपर्छ। प्रदर्शनी त
गरिरहन्छन्, मानिसहरूले बुझेर किन तुरुन्तै लेख्दैनन्– वास्तवमा गीता श्रीकृष्णले
होइन, शिव भगवानले उच्चारण गर्नुभएको हो। कसैले त केवल भनिदिन्छन् यो धेरै राम्रो
छ। मानिसहरूको लागि धेरै कल्याणकारी छ, सबैलाई देखाउनुपर्छ। तर मैले पनि यो वर्सा
लिन्छु... यसरी कसैले भन्दैन। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) देह अभिमानमा आएर चर्को आवाजले कुरा गर्नुछैन। यस बानीलाई मेटाउनुछ। चोरी गर्नु,
झुटो बोल्नु.... यो सबै पाप हो, यसबाट बच्नको लागि देहीअभिमानी भएर रहनुछ।
२) मृत्यु सामुन्ने
छ, त्यसैले बाबाको श्रीमतमा चलेर पावन बन्नुछ। बाबाको बनेपछि कुनै पनि नराम्रो कर्म
गर्नुछैन। सजायबाट बच्ने पुरुषार्थ गर्नुछ।
वरदान:–
लोकपसन्द सभाको
टिकट बुक गर्ने राज्य सिंहासन अधिकारी भव
कुनै पनि सङ्कल्प वा
विचार गर्दा पहिला चेक गर– यो विचार वा सङ्कल्प बाबालाई प्रिय लाग्छ? जुन कुरा
बाबालाई प्रिय लाग्छ त्यो सङ्कल्प वा विचार स्वत: लोकप्रिय हुन्छ। कुनै पनि
सङ्कल्पमा स्वार्थ छ भने आफूलाई प्रिय छ (मनपसन्द) भनिन्छ र विश्वकल्याणकारी छ भने
लोकप्रिय वा बाबालाई प्रिय (प्रभुपसन्द) छ भनिन्छ। लोकप्रिय सभाको सदस्य बन्नु
अर्थात् कानुन र मर्यादा (ल एण्ड अर्डर) को राज्य अधिकार वा राज्य सिंहासन प्राप्त
गर्नु।
स्लोगन:–
परमात्म साथको
अनुभव गर्यौ भने सबैकुरा सहज अनुभव गरेर सुरक्षित रहनेछौ।