29.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
आफ्नो योगबलबाट विकर्म विनाश गरी पावन बनेर पावन दुनियाँ बनाउनु छ , यही तिम्रो सेवा
हो।”
प्रश्न:–
देवी-देवता
धर्मको कुनचाहिँ विशेषताको गायन छ?
उत्तर:–
देवी-देवता
धर्मले नै धेरै सुख दिन्छ। त्यहाँ दु:खको नाम-निशान हुँदैन। तिमी बच्चाहरूले तीन
चौथाई (३/४) सुख पाउँछौ। यदि आधा सुख, आधा दु:ख भयो भने मजा नै आउँदैन।
ओम् शान्ति ।
भगवानुवाच।
भगवानले नै सम्झाउनु भएको छ– कुनै पनि मनुष्यलाई भगवान भन्न सकिँदैन। देवताहरूलाई
पनि भगवान भन्न सकिँदैन। भगवान त निराकार हुनुहुन्छ, उहाँको कुनै पनि साकारी वा
आकारी रूप छैन। सूक्ष्म वतन निवासीहरूको पनि सूक्ष्म आकार छ, त्यसैले त्यसलाई
भनिन्छ सूक्ष्म वतन। यहाँ साकारी मनुष्य तन छ त्यसैले यसलाई स्थूल वतन भनिन्छ।
सूक्ष्म वतनमा यो स्थूल ५ तत्त्वहरूको शरीर हुँदैन। यी ५ तत्त्वहरूबाट मनुष्य शरीर,
बनेको छ, यसलाई भनिन्छ माटोको पुतला। सूक्ष्म वतन निवासीहरूलाई माटोको पुतला भनिदैन।
देवता धर्मालम्बी पनि हुन् मनुष्य, तर उनीहरूलाई भनिन्छ दैवी गुणभएका मनुष्य।
उनीहरूले दैवी गुण प्राप्त गरेका हुन् शिवबाबाबाट। दैवी गुणभएका मनुष्य र आसुरी
गुणभएका मनुष्यमा कति फरक छ। मनुष्य नै शिवालय वा पतित दुनियाँ मा रहन लायक बन्छन्।
सत्ययुगलाई भनिन्छ शिवालय। सत्ययुग यहाँ नै हुन्छ। कुनै मूल वतन वा सूक्ष्म वतनमा
हुँदैन। तिमी बच्चाहरूलाई थाहा छ– त्यो शिवबाबाद्वारा स्थापना गरिएको शिवालय हो।
कहिले स्थापना गर्नुभएको थियो? संगममा। यो पुरुषोत्तम युग हो। अहिले यो दुनियाँ छ
पतित तमोप्रधान। यसलाई सतोप्रधान नयाँ दुनियाँ भनिदैन। नयाँ दुनियाँलाई सतोप्रधान
भनिन्छ। त्यही फेरि जब पुरानो बन्छ तब त्यसलाई तमोप्रधान भनिन्छ। फेरि सतोप्रधान
कसरी बन्छ? तिमी बच्चाहरूको योगबलबाट। योगबलबाट नै तिम्रा विकर्म विनाश हुन्छन् र
तिमी पवित्र बन्छौ। पवित्रको लागि त फेरि अवश्य पवित्र दुनियाँ चाहिन्छ। नयाँ
दुनियाँलाई पवित्र, पुरानो दुनियाँलाई अपवित्र भनिन्छ। पवित्र दुनियाँ बाबाले
स्थापना गर्नुहुन्छ, पतित दुनियाँ रावणले स्थापना गर्छ। यी कुरा कुनै मनुष्यले
जानेका छैनन्। यी ५ विकार नभएको भए मनुष्य दु:खी भएर बाबालाई किन याद गर्थे! बाबा
भन्नुहुन्छ– म हुँ नै दु:ख-हर्ता सुख-कर्ता। रावणको ५ विकारको पुतला बनाइदिएका छन्,
१० शिर भएको। त्यस रावणलाई दुस्मन सम्झेर जलाउँछन्। त्यो पनि यस्तो होइन द्वापरको
आदि देखि नै जलाउन सुरु गर्छन्। होइन, जब तमोप्रधान बन्छन् तब कुनै भिन्न मतवाला
बसेर यो नयाँ कुरा निकाल्छन्। जब कसैले धेरै दु:ख दिन्छ भने उसको पुतला बनाउँछन्।
त्यस्तै यहाँ पनि मनुष्यलाई जब धेरै दु:ख पर्छ तब यो रावणको पुतला बनाएर जलाउँछन्।
तिमी बच्चाहरूलाई तीन चौथाई (३/४) सुख मिल्छ। यदि आधा दु:ख भयो भने त त्यो मजा नै
के भयो र! बाबा भन्नुहुन्छ– तिम्रो यो देवी-देवता धर्मले धेरै सुख दिन्छ। सृष्टि त
अनादि बनेको छ। यो कसैले सोध्न सक्दैन– सृष्टि किन बन्यो, फेरि कहिले समाप्त हुन्छ?
यो चक्र घुमिरहन्छ। शास्त्रमा कल्पको आयु लाखौं वर्ष भनिदिएका छन्। अवश्य संगमयुग
पनि हुनुपर्छ, जब सृष्टि परिवर्तन हुन्छ। अहिले जसरी तिमीले अनुभव गर्छौ, यसरी अरू
कसैले जानेका छैनन्। यति पनि जानेका छैनन्– बचपनमा राधा-कृष्ण नाम हुन्छ फेरि
स्वयंवर हुन्छ। दुवै बेग्ला-बेग्लै राजधानीका हुन्।उनीहरूको स्वयंवर हुन्छ अनि
लक्ष्मी-नारायण बन्छन्। यो सबै कुरा बाबाले सम्झाउनु हुन्छ। बाबा नै ज्ञानका सागर
हुनुहुन्छ। यस्तो होइन– उहाँ सर्वज्ञ हुनुहुन्छ। अब तिमी बच्चाहरूले सम्झन्छौ–
बाबाले त आएर ज्ञान दिनुहुन्छ। ज्ञान पाठशालामा मिल्छ। पाठशालामा लक्ष्य-उद्देश्य
अवश्य हुनुपर्छ। अहिले तिमीले पढिरहेका छौ। छी-छी दुनियाँमा राज्य गर्न सकिँदैन।
राज्य गर्छौं फूलको दुनियाँमा। राजयोग कुनै सत्ययुगमा कहाँ सिकाइन्छ र! संगमयुगमा
नै बाबाले राजयोग सिकाउनु हुन्छ। यो बेहदको कुरा हो। बाबा कहिले आउनु हुन्छ, कसैलाई
पनि थाहा छैन। घोर अन्धकारमा छन्। ज्ञान सूर्य नामबाट जापानमा त्यहाँका व्यक्तिहरूले
आफूलाई सूर्यवंशी कहलाउँछन्। वास्तवमा सूर्यवंशी त देवता नै हुन्। सूर्यवंशीहरूको
राज्य सत्ययुगमा थियो। गायन पनि छ– ज्ञान सूर्य प्रगटा... अनि भक्तिमार्गको अन्धकार
विनाश। नयाँ दुनियाँबाट पुरानो, पुरानो दुनियाँबाट फेरि नयाँ हुन्छ। यो बेहदको ठूलो
घर हो। कति ठूलो नाट्यशाला छ। सूर्य, चन्द्र, ताराले कति काम दिन्छन्। रातीमा धेरै
काम चल्छ। यस्ता पनि कैयौं राजाहरू छन् जो दिनमा सुत्छन्, रातमा आफ्नो सभा आदि
चलाउँछन्, किन-मेल गर्छन्। यो अहिलेसम्म पनि कहीं-कहीं चल्छ। मिल आदि पनि रातमा
चल्छन्। यो हो हदको दिन-रात। त्यो हो बेहदको कुरा। यो कुरा तिमी बाहेक अरू कसैको
बुद्धिमा छैन। शिवबाबालाई पनि जानेका छैनन्। बाबाले हरेक कुरा सम्झाइरहनु हुन्छ।
ब्रह्माको लागि पनि सम्झाइएको छ– प्रजापिता ब्रह्मा हुन्। बाबाले जब सृष्टि
रच्नुहुन्छ तब अवश्य कसैमा प्रवेश गर्नुहुन्छ। पावन मनुष्य त सत्ययुगमा नै हुन्छन्।
कलियुगमा त सबै विकारबाट पैदा हुन्छन्, त्यसैले पतित भनिन्छ। मनुष्यहरूले भन्छन्
विकार विना सृष्टि कसरी चल्छ? अरे, देवताहरूलाई तिमीले भन्छौ सम्पूर्ण निर्विकारी।
कति शुद्धताले उनीहरूको मन्दिर बनाउँछन्। ब्राह्मण बाहेक अरू कसैलाई पनि भित्र
प्रवेश गर्ने अनुमति हुँदैन। वास्तवमा यी देवताहरूलाई विकारी कसैले पनि स्पर्श गर्न
सक्दैनन्। तर आजकल त पैसाबाट नै सबै कुरा हुन्छ। कोही घरमा मन्दिर आदि बनाउँछन् भने
पनि ब्राह्मणलाई नै बोलाउँछन्। अब विकारी त ती ब्राह्मण पनि हुन्, केवल नाम
ब्राह्मण हो। यो त दुनियाँ नै विकारी हो भने पूजा पनि विकारीहरूबाट नै हुन्छ।
निर्विकारी कहाँबाट आउँछन् र? निर्विकारी हुन्छन् नै सत्ययुगमा। यस्तो पनि होइन जो
विकारमा जादैनन् उनलाई निर्विकारी भनिन्छ। शरीर त फेरि पनि विकारबाट पैदा भएको हो।
बाबाले एउटै कुरा बताउनु भएको छ– यो सारा रावण राज्य हो। रामराज्यमा हुन्छ सम्पूर्ण
निर्विकारी, रावण राज्यमा हुन्छ विकारी। सत्ययुगमा पवित्रता थियो त्यसैले शान्ति र
सम्पन्नता थियो। तिमीले देखाउन सक्छौ– सत्ययुगमा यी लक्ष्मी-नारायणको राज्य थियो
नि। त्यहाँ ५ विकार हुँदैन। त्यो त हो नै पवित्र राज्य, जुन भगवानले स्थापना
गर्नुहुन्छ। भगवानले पतित दुनियाँ कहाँ स्थापना गर्नुहुन्छ र! सत्ययुगमा यदि पतित
हुन्थे भने पुकार्थे। त्यहाँ त कसैले पनि पुकार्दैनन्। सुखमा कसैले पनि याद गर्दैनन्।
परमात्माको महिमा पनि गर्छन्– सुखका सागर, पवित्रताका सागर....। भन्ने पनि गर्छन्
शान्ति होस्। अब सारा दुनियाँमा मनुष्यले कसरी शान्ति स्थापना गर्न सक्छन्? शान्तिको
राज्य त एक स्वर्गमा नै थियो। जब कोही आपसमा लड्छन् भने शान्ति गराउनु पर्ने हुन्छ।
त्यहाँ त हुन्छ नै एक राज्य।
बाबा भन्नुहुन्छ– यो
पुरानो दुनियाँ नै अब समाप्त हुनु छ। यस महाभारत लडाईंमा सबै विनाश हुन्छन्।
विनाशकाले विपरीत बुद्धि अक्षर पनि लेखिएको छ। वास्तवमा पाण्डव त तिमी हौ नि। तिमी
हौ रुहानी पण्डा। सबैलाई मुक्तिधामको मार्ग बताउँछौ। त्यो हो आत्माहरूको घर
शान्तिधाम। यो हो दु:खधाम। अब बाबा भन्नुहुन्छ– यस दु:खधामलाई देखेर पनि बिर्सिदेऊ।
पुग्यो, अब त हामी शान्तिधाममा जानु छ। यो आत्माले भन्छ, आत्माले महसुस गर्छ।
आत्मालाई स्मृति आएको छ– म आत्मा हुँ। बाबा भन्नुहुन्छ– म जो हुँ जस्तो हुँ... अरू
त कसैले जान्न सक्दैन। तिमीलाई नै सम्झाइएको छ– म बिन्दु हुँ। तिम्रो बुद्धिमा
घरी-घरी यो रहनु पर्छ हामीले ८४ को चक्कर कसरी लगायौ? यसमा बाबा पनि याद हुन्छ, घर
पनि याद आउने छ, चक्र पनि याद आउने छ। यस विश्वको इतिहास भूगोललाई तिमीले नै जानेका
छौ। कति खण्डहरू छन्। कति लडार्इं आदि भए। सत्ययुगमा लडाईं आदिको कुरा हुँदैन। कहाँ
राम राज्य, कहाँ रावण राज्य। बाबा भन्नुहुन्छ– अहिले तिमी मानौं ईश्वरीय राज्यमा छौ
किनकि ईश्वर यहाँ आउनु भएको छ राजाई स्थापना गर्न। ईश्वरले स्वयं राजाई पनि
लिनुहुन्न। निष्काम सेवा गर्नुहुन्छ। उच्च भन्दा उच्च भगवान हुनुहुन्छ सबै
आत्माहरूका बाबा। बाबा भन्ने बित्तिकै एकदम खुसीको पारा चढ्नुपर्छ। अतीन्द्रिय सुख
तिम्रो अन्तिम अवस्थाको गायन हो। जब परीक्षाको दिन नजिक आउँछ त्यस बेला सबै
साक्षात्कार हुन्छ। अतीन्द्रिय सुख पनि बच्चाहरूमा नम्बरवार हुन्छ। कोही त बाबाको
यादमा धेरै खुसीमा रहन्छन्।
तिमी बच्चाहरूलाई सारा
दिन यही महसुस होस्, ओहो बाबा! हजुरले हामीलाई केबाट के बनाइदिनु भयो! हजुरबाट
हामीलाई कति सुख मिल्छ.... बाबालाई याद गर्दा प्रेमका आँसु आउँछन्। कमाल छ, हजुर
आएर हामीलाई दु:खबाट छुटाउनु हुन्छ, विषय सागरबाट क्षीर सागरमा लिएर जानु हुन्छ,
सारा दिन यही महसुस हुनुपर्छ। बाबाले जुन समय तिमीलाई याद दिलाउनु हुन्छ त्यसबेला
तिमी कति गद्गद् हुन्छौ। शिवबाबा हामीलाई राजयोग सिकाउँदै हुनुहुन्छ। वास्तवमा
शिवरात्रि पनि मनाइन्छ। तर मनुष्यहरूले शिवबाबाको सट्टा श्रीकृष्णको नाम गीतामा
राखिदिएका छन्। यो सबैभन्दा ठूलो (एकज) भूल हो। नम्बरवन गीतामा नै भूल गरिदिएका छन्।
ड्रामा नै यस्तो बनेको छ। बाबा आएर यो भूल बताउनु हुन्छ– पतित-पावन म हुँ वा कृष्ण?
तिमीलाई मैले राजयोग सिकाएर मनुष्यबाट देवता बनाएँ। गायन पनि मेरो हो नि। अकालमूर्त,
अयोनि... यो महिमा कृष्णलाई कहाँ गर्न सकिन्छ र! उनी त पुनर्जन्ममा आउनेवाला हुन्।
तिमी बच्चाहरूमा पनि नम्बरवार छन्, जसको बुद्धिमा यी सबै कुरा रहन्छन्। ज्ञानको साथै
चालचलन पनि राम्रो हुनुपर्छ। माया पनि कम छैन। जो पहिला आउँछन् उनीहरू अवश्य त्यति
नै तागत भएका होलान्। पार्टधारी भिन्न-भिन्न हुन्छन् नि। हीरो-हीरोइनको पार्ट
तिमीहरूलाई नै मिलेको छ। तिमीले सबैलाई रावण राज्यबाट छुटाउँछौ। श्रीमतबाट तिमीलाई
कति बल मिल्छ। माया पनि धेरै बलवान छ, चल्दा-चल्दै धोका दिन्छ।
बाबा प्यारका सागर
हुनुहुन्छ त्यसैले तिमी बच्चाहरू पनि बाबा समान प्यारको सागर बन्नु छ। कहिल्यै कटु
वचन नबोल। कसैलाई दु:ख दियौ भने दु:खी भएर मर्छौ। यो बानी सबै मेटाउनु पर्छ।
सबैभन्दा फोहोर बानी हो विषय सागरमा गोता खानु। बाबा पनि भन्नुहुन्छ– काम महाशत्रु
हो। कति बच्चीहरूले मार खान्छन्। कसै कसैले त बच्चीहरूलाई भन्छन्, हुन्छ पवित्र बन।
अरे, पहिला स्वयं त पवित्र बन। बच्चीलाई दिए, खर्च आदिको बोझबाट पनि छुटे किनकि
सम्झन्छन् थाहा छैन, यिनको भाग्यमा के छ, घर पनि कुनै सुखी मिल्छ वा मिल्दैन। आजकल
खर्च पनि धेरै लाग्छ। गरिबहरूले त चाँडै दिन्छन्। कसैको फेरि मोह रहन्छ। पहिला एक
भिलनी आउँथिन्, उनलाई ज्ञानमा आउन दिएनन् किनकि जादुको डर थियो। भगवानलाई जादुगर पनि
भन्छन्। कृपालु पनि भगवानलाई नै भनिन्छ। कृष्णलाई कहाँ भनिन्छ र! दयालु ऊ हो जसले
निर्दयीहरूबाट छुटाउँछ। निर्दयी हो रावण।
पहिला-पहिला हो ज्ञान।
ज्ञान, भक्ति फेरि वैराग्य। यस्तो होइन भक्ति, ज्ञान फेरि वैराग्य भनिन्छ। ज्ञानलाई
वैराग्य कहाँ भन्न सकिन्छ। भक्तिदेखि वैराग्य गर्नुपर्छ। त्यसैले ज्ञान, भक्ति,
वैराग्य– यो अक्षर सही छ। बाबाले तिमीलाई बेहदको अर्थात् पुरानो दुनियाँको वैराग्य
गराउनु हुन्छ। संन्यासीले त केवल घरबारबाट वैराग्य गराउँछन्। यो पनि ड्रामामा
निश्चित छ। मनुष्यको बुद्धिमा बस्दै बस्दैन। विश्व १०० प्रतिशत सम्पन्न, निर्विकारी,
स्वस्थ थियो, कहिल्यै अकाल मृत्यु हुँदैनथ्यो, यी सबै कुराको धारणा धेरै कमलाई
मात्र हुन्छ। जसले राम्रो सेवा गर्छन्, उनीहरू धेरै धनवान बन्छन्। बच्चाहरूलाई त
सारा दिन बाबा बाबा नै याद रहनु पर्छ। तर मायाले गर्न दिदैन। बाबा भन्नुहुन्छ–
सतोप्रधान बन्नु छ भने हिँड्दा, डुल्दा खाँदा मलाई याद गर। म तिमीलाई विश्वको मालिक
बनाउँछु, तिमीले याद गर्दैनौ! कतिलाई मायाको तुफान धेरै आउँछ। बाबा सम्झाउनु हुन्छ–
यो त हुन्छ। ड्रामामा निश्चित छ। स्वर्गको स्थापना त हुनु नै छ। सधैं नयाँ दुनियाँ
त रहन सक्दैन। चक्र घुम्छ त्यसैले तल अवश्य उत्रिइन्छ। हरेक चीज नयाँबाट फेरि पुरानो
अवश्य हुन्छ। यस समय मायाले सबैलाई अप्रिल फुल (मूर्ख) बनाएको छ, बाबा आएर फूल
बनाउनु हुन्छ। अच्छा।
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबा समान प्यारको सागर बन्नु छ। कहिल्यै कसैलाई दु:ख दिनु छैन। नराम्रो बोली
बोल्नु छैन। फोहोरी बानी मेटाइदिनु छ।
२) बाबासँग मीठा-मीठा
कुरा गर्दै यही फिलिङ्गमा रहनु छ। ओहो, बाबा! हजुरले हामीलाई केबाट के बनाइदिनु भयो!
हजुरले हामीलाई कति सुख दिनुभएको छ! बाबा, हजुरले क्षीर सागरमा लिएर जानुहुन्छ....
सारा दिन बाबा-बाबा याद रहोस्।
वरदान:–
सर्व सम्बन्ध
र सर्व गुणको अनुभूतिमा सम्पन्न बन्ने सम्पूर्णमूर्त भव
संगमयुगमा विशेष सर्व
प्राप्तिहरूमा स्वयंलाई सम्पन्न बनाउनु छ, त्यसैले सर्व खजाना, सर्व सम्बन्ध,
सर्वगुण र कर्तव्यलाई सामुन्ने राखेर जाँच गर– सबै कुरामा अनुभवी बनेको छु? यदि कुनै
पनि कुराको अनुभवमा कमी छ भने त्यसमा स्वयम्लाई सम्पन्न बनाऊ। एउटा सम्बन्ध वा गुणको
कमी छ भने पनि सम्पूर्ण स्टेज वा सम्पूर्णमूर्त भन्न सकिदैन त्यसैले बाबाको गुण वा
आफ्नो आदि स्वरूपका गुणहरूको अनुभव गर तब सम्पूर्णमूर्त बन्छौ।
स्लोगन:–
जोशमा आउनु पनि
मनबाट रूनु हो– अब रूने फाइल समाप्त गर।