28.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सम्मान सहित पास हुनको लागि श्रीमतमा चलिराख , कुसङ्गत र मायाको तुफानबाट आफ्नो सम्हाल गर।”

प्रश्न:–
बाबाले बच्चाहरूको के सेवा गर्नुभयो, जुन बच्चाहरूले पनि गर्नु छ?

उत्तर:–
बाबाले प्यारा बच्चाहरू भनेर हीराजस्तो बनाउने सेवा गर्नुभयो। त्यस्तै हामी बच्चाहरूले पनि आफ्ना मीठा भाइहरूलाई हीरासमान बनाउनु छ। यसमा कुनै मेहनतको कुरा छैन, केवल भन्नु छ– बाबालाई याद गर्नुभयो भने हीरासमान बन्नुहुन्छ।

प्रश्न:–
बाबाले आफ्ना बच्चाहरूलाई कुनचाहिँ हुकुम दिनुभएको छ?

उत्तर:–
प्यारा बच्चाहरू! सच्चा कमाइ गर र गराऊ। तिमीहरूलाई कसैबाट पनि उधारो लिने हुकुम छैन।

गीत:–
इस पाप की दुनियाँ से.......।

ओम् शान्ति ।
नयाँ दुनियाँमा जाने प्यारा रुहानी बच्चाहरूलाई बाबाले गुडमर्निङ्ग भनिरहनु भएको छ। रुहानी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जानेका छन्– वास्तवमा हामी यस दुनियाँदेखि दूर गइरहेका छौं। कहाँ? आफ्नो स्वीट साइलेन्स होममा। शान्तिधाम धेरै दूर छ, जहाँबाट हामी आत्माहरू आउँछौं। त्यो हो मूल वतन, यो हो स्थूल वतन। त्यो हो हामी आत्माहरूको घर। त्यस घरमा बाबा सिवाय त कसैले लिएर जान सक्दैन। तिमीहरू सबै ब्राह्मण-ब्राह्मणीहरूले रुहानी सेवा गरिरहेका छौ। कसले सिकाउनु हुन्छ? दूर लिएर जाने बाबाले। कतिलाई दूर लिएर जानुहुन्छ? अनगिन्ती छन्। एक पण्डाका बच्चा तिमीहरू पनि पण्डा हौ। तिम्रो नाम हो नै पाण्डव सेना। तिमी बच्चाहरूले हर एकलाई दूर लिएर जाने युक्ति बताउँछौ– मनमनाभव, बाबालाई याद गर्नुहोस्। भन्छन् पनि– बाबा यस दुनियाँबाट कहीं दूर लिएर जानुहोस्। नयाँ दुनियाँमा त यस्तो भन्दैनौ। यहाँ छ रावण राज्य, त्यसैले भन्छन् यसबाट दूर लिएर जानुहोस्, यहाँ चैन छैन। यसको नाम हो नै दु:खधाम। अहिले बाबाले तिमीलाई कुनै धक्का खुवाउनुहुन्न। भक्तिमार्गमा बाबालाई खोज्नको लागि तिमीले कति धक्का खान्छौ। बाबा स्वयं भन्नुहुन्छ– म छु नै गुप्त। यी आँखाद्वारा कसैले मलाई देख्न सक्दैन। कृष्णको मन्दिरमा शिर झुकाउनको लागि खराउ राख्छन्, मेरा त पाउ छैनन् जसमा तिमीले शिर झुकाउन परोस्। तिमीलाई त भन्छु– प्यारा बच्चाहरू! तिमीले पनि अरूलाई भन्छौ– प्यारा दाजुभाइहरू, पारलौकिक बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। अरू कुनै मेहनत छैन। जसरी बाबाले हीरासमान बनाउनु हुन्छ, बच्चाहरूले पनि अरूलाई हीरासमान बनाउनु पर्छ। यही सिक्नु छ– मनुष्यलाई हीरासमान कसरी बनाऊँ? ड्रामा अनुसार कल्प पहिलाजस्तै कल्प-कल्पको संगममा बाबा आएर हामीलाई सिकाउनु हुन्छ। फेरि हामीले अरूलाई सिकाउँछौं। बाबाले हीरासमान बनाइरहनु भएको छ। तिमीलाई थाहा छ– गुरु आगाखाँलाई सुन, चाँदी, हीरामा तौलेका थिए। नेहरूलाई सुनमा तौलेका थिए। उनले कसैलाई हीरासमान बनाएका त थिएनन्। बाबाले त हामीलाई हीरासमान बनाउनु हुन्छ। उहाँलाई तिमीले केमा तौल गर्छौ? तिमीले हीरा आदिबाट के गर्छौ? तिमीलाई त आवश्यकता नै छैन। उनीहरूले त रेसमा धेरै पैसा उडाउँछन्। भवन, सम्पत्ति आदि बनाइरहन्छन्। तिमी बच्चाहरूले त सच्चा कमाइ गरिरहेका छौ। तिमीले कसैसँग उधारो लियौ भने फेरि २१ जन्मको लागि भरेर दिनुपर्छ। तिमीलाई कसैसँग उधारो लिने हुकुम छैन। तिमीलाई थाहा छ– यस समयमा छ झुटो कमाइ, जुन खत्तम हुने छ। बाबाले देखे– यी त कौडी हुन्, हामीलाई हीरा मिल्छन्, फेरि यी कौडीलाई के गर्ने? किन बाबाबाट बेहदको वर्सा नलिने? भोजन त मिल्ने नै छ। एउटा भनाइ पनि छ– हाथ जिनका ऐसे...। पहिलो नम्बर उनैले पाउँछन्। बाबालाई व्यापारी पनि भनिन्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– तिम्रो पुरानो चीजलाई सट्टा-पट्टा गर्छु। कोही मर्छ भने पुराना चीज करनीघोरलाई दिन्छन्। बाबा भन्नुहुन्छ– तिमीहरूबाट के लिन्छु, यो उदाहरण हेर। द्रौपदी पनि एउटी त थिइनन् नि। तिमीहरू सबै द्रौपदी हौ। धेरै पुकार्छौ, बाबा! हामीलाई नङ्गन हुनबाट बचाउनुहोस्। बाबा कति प्यारसँग सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! यो अन्तिम जन्म पवित्र बन। बाबा भन्नुहुन्छ नि बच्चाहरूलाई– मेरो दार्हीको लाज राख, कुललाई कलंक नलगाऊ। तिमी प्यारा बच्चाहरूलाई कति नशा हुनुपर्छ। बाबाले तिमीलाई हीरासमान बनाउनु हुन्छ, यिनलाई पनि उहाँ बाबाले हीरासमान बनाउनु हुन्छ। याद उहाँलाई गर्नु छ। यी ब्रह्मा बाबा भन्छन्– मलाई याद गर्नाले तिम्रो विकर्म विनाश हुँदैन। म तिम्रो गुरु होइन। उहाँले मलाई सिकाउनु हुन्छ, म फेरि तिमीहरूलाई सिकाउँछु। हीरासमान बन्नको लागि बाबालाई याद गर।

बाबाले सम्झाउनु भएको छ, गर्न त भक्तिमार्गमा कसैले देवताको भक्ति गरिरहन्छन् फेरि पनि बुद्धि दोकान, धन्धा आदितर्फ भागिरहन्छ किनकि त्यसबाट कमाइ हुन्छ। बाबा आफ्नो अनुभव पनि सुनाउँछन्, जब बुद्धि यता-उता भाग्दथ्यो तब आफूलाई थप्पड लगाउँथे– यो किन याद आउँछ? त्यसैले अब हामी आत्माहरूले एक बाबालाई नै याद गर्नु छ, तर मायाले घरी-घरी भुलाइदिन्छ, घुस्सा लाग्छ। मायाले बुद्धियोग तोडिदिन्छ। यसरी-यसरी आफूसँग कुरा गर्नुपर्छ। बाबा भन्नुहुन्छ– अब आफ्नो कल्याण गर त्यसपछि अरूको पनि कल्याण गर, सेन्टर खोल। यस्तो धेरै बच्चाहरूले भन्छन्– बाबा, फलानो ठाउँमा सेन्टर खोलौं? बाबा भन्नुहुन्छ– म त दाता हुँ। मलाई केही आवश्यकता छैन। यो भवन आदि पनि तिमी बच्चाहरूको लागि बनाउनु हुन्छ नि। शिवबाबा त तिमीलाई हीरासमान बनाउन आउनु भएको छ। तिमीले जे जति गर्छौ त्यो तिम्रो नै काममा आउँछ। यी कुनै गुरु होइनन् जसले चेला आदि बनाऊन्, भवन बच्चाहरूले नै बनाउँछन् आफू रहनको लागि। हो, बनाउने व्यक्तिहरू जब आउँछन् तब खातिरी गरिन्छ– तपाई माथि नयाँ भवनमा गएर बस्नुहोस्। कसैले त भन्छन्– म नयाँ भवनमा किन बस्ने, मलाई त पुरानो नै राम्रो लाग्छ। जसरी हजुर बस्नुहुन्छ, म पनि बस्छु। हामीलाई म दाता हुँ भनी कुनै अहंकार छैन। बापदादा नै बस्नुहुन्न भने म किन बसुँ। मलाई पनि आफूसँग राख्नुहोला। जति हजुरको नजिक हुन्छौं त्यति राम्रो हो।

बाबा सम्झाउनु हुन्छ– जति पुरुषार्थ गर्छौ त्यति सुखधाममा उच्च पद पाउने छौ। स्वर्गमा त सबै जान्छौ नि। भारतवासीले जानेका छन् भारत पुण्य आत्माहरूको दुनियाँ थियो, पापको नाम थिएन। अहिले त पाप आत्मा बनेका छन्। यो हो रावण राज्य। सत्ययुगमा रावण हुँदैन। रावण राज्य हुन्छ नै आधाकल्पपछि। बाबाले यति सम्झाउनु हुन्छ तर पनि बुझ्दैनन्। कल्प-कल्प यसरी सम्झाउँदै आएको छु। नयाँ कुरा होइन। तिमीले प्रदर्शनी गर्छौ, कति धेरै आउँछन्। प्रजा त धेरै बन्छन्। हीरासमान बन्नमा त समय लाग्छ। प्रजा बनून् त्यो पनि राम्रो। अहिले हो नै विनाशको समय। सबैको हिसाब-किताब चुक्ता हुन्छ। ८ को माला जो बनेको छ त्यो हो सम्मान सहित पास हुनेहरूको। ८ दाना नै नम्बर वनमा जान्छन्, जसलाई थोरै पनि सजाय मिल्दैन। कर्मातीत अवस्थालाई पाउँछन्। फेरि हुन्छ १०८, नम्बरवार त भनिन्छ नि। यो बनिबनाऊ अनादि ड्रामा हो, जसलाई साक्षी भएर हेर्नुहुन्छ– कसले राम्रो पुरुषार्थ गर्छ? कोही कोही बच्चाहरू पछि आएका छन्, श्रीमतमा चलिरहन्छन्। यस्तै श्रीमतमा चलिरहे भने सम्मान सहित पास भएर ८ को मालामा आउन सक्छन्। हो, चल्दा-चल्दै कहिले ग्रहचारी पनि आउँछ। यो उत्राइ चढाइ सबैका अगाडि आउँछ। यो कमाइ हो। कहिले धेरै खुसीमा रहन्छन्, कहिले कम। मायाको तुफान अथवा कुसङ्गतले पछि हटाइदिन्छ। खुसी गुम भएर जान्छ। गायन पनि गरिएको छ– सङ्गतले तार्छ कुसङ्गतले डुबाउँछ। रावणको सङ्गतले डुबाउँछ, रामको सङ्गतले तार्छ। रावणको मतले यस्तो बनेका छौ। देवताहरू पनि वाममार्गमा जान्छन्। उनीहरूका चित्र कति अश्लील देखाउँछन्। यो निशानी हो वाममार्गमा जाने। भारतमा नै राम राज्य थियो, भारतमा नै अहिले रावण राज्य छ। रावण राज्यमा १०० प्रतिशत दु:खी बन्छन्। यो खेल हो। यो ज्ञान जसलाई पनि सम्झाउन कति सहज छ।

(एक जना नर्स बाबाको सामुन्ने बसेकी छिन्) बाबा यस बच्चीलाई भन्नुहुन्छ– तिमी नर्स हौ, त्यो सर्भिस पनि गरिराख, साथ-साथै तिमीले यो सेवा पनि गर्न सक्छौ। बिरामीलाई पनि यो ज्ञान सुनाइराख– बाबालाई याद गर्नुभयो भने विकर्म विनाश हुन्छ, फेरि २१ जन्मको लागि तपाई रोगी बन्नुहुन्न। योगले नै हेल्थ र यो ८४ को चक्रलाई जान्नाले वेल्थ मिल्छ। तिमीले त धेरैको सेवा गर्न सक्छौ, धेरैको कल्याण गर्नेछौ। पैसा पनि जति मिल्छ त्यो यस रुहानी सेवामा लगाउने छौ। वास्तवमा तिमी पनि सबै नर्सहरू हौ नि। छी-छी विकारी मनुष्यलाई देवता बनाउनु, यो नर्स समान सेवा भयो नि। बाबा पनि भन्नुहुन्छ– मलाई पतित मनुष्यले बोलाउँछन्– आएर पावन बनाउनुहोस्। तिमीले पनि रोगीहरूको यो सेवा गर, तिमीमा बलिहार जान्छन्। तिमीहरूद्वारा साक्षात्कार पनि हुन सक्छ। यदि योगयुक्त भयौ भने ठूला-ठूला सर्जन आदि सबै आएर तिम्रो चरणमा पर्नेछन्। तिमीले गरेर हेर। यहाँ बादल आउँछन् रिफ्रेस हुन। फेरि गएर वर्षा गरेर अरूलाई रिफ्रेस गर्छन्। कति बच्चाहरूलाई यो पनि थाहा हुँदैन– कहाँबाट वर्सात हुन्छ? सम्झन्छन् इन्द्रले वर्षा गर्छन्। इन्द्रधनुष भन्छन् नि। शास्त्रमा त कति कुरा लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– यो फेरि पनि हुन्छ, ड्रामामा जे निश्चित छ। हामीले कसैको ग्लानि गर्दैनौं, यो त बनीबनाऊ अनादि ड्रामा हो। सम्झाइन्छ– यो भक्तिमार्ग हो। भन्ने पनि गरिन्छ– ज्ञान, भक्ति, वैराग्य। तिमी बच्चाहरूलाई यस पुरानो दुनियाँबाट वैराग्य छ। आफू मरेपछि दुनियाँ मरेजस्तै हो आत्मा शरीरदेखि अलग भएपछि दुनियाँ नै समाप्त।

बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! पढाइमा लापरवाही नगर। सारा कुरा पढाइमा आधारित छ। वकिल कसैले त एक लाख कमाउँछन् र कोही वकिललाई लगाउनको लागि कोट पनि हुँदैन। सबै पढाइमा आधारित छ। यो पढाइ त धेरै सहज छ। स्वदर्शन चक्रधारी बन्नु अर्थात् आफ्नो ८४ जन्मको आदि-मध्य-अन्त्यलाई जान्नु। अहिले यो सारा वृक्ष जीर्ण भएको छ, जग छैन। बाँकी सारा वृक्ष खडा छ। हुन त यो आदि सनातन देवी-देवता धर्म जो थियो, फेद थियो, त्यो अहिले छैन। धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेका छन्। मनुष्यले कसैलाई सद्गति दिन सक्दैन। बाबा बसेर यो सबै कुरा सम्झाउनु हुन्छ, तिमी सदाको लागि सुखी बन्छौ। कहिल्यै अकालमा मृत्यु हुँदैन। फलानो मर्यो, यो अक्षर त्यहाँ हुँदैन। त्यसैले बाबा सल्लाह दिनुहुन्छ, धेरैलाई मार्ग बतायौ भने उनीहरू तिमीमाथि बलिहार जान्छन्। कसैलाई साक्षात्कार पनि हुन सक्छ। साक्षात्कार केवल लक्ष्य-उद्देश्य हो। त्यसको लागि पढ्नु त पर्यो नि। नपढी कहाँ वकिल बनिन्छ र। यस्तो होइन– साक्षात्कार भयो अर्थात् मुक्त भयौं, मीरालाई साक्षात्कार भयो, यस्तो होइन– कृष्णपुरीमा गइन्। नवधा भक्ति गर्नाले साक्षात्कार हुन्छ। यहाँ फेरि छ नवधा याद। संन्यासी फेरि ब्रह्म ज्ञानी, तत्त्व ज्ञानी बन्छन्। बस्‚ ब्रह्ममा लीन हुनु छ। अब ब्रह्म त परमात्मा होइन।

अब बाबाले सम्झाउनु हुन्छ– गर्न त शरीर निर्वाहको लागि आफ्नो धन्धा आदि गर तर आफूलाई निमित्त सम्झिएर गर, तब उच्च पद मिल्छ। अनि ममत्व मेटिन्छ। यी बाबाले लिएर के गर्ने? यिनले सबै कुरा छोडे नि। घरबार वा महल आदि त बनाउनु छैन। यिनले भवन बनाउँछन् किनकि धेरै बच्चाहरू आउने छन्। आबूरोडबाट यहाँसम्म क्यू लाग्छ। तिम्रो अहिले प्रभाव निस्कने हो भने दिमागै खराब गरिदिन्छन्। ठूला मानिस आए भने भीड हुन्छ। तिम्रो प्रभाव अन्त्यमा निस्कन्छ, अहिले होइन। बाबालाई याद गर्ने अभ्यास गर्नु छ ताकि पाप काटियोस्। यसरी यादमा शरीर छोड्नु छ। सत्ययुगमा शरीर छोड्छन्, सम्झन्छन् एउटा छोडेर अर्को लिन्छु। यहाँ त कति देह-अभिमान हुन्छ। फरक छ नि। यी सबै कुरा नोट गर्नु-गराउनु छ। अरूलाई पनि आफूजस्तै हीरासमान बनाउनु पर्छ। जति पुरुषार्थ गर्नेछौ, त्यति उच्च पद पाउने छौ। यो, बाबाले सम्झाउनु हुन्छ, उहाँ कोही साधु-महात्मा हुनुहुन्न।

यो ज्ञान धेरै मजाको छ, यसलाई राम्रोसँग धारणा गर्नु छ। यस्तो होइन, बाबाबाट सुन्यो फेरि जहाँको तहीँ रह्यो। गीतमा पनि सुन्यौ नि, भनिएको छ– साथ लिएर जानुहोस्। तिमीले यी कुरालाई पहिला बुझ्दैनथ्यौ, अहिले बाबाले सम्झाउनु भएको छ त्यसैले बुझ्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) पढाइमा कहिल्यै लापर्बाही गर्नु हुँदैन। स्वदर्शन चक्रधारी बनेर रहनु छ। हीरासमान बनाउने सेवा गर्नु छ।

२) सच्चा कमाइ गर्नु र गराउनु छ। आफ्ना पुराना सबै चीज साट्नु छ। कुसङ्गतबाट आफ्नो सम्हाल गर्नु छ।

वरदान:–
दुनियाँका आँखाको नानी बनेर भक्तहरूलाई नजरबाट निहाल गर्ने दर्शनीय मूर्त भव

सारा विश्व तिम्रो नयनको दृष्टि लिनको लागि प्रतिक्षामा छ। जब तिमी दुनियाँका नयनका नानी आफ्नो सम्पूर्ण अवस्थासम्म पुग्छौ अर्थात् सम्पूर्णताको आँखा खोल्छौ तब सेकेन्डमा विश्व परिवर्तन हुन्छ। फेरि तिमी दर्शनीय मूर्त आत्माहरूले आफ्नो नजरबाट भक्त आत्माहरूलाई निहाल गर्न सक्छौ। नजरबाट निहाल हुनेहरूको लामो क्यू छ त्यसैले सम्पूर्णताको आँखा खुलिरहोस्। आँखा मिच्न, संकल्पहरूमा निस्सासिन र उँग्न बन्द गर तब दर्शनीय मूर्त बन्न सक्छौ।

स्लोगन:–
निर्मल स्वभाव निर्मानताको निशानी हो– निर्मल बन्यौ भने सफलता प्राप्त हुन्छ।