30.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यस दुनियाँमा कुनै पनि सार छैन , त्यसैले तिमीले यसमा दिल लगाउनु हुँदैन , बाबाको याद टुट्यो भने सजाय खानु पर्नेछ।”

प्रश्न:–
बाबाको मुख्य निर्देशन के हो? त्यसको उल्लङ्घन किन हुन्छ?

उत्तर:–
बाबाको निर्देशन छ– कसैबाट सेवा नलेऊ किनकि तिमी स्वयं सेवाधारी हौ। तर देह-अभिमानको कारण बाबाको यो निर्देशनको उल्लङ्घन गर्छन्। बाबा भन्नुहुन्छ– यहाँ तिमीले सुख लियौ भने त्यहाँको सुख कम हुन्छ। कति बच्चाहरूले भन्छन्– म त आत्म-निर्भर छु तर तिमीहरू सबै बाबामाथि निर्भर रहन्छौ।

गीत:–
दिलका सहारा टुट न जाए...।

ओम् शान्ति ।
शिव भगवानुवाच, आफ्ना शालिग्रामहरूप्रति। शिव र शालिग्रामलाई त सबै मनुष्यहरूले जानेका छन्। दुवै निराकार हुन्। अब कृष्ण भगवानुवाच भन्न सकिँदैन। भगवान एउटै हुनुहुन्छ। त्यसैले शिव भगवानुवाच कसको लागि? रुहानी बच्चाहरूको लागि। बाबाले सम्झाउनु भएको छ– बच्चाहरूको अहिले सम्बन्ध छ नै बाबासँग किनकि पतित-पावन ज्ञानका सागर, स्वर्गको वर्सा दाता त शिव बाबा नै हुनुहुन्छ। याद पनि उहाँको नै गर्नु छ। ब्रह्मा हुन् उहाँको भाग्यशाली रथ। रथद्वारा नै बाबाले वर्सा दिनुहुन्छ। ब्रह्मा वर्सा दाता होइनन्, उनी त लिने हुन्। त्यसैले बच्चाहरूले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। उहादरणको लागि सम्झ, रथलाई कुनै कष्ट हुन्छ वा कारण-अकारण बच्चाहरूलाई मुरली मिल्दैन भने बच्चाहरूको सारा ध्यान जान्छ शिवबाबातर्फ। उहाँ त कहिल्यै बिरामी हुन सक्नुहुन्न। बच्चाहरूलाई यति ज्ञान मिलेको छ त्यो पनि सम्झाउन सक्छन्। प्रदर्शनीमा बच्चाहरूले कति सम्झाउँछन्। ज्ञान त बच्चाहरूमा छ नि। हरेकको बुद्धिमा चित्रहरूको ज्ञान भरिएको छ। बच्चाहरूलाई कुनै अड्चन हुन सक्दैन। मानौं, हुलाक आउन-जान बन्द हुन्छ, हडताल हुन्छ अनि के गर्छौ? ज्ञान त बच्चाहरूमा छ। सम्झाउनु पर्छ– सत्ययुग थियो, अहिले कलियुग पुरानो दुनियाँ हो। गीतमा पनि भन्छन्– पुरानो दुनियाँमा कुनै सार छैन, यसमा दिल लगाउनु छ्रैन। नत्र सजाय मिल्छ। बाबाको यादबाट सजाय काटिँदै जान्छ। यस्तो नहोस् बाबाको याद टुटोस् अनि सजाय खान परोस्, फेरि पुरानो दुनियाँमा जाऔं। यस्ता त धेरै गएका छन्, जसको बाबालाई याद पनि छैन। पुरानो दुनियाँसँग दिल लाग्यो, जमाना धेरै नराम्रो छ। कसैसँग दिल लगायो भने सजाय धेरै मिल्छ। बच्चाहरूले ज्ञान सुन्नु छ। भक्तिमार्गका गीत पनि सुन्नु छैन। अहिले तिमी छौ संगममा। ज्ञानसागर बाबाद्वारा तिमीलाई संगममा नै ज्ञान मिल्छ। दुनियाँमा यो कसैलाई पनि थाहा छैन– ज्ञानसागर एउटै हुनुहुन्छ। उहाँले जब ज्ञान दिनुहुन्छ तब मनुष्यको सद्गति हुन्छ। सद्गति दाता एउटै हुनुहुन्छ, त्यसैले उहाँको मतमा चल्नुपर्छ। मायाले कसैलाई पनि छोड्दैन। देह-अभिमान भएपछि नै कुनै न कुनै भूल हुन्छ। कुनै हल्का कामवश हुन्छन्, कुनै क्रोधवश। मनमा तुफान धेरै आउँछ– प्यार गरौं, यो गरौं...। कसैको शरीरसँग दिल लगाउनु छैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ्यौ भने शरीरको भान रहँदैन। नत्र बाबाको आज्ञाको उल्लङ्घन हुन्छ। देह-अहंकारबाट नोक्सान धेरै हुन्छ त्यसैले देह सहित सबै कुरा बिर्सिनु छ। केवल बाबा र घरलाई याद गर्नु छ। आत्माहरूलाई बाबाले सम्झाउनु हुन्छ, शरीरबाट काम गर्दा मलाई याद गर्यौ भने विकर्म भस्म हुन्छ। मार्ग त धेरै सहज छ। यो पनि सम्झनुहुन्छ– तिमीबाट गल्ती भइरहन्छ। तर यस्तो नहोस्– गल्तीमा फँसिराख। एक पटक गल्ती भयो भने फेरि त्यो भूल गर्नु हुँदैन। आफ्नो कान समात्नुपर्छ, फेरि यो भूल हुने छैन। पुरुषार्थ गर्नुपर्छ। यदि घरी-घरी भूल भयो भने सम्झनुपर्छ मेरो धेरै नोक्सान हुन्छ। भूल गर्दा-गर्दा नै दुर्गति पाएका हौ नि। कति लामो सिँढी उत्रेर के बनेका छौ! पहिला त यो ज्ञान थिएन। अहिले नम्बरवार पुरुषार्थ अनुसार ज्ञानमा सबै निपुण भएका छौ। जति हुन सक्छ अन्तर्मुखी भएर रहनु छ, मुखबाट केही पनि भन्नु छैन। जो ज्ञानमा निपुण बच्चाहरू छन्, उनीहरूले कहिल्यै पुरानो दुनियाँमा दिल लगाउँदैनन्। उनीहरूको बुद्धिमा रहन्छ हामी त रावण राज्यको विनाश गर्न चाहन्छौं। यो शरीर पनि पुरानो रावण सम्प्रदायको हो अनि हामीले रावण सम्प्रदायलाई किन याद गरौं? एक रामलाई याद गरौं। सच्चा पिताव्रता बन्यौ हैन।

बाबा भन्नुहुन्छ– मलाई याद गरिरह्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। पिताव्रता अथवा भगवानव्रता बन्नुपर्छ। भक्तले भगवानलाई नै याद गर्छन्– हे भगवान आएर हामीलाई सुख-शान्तिको वर्सा दिनुहोस्। भक्तिमार्गमा त कुर्बान जान्छन्, बली चढ्छन्। यहाँ बली चढ्ने कुरा त छैन। हामी त जीवन छँदै मर्छौं अर्थात् बली चढ्छौं। यो हो जीवन छँदै बाबाको बन्नु किनकि उहाँबाट वर्सा लिनु छ। उहाँको मतमा चल्नु छ। जीवन छँदै बली चढ्ने, समर्पित हुने वास्तवमा अहिलेको कुरा हो। भक्तिमार्गमा उनीहरूले कति जीवघात आदि गर्छन्। यहाँ जीवघातको कुरा छैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ, बाबासँग योग लगाऊ, देह-अभिमानमा नआऊ। उठ्दा-बस्दा बाबालाई याद गर्ने पुरुषार्थ गर्नु छ। १०० प्रतिशत पास त कोही भएका छैनन्। तल-माथि भइरहन्छ। भूल भइरहन्छ, त्यसमा होशियारी भएन भने भूल गर्न छोडिन्छ कसरी? मायाले कसैलाई पनि छोड्दैन। भन्छन् बाबा मैले मायासँग हारें, पुरुषार्थ गर्छु पनि तर थाहा छैन के हुन्छ। थाहा छैन, मबाट यति कडा भूल कसरी हुन्छ। सम्झन्छन् पनि– ब्राह्मणकुलमा यसबाट हाम्रो नाम बदनाम हुन्छ। फेरि पनि मायाको यस्तो आक्रमण हुन्छ जो समझमा आउँदैन। देह-अभिमानमा आउनाले बेसमझ जस्तै बन्छन्। बेसमझदारीको काम भयो भने ग्लानि पनि हुन्छ, वर्सा पनि कम हुन्छ। यस्तो धेरैले भूल गर्छन्। मायाले जोडसँग यस्तो थप्पड लगाइदिन्छ जसले गर्दा स्वयं त हार खान्छन् अनि फेरि क्रोधवश कसैलाई थप्पड वा जुत्ता आदिले हान्न थाल्छन् अनि पश्चात्ताप पनि गर्छन्। बाबा भन्नुहुन्छ– अब त धेरै मेहनत गर्नुपर्छ। आफ्नो पनि नोक्सान गर्यो अनि अरूको पनि नोक्सान गर्यो, कति घाटा भयो। राहुको ग्रह बस्छ। अहिले बाबा भन्नुहुन्छ– दे दान त छूटे ग्रहण। राहुको ग्रहण लाग्यो भने त्यसले समय लिन्छ। सिँढी चढेर फेरि उत्रन मुस्किल हुन्छ। मनुष्यलाई मदिराको लत बस्यो भने त्यसलाई छोड्न कति मुस्किल हुन्छ। सबैभन्दा ठूलो भूल हो– कालो मुख पार्नु। घरी-घरी शरीर याद आउँछ। अनि बालबच्चा आदि भए भने उनीहरूको पनि याद भइरहन्छ। तिनीहरूले फेरि अरूलाई के ज्ञान देलान्। उनीहरूले भनेको कसैले सुन्दा पनि सुन्दैनन्। म त अहिले सबैलाई भुल्ने कोसिस गरेर एक बाबालाई नै याद गर्छु। यसमा धेरै सम्हाल गर्नुपर्छ। माया धेरै तीक्ष्ण छ। सारा दिन शिवबाबाको मात्र याद गर्ने ख्याल हुनुपर्छ। अब नाटक पूरा हुन्छ, हामी जानुपर्छ। यो शरीर पनि समाप्त हुन्छ। जति बाबालाई याद गर्छौं त्यति देह-अभिमान टुट्दै जान्छ अरू कसैको पनि याद हुँदैन। कति महान् लक्ष्य छ, एक बाबा सिवाय अरू कसैसँग दिल लगाउनु छैन। नत्र उही सामुन्ने आउने छ। दुस्मनी हुन्छ। धेरै उच्च लक्ष्य छ। भन्न त धेरै सहज छ, लाखौंमा कुनै एक दाना निस्कन्छ। कसैले छात्रवृत्ति पनि लिन्छन्। जसले राम्रो मेहनत गर्छन्, अवश्य छात्रवृत्ति लिन्छन्। साक्षी भएर हेर्नु छ– कसरी सेवा गर्छु? धेरै बच्चाहरूले चाहन्छन् लौकिक सेवा छोडेर यसमा लागौं। तर बाबाले परिस्थिति पनि हेर्नुहुन्छ। एक्लै छ, कुनै सम्बन्धी छैनन् भने फरक पर्दैन। तैपनि भन्नुहुन्छ नोकरी पनि गर अनि यो सेवा पनि गर। नोकरीमा पनि धेरैसँग भेटघाट हुन्छ। तिमी बच्चाहरूलाई ज्ञान त धेरै मिलेको छ। बच्चाहरूद्वारा पनि बाबाले धेरै सेवा गराइरहनु हुन्छ। कसैमा प्रवेश गरेर सेवा गर्नुहुन्छ। सेवा त गर्नु नै छ। जसको शिरमा जिम्मेदारीको बोझ छ, ऊ कसरी निदाउन सक्छ! शिवबाबा त हुनुहुन्छ नै जागती ज्योति। बाबा भन्नुहुन्छ– म त दिन-रात सेवा गर्छु, थाक्छ शरीर। फेरि आत्माले पनि के गरोस्, शरीरले काम दिँदैन। बाबा त अथक हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ जागती ज्योति, सारा दुनियाँलाई जगाउनु हुन्छ। उहाँको पार्ट नै अनौठो छ, जसलाई तिमी बच्चाहरूमा पनि थोरैले जानेका छौ। कालका काल हुनुहुन्छ बाबा। उहाँको आज्ञा नमान्ने हो भने धर्मराजबाट डन्डा खान्छौ। बाबाको मुख्य निर्देशन छ कसैबाट सेवा नलेऊ। तर देह-अभिमानमा आएर बाबाको आज्ञाको उल्लङ्घन गर्छन्। बाबा भन्नुहुन्छ– तिमी स्वयं सेवाधारी हौ। यहाँ सुख लियौ भने, त्यहाँ सुख कम हुन्छ। बानी परेपछि नोकर नभइकन रहन सक्दैनन्। कतिले भन्छन्– म त आत्मनिर्भर छु तर बाबा भन्नुहुन्छ– आश्रित रहनु राम्रो हो। तिमीहरू सबै बाबामाथि निर्भर रहन्छौ। स्वतन्त्र भएपछि गिर्छौ। तिमीहरू सबै निर्भर गर्छौ शिवबाबामाथि। सारा दुनियाँले निर्भर गर्छ, तब त भन्छन् हे! पतित-पावन आउनुहोस्। उहाँबाटै सुख-शान्ति मिल्छ, तर सम्झदैनन्। यो भक्तिमार्गको समय पनि पार गर्नु छ, जब रात पूरा हुन्छ तब बाबा आउनु हुन्छ। एक सेकेण्डको पनि फरक पर्न सक्दैन। बाबा भन्नुहुन्छ– म यो ड्रामालाई जान्नेवाला हुँ। ड्रामाको आदि, मध्य, अन्त्यलाई अरू कसैले पनि जानेका छैनन्। सत्ययुगदेखि लिएर यो ज्ञान प्राय: लोप हुन्छ। अहिले तिमीले रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई जानेका छौ, यसलाई नै ज्ञान भनिन्छ, बाँकी सबै हो भक्ति। बाबालाई ज्ञानका सागर भनिन्छ। हामीलाई त्यही ज्ञान मिलिरहेको छ। बच्चाहरूलाई राम्ररी नशा पनि हुनुपर्छ। तर यो पनि सम्झन्छन्– राजधानी स्थापना हुन्छ। कोही त प्रजामा पनि साधारण नोकर-चाकर बन्छन्। अलिकति पनि ज्ञान समझमा आउँदैन। अचम्म छ नि! ज्ञान त धेरै सहज छ। अब ८४ जन्मको चक्र पूरा भयो। अब जानु छ आफ्नो घर। हामी नाटकका मुख्य कलाकार हौं। सारा नाटकलाई जानेका छौं। सारा ड्रामामा हीरो-हीरोइन कलाकार हामी हौं। कति सहज छ। तर तकदिरमा छैन भने पुरुषार्थ पनि के गर्ला! पढाइमा यस्तै हुन्छ। कोही फेल हुन्छ, कति ठूलो विद्यालय छ। राजधानी स्थापना हुनु छ। अब जति जसले पढ्छ, बच्चाहरूले जान्न सक्छन् हामीले के पद पाउँछौं होला। धेरै छन् सबै वारिस त बन्दैनन्। पवित्र बन्न धेरै मुस्किल छ। बाबाले कति सहजै सम्झाउनु हुन्छ, अब नाटक पूरा हुन्छ। बाबाको यादबाट सतोप्रधान बनेर, सतोप्रधान दुनियाँको मालिक बन्नु छ। जति हुन सक्छ यादमा रहनु छ। तर तकदिरमा छैन भने बाबाको साटो अरू-अरूको याद गर्छन्। अरूमा दिल लगाउनाले फेरि रून पनि धेरै पर्छ। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँमा दिल लगाउनु छैन। यो त समाप्त हुन्छ। यो अरू कसैलाई पनि थाहा छैन। उनीहरूले त सम्झन्छन्– कलियुग अझै धेरै समय चल्छ। घोर निद्रामा सुतेका छन्। तिम्रो यो प्रदर्शनी प्रजा बनाउने विहंग मार्गको सेवाको साधन हो। राजा-रानी पनि कुनै निस्कन्छन्। धेरै छन् जसले सेवाको राम्रो सोख राख्छन्। फेरि कोही गरिब, कोही धनवान छन्। अरूलाई आफू समान बनाउँछन्, उनीहरूलाई पनि फाइदा त हुन्छ नि। अन्धाको लट्ठी बन्नु छ, केवल यो बताउनु छ– बाबा र वर्सालाई याद गरौं, विनाश सामुन्ने खडा छ। जब विनाशको समय नजिक देख्छन् तब तिम्रो कुरा सुन्छन्। तिम्रो सेवा पनि बढ्दै जान्छ, सम्झन्छन् अवश्य यो ठिक हो। तिमी भनिरहन्छौ विनाश हुन्छ।

तिम्रो प्रदर्शनी, मेलाको सेवा बढिरहन्छ। कोसिस गर्नु छ– कुनै राम्रो हल मिलोस्। भन– भाडा दिनको लागि त हामी तयार छौं, तपाईको अझ नाम प्रसिद्ध हुन्छ। धेरैसँग यस्ता हल हुन्छन्। पुरुषार्थ गर्नाले ३ पाइला पृथ्वी मिल्छ, तबसम्म तिमीले साना-साना प्रदर्शनी राख। शिवजयन्ती पनि तिमीले मनायौ भने आवाज हुन्छ। तिमीले लेख्छौ पनि– शिवजयन्तीमा बिदाको दिन निश्चित गर। वास्तवमा जन्म दिन त एकको नै मनाउनु पर्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। वास्तवमा सही छाप पनि यो त्रिमूर्तिको हो। सत्यमेव जयते... यो हो विजय पाउने समय। सम्झाउनेवाला पनि राम्रो चाहिन्छ। सबै सेवाकेन्द्रका जो मुख्य छन् उनीहरूले ध्यान दिनुपर्छ। आफ्नो छाप निकाल्न सक्छन्। यो हो त्रिमूर्ति शिवजयन्ती। केवल शिवजयन्ती भन्नाले बुझ्न सक्दैनन्। अब काम त बच्चाहरूले नै गर्नु छ। धेरैको कल्याण भयो भने कति लिफ्ट मिल्छ, सेवामा लिफ्ट धेरै मिल्छ। प्रदर्शनीबाट धेरै सेवा हुन सक्छ। प्रजा त बन्छन् नि। बाबाले हेर्नुहुन्छ सेवामा कुन बच्चाको ध्यान रहन्छ! दिलमा पनि उही चढ्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यदि एक पटक भूल भयो भने त्यसै समय कान समात्नुपर्छ, अर्को पटक त्यो भूल नहोस्। कहिल्यै पनि देह अहंकारमा आउनु हुँदैन। ज्ञानमा निपुण बनेर अन्तर्मुखी रहनु छ।

२) सच्चा पिताव्रता बन्नु छ, जीवन छँदै बलि चढ्नु छ। कसैसँग पनि दिल लगाउनु छैन। बेसमझको कुनै पनि काम गर्नु हुँदैन।

वरदान:–
वियोग (जुदाई)लाई सदाकालको लागि बिदाई दिने स्नेही स्वरूप भव

स्नेहीलाई जे मन पर्छ स्नेह त्यो नै गर्नेलाई मन पर्नु– यही स्नेहको स्वरूप हो। हिंड्नु-डुल्नु-खानु-पिउनु-बस्नु स्नेहीको चाहना अनुरुप होस् त्यसैले कुनै पनि संकल्प वा कर्म गर्दा पहिले सोच– यो स्नेही बाबाको चाहना अनुरुप छ। यस्तो सच्चा स्नेही बन्यौ भने निरन्तर योगी, सहज योगी बन्छौ। यदि स्नेही स्वरूपको समान स्वरूपमा परिवर्तन गरिदियौ भने अमर भवको वरदान मिल्छ र जुदाई (वियोग)लाई सदाकालको लागि बिदाई मिल्छ।

स्लोगन:–
स्वभावलाई सरल र पुरुषार्थलाई अटेन्सनवाला बनाऊ।