31.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– पुण्य
आत्मा बन्नको लागि आफ्नो चार्ट हेर , कुनै पाप त भएको छैन , सत्यताको खाता जम्मा छ
?”
प्रश्न:–
सबैभन्दा ठूलो
पाप कुनचाहिँ हो?
उत्तर:–
कसैप्रति
विकारी दृष्टि राख्नु– यो सबैभन्दा ठूलो पाप हो। तिमी पुण्य आत्मा बन्ने बच्चाहरूले
कसैप्रति पनि विकारी दृष्टि राख्न सक्दैनौ। जाँच गर्नु छ– म कहाँसम्म योगमा रहन्छु?
कुनै पाप त गर्दिनँ? उच्च पद पाउनु छ भने सावधानी राख, अलिकति पनि कुदृष्टि नहोस्।
बाबाले जुन श्रीमत दिनुहुन्छ त्यसमा पूरा चल्दै जाऊ।
गीत:–
मुखडा देख ले
प्राणी...।
ओम् शान्ति ।
बेहदका बाबाले
आफ्ना बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई जाँच गर। यो त सबैलाई थाहा
हुन्छ– हामीले सारा जीवनमा कति पाप, कति पुण्य गरेका छौं? सधैं आफ्नो चार्ट हेर– कति
पाप र कति पुण्य गरेका छौं? कसैलाई असन्तुष्ट त गरिनँ? हरेक मनुष्यले बुझ्न सक्छ–
मैले जीवनमा के-के गरेको छु? कति पाप गरेको छु, कति दान-पुण्य आदि गरेको छु?
मनुष्यहरू यात्रामा जाँदा दान पुण्य गर्छन्। पाप नगर्ने कोसिस गर्छन्। त्यसैले
बाबाले बच्चाहरूसँग नै सोध्नुहुन्छ– कति पाप, कति पुण्य गरेका छौ? अहिले तिमी
बच्चाहरू पुण्य आत्मा बन्नु छ। कुनै पनि पाप गर्नु छैन। पाप पनि अनेक प्रकारका
हुन्छन्। कसैमा खराब दृष्टि जानु यो पनि पाप हो। खराब दृष्टि हुन्छ नै विकारको। त्यो
हो सबैभन्दा खराब। कहिल्यै पनि विकारको दृष्टि जानु हुँदैन। विशेष गरेर
स्त्री-पुरुषको त विकारको नै दृष्टि हुन्छ। कुमार-कुमारीको पनि कहीं-कहीं विकारको
दृष्टि उठ्छ। अब बाबा भन्नुहुन्छ– यो विकारको दृष्टि हुनु हुँदैन। नत्र तिमीलाई
बाँदर भन्नु पर्ने हुन्छ। नारदको उदाहरण छ नि। भने– मैले लक्ष्मीलाई वरण गर्न सक्छु!
तिमीले पनि भन्छौ नि, हामी लक्ष्मीलाई वरण गर्छौं। नारीबाट लक्ष्मी, नरबाट नारायण
बन्छौं। बाबा भन्नुहुन्छ– आफ्नो दिलसँग सोध– म कहाँसम्म पुण्य आत्मा बनेको छु? कुनै
पाप त गर्दिनँ? योगमा कहाँसम्म रहन्छु?
तिमी बच्चाहरूले त
बाबालाई चिन्छौ तब त यहाँ बसेका छौ नि। दुनियाँका मनुष्यहरूले बाबालाई यी बापदादा
हुन् भनेर कहाँ चिन्छन् र! तिमी ब्राह्मण बच्चाहरूले त जानेका छौ– परमपिता परमात्मा
ब्रह्माको तनमा प्रवेश गरेर हामीलाई अविनाशी ज्ञान रत्नहरूको खजाना दिनुहुन्छ।
मनुष्यहरूको पासमा हुन्छ विनाशी धन। त्यसैलाई दान गर्छन्। ती त पत्थर हुन्। यी हुन्
ज्ञानका रत्न। ज्ञान सागर बाबासँग नै रत्न छन्। यी एक-एक रत्न लाखौं रूपैयाँका छन्।
रत्नागर बाबाबाट ज्ञान रत्न धारण गरेर फेरि यी रत्नहरूको दान गर्नु छ। जति जसले
लिन्छ र दिन्छ, त्यति नै उच्च पद पाउँछ। त्यसैले बाबाले सम्झाउनु हुन्छ आफूभित्र
हेर मैले कति पाप गरेको छु? अहिले कुनै पाप त हुँदैन? अलिकति पनि कुदृष्टि नहोस्।
बाबाले जुन श्रीमत दिनुहुन्छ त्यसैमा पूरा चलिराख, यो सावधानी चाहिन्छ। मायाको
तुफान आए पनि कर्मेन्द्रियहरूबाट कुनै विकर्म गर्नु हुँदैन। कसैतर्फ कुदृष्टि गएमा
उसको अगाडि उभिन पनि हुँदैन। एकदम गइहाल्नुपर्छ। थाहा हुन्छ– यसको कुदृष्टि छ। यदि
उच्च पद पाउनु छ भने धेरै सावधान रहनु छ। कुदृष्टि भयो भने फेरि लुलो-लंगडो बन्छौ।
बाबाले जे श्रीमत दिनुहुन्छ, त्यसमा चल्नु छ। बाबालाई बच्चाहरूले नै चिन्न सक्छन्।
सम्झ, बाबा कहीं जानुहुन्छ, बच्चाहरूले नै सम्झन्छन् बापदादा आउनु भएको छ। देख्न त
अरू धेरै मनुष्यहरूले देख्छन् तर उनीहरूलाई कहाँ थाहा हुन्छ र! यी को हुन् भनेर
कसैले सोधेमा भन– उहाँ बापदादा हुनुहुन्छ। ब्याज त सबैको पासमा हुनै पर्छ। भन–
शिवबाबाले हामीलाई यी दादाद्वारा अविनाशी ज्ञान रत्नहरूको दान दिनुहुन्छ। यो हो
आध्यात्मिक ज्ञान, जुन सबै आत्माहरूका पिताले बसेर दिनुहुन्छ। शिव भगवानुवाच, गीतामा
कृष्ण भगवानुवाच गलत छ। ज्ञान सागर पतित-पावन शिवलाई नै भनिन्छ। ज्ञानले नै सद्गति
हुन्छ। यो हो अविनाशी ज्ञान रत्न। सद्गति दाता एक बाबा नै हुनुहुन्छ। यी सबै
अक्षरहरू पूरा रीतिले याद राख्नुपर्छ। अहिले बच्चाहरूले सम्झन्छन्– हामीले बाबालाई
चिनेका छौं र बाबाले पनि सम्झनुहुन्छ म बच्चाहरूलाई जान्दछु। बाबाले त भन्नुहुन्छ
नि– यी सबै मेरा बच्चाहरू हुन्, तर जान्न सक्दैनन्। तकदिरमा छ भने पछि गएर जान्दछन्।
सम्झ, यी बाबा कहीं जाँदा कसैले सोध्न सक्छन् यी को हुन्? अवश्य पनि शुद्ध भावले नै
सोध्छन्। बापदादा हुनुहुन्छ, अक्षर नै यही भन। बेहदका बाबा हुनुहुन्छ निराकार। उहाँ
जबसम्म साकारमा आउनुहुन्न तबसम्म बाबाबाट वर्सा कसरी मिलोस्? त्यसैले शिवबाबाले
प्रजापिता ब्रह्माद्वारा एडप्ट गरेर वर्सा दिनुहुन्छ। यी प्रजापिता ब्रह्मा र यी
बी.के. हुन्। पढाउने ज्ञानका सागर हुनुहुन्छ। उहाँबाट नै वर्सा मिल्छ। यी ब्रह्माले
पनि पढ्छन्। यी ब्राह्मणबाट फेरि देवता बन्छन्। सम्झाउन कति सहज छ। कसैलाई पनि
ब्याजद्वारा सम्झाउन राम्रो हुन्छ। भन, बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो
विकर्म विनाश हुन्छ। पावन बनेर पावन दुनियाँमा जान्छौ। उहाँ पतित-पावन बाबा
हुनुहुन्छ नि। हामीले पुरुषार्थ गरिरहेका छौं पावन बन्ने। जब विनाशको समय हुन्छ
हाम्रो पढाइ पूरा हुन्छ। कति सहज छ सम्झाउन। कोही पनि कहीं आउने-जाने गर्छन् भने
ब्याज साथमा हुनुपर्छ। यस ब्याजको साथमा फेरि एउटा सानो पर्चा पनि हुनुपर्छ। त्यसमा
लेखिएको होस्– बाबा आएर फेरि आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। यस
महाभारत लडार्इंद्वारा अरू सबै धर्महरू कल्प पहिला जस्तै ड्रामा योजना अनुसार खलास
हुन्छन्। यस्ता पर्चाहरू २-४ लाख छापिएका हुन्। जो कसैलाई पनि पर्चा दिन सक्छौ। माथि
त्रिमूर्ति होस्, अर्कोतर्फ सेन्टरको ठेगाना होस्। बच्चाहरूलाई सारा दिन सेवाको
ख्याल चल्नुपर्छ।
बच्चाहरूले गीत सुन्यौ?
सधैं बसेर आफ्नो चार्ट हेर्नुपर्छ– आज सारा दिनमा मेरो अवस्था कस्तो रह्यो? बाबाले
यस्ता धेरै मनुष्यहरूलाई देख्नुभएको छ जसले सधैं राती बसेर सारा दिनको चार्ट लेख्छन्।
जाँच गर्छन्– कुनै खराब काम त गरिनँ? सारा लेख्छन्। सम्झन्छन्– राम्रो जीवन कहानी
लेखियो भने पछि आउनेले पढेर यसरी सिक्छन्। यस्तो लेख्नेहरू असल व्यक्ति पनि हुन्छन्।
विकारी त सबै हुन्छन् नै। यहाँ त त्यो कुरा छैन। तिमीले आफ्नो चार्ट सधैं हेर। फेरि
बाबाकहाँ पठाउनु पर्छ। त्यसबाट उन्नति राम्रो हुन्छ र डर पनि रहन्छ। सबै क्लियर
लेख्नुपर्छ– आज मेरो नराम्रो दृष्टि गयो, यो भयो...। जसले एक-अर्कालाई दु:ख दिन्छन्
बाबाले उनीहरूलाई गाजी भन्नुहुन्छ। जन्म-जन्मान्तरको पाप तिम्रो शिरमाथि छ। अब
तिमीले यादको बलले पापको बोझलाई उतार्नु छ। त्यसैले सधैं हेर्नुपर्छ– म सारा दिनमा
कति गाजी बनेँ? कसैलाई दु:ख दिनु अर्थात् गाजी बन्नु। पाप बन्छ। बाबा भन्नुहुन्छ–
गाजी बनेर कसैलाई दु:ख नदेऊ। आफ्नो पूरा जाँच गर– मैले कति पाप, कति पुण्य गरेको
छु? जो भेटिए पनि यो मार्ग बताउनु छ। सबैलाई धेरै प्यारले भन– बाबालाई याद गर्नु छ
र पवित्र बन्नु छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन्नु छ। तिमी संगममा
भए पनि यो त रावण राज्य हो नि। यस मायावी विषय वैतरणी नदीमा रहँदा-रहँदै कमल फूल
समान पवित्र बन्नु छ। कमल फूल धेरै बाल-बच्चा भएको हुन्छ। फेरि पनि पानी भन्दा माथि
रहन्छ। गृहस्थी हुन्छ, धेरै चीजहरू पैदा गर्छ। यो दृष्टान्त तिम्रो लागि पनि हो,
विकारबाट न्यारा भएर रहनु छ। यो एक जन्म पवित्र भएर रह्यौ भने फेरि यो अविनाशी
हुन्छ। तिमीलाई बाबाले अविनाशी ज्ञान रत्न दिनुहुन्छ। बाँकी त सबै पत्थर हुन्।
उनीहरूले त भक्तिको कुरा नै सुनाउँछन्। ज्ञानसागर पतित-पावन त एउटै हुनुहुन्छ।
त्यसैले यस्ता बाबासँग बच्चाहरूको कति प्यार हुनु पर्छ। बाबाको बच्चाहरूसँग,
बच्चाहरूको बाबासँग प्यार हुन्छ। बाँकी अरू कसैसँग कनेक्सन हुँदैन। सौतनी उनीहरू
हुन् जो बाबाको मतमा पूरा चल्दैनन्। रावणको मतमा चल्छन् भने रामको मत कहाँ भयो र।
आधाकल्प छ रावण सम्प्रदाय त्यसैले यसलाई भ्रष्टाचारी दुनियाँ भनिन्छ। अब तिमी अरू
सबैलाई छोडेर बाबाको मतमा चल्नु छ। बी.के. को मत मिल्छ त्यसलाई पनि जाँच गर्नु छ–
यो सही छ वा गलत छ? तिमी बच्चाहरूलाई सही र गलतको समझ पनि अहिले मिलेको छ। जब
राइटियस आउनु हुन्छ तब नै राइट र रङ्ग बताउनु हुन्छ। बाबा भन्नुहुन्छ– तिमीले
आधाकल्प यी भक्तिमार्गका शास्त्र सुनेका छौ, अब मैले तिमीलाई जे सुनाउँछु– यो राइट
हो वा त्यो राइट हो? उनीहरू भन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ, म भन्छु– म त
तिम्रो पिता हुँ। अब जज गर को राइट हो? यो पनि बच्चाहरूलाई नै सम्झाइन्छ नि।
ब्राह्मण बनेपछि नै बुझ्छन्। रावण सम्प्रदाय त धेरै छन्, तिमी त धेरै थोरै छौ।
उनीहरूमा पनि नम्बरवार हुन्छन्। यदि कसैको कुदृष्टि छ भने पनि त्यसलाई रावण
सम्प्रदाय भनिन्छ। राम सम्प्रदायको तब भनिन्छ जब उसको सारा दृष्टि परिवर्तन भएर दैवी
बनोस्। आफ्नो अवस्थाबाट हरेकले बुझ्न त सक्छ नि। पहिला त ज्ञान थिएन, अहिले बाबाले
मार्ग बताउनु भएको छ। त्यसैले हेर्नु छ– के मैले अविनाशी ज्ञान रत्नहरूको दान गर्छु?
भक्तहरूले दान गर्छन् विनाशी धनको। अब तिमीलाई दान गर्नु छ अविनाशी धनको, नकि विनाशी।
यदि विनाशी धन छ भने अलौकिक सेवामा लगाउँदै जाऊ। पतितलाई दान गर्नाले पतित नै बन्छौ।
अहिले तिमीले आफ्नो धन दान गर्छौ, त्यसैले यसको बदलामा फेरि २१ जन्मको लागि नयाँ
दुनियाँमा मिल्छ। यी सबै कुरा बुझ्नु पर्ने कुरा हुन्। बाबाले सेवाका युक्तिहरू पनि
बताइरहनुहुन्छ। सबैमाथि दया गर। गायन गरिएको पनि छ परमपिता परमात्माले ब्रह्माद्वारा
स्थापना गर्नुहुन्छ। तर अर्थ सम्झदैनन्। परमात्मालाई नै सर्वव्यापी भनिदिएका छन्।
त्यसैले बच्चाहरूलेसेवाको सोख धेरै राख्नु छ। अरूको कल्याण गर्यौ भने आफ्नो पनि
कल्याण हुन्छ। दिन-प्रतिदिन बाबाले धेरै सहज बनाउदै जानुहुन्छ। यो त्रिमूर्तिको
चित्र त धेरै राम्रो चीज छ। यसमा शिवबाबा पनि हुनुहुन्छ, फेरि प्रजापिता ब्रह्मा पनि
छन्। प्रजापिताले ब्रह्माकुमार-कुमारीहरूद्वारा फेरि विश्वमा १०० प्रतिशत
पवित्रता-सुख-शान्तिको दैवी स्वराज्य स्थापना गरिरहनु भएको छ। बाँकी अनेक धर्महरू
पहिला जस्तै यस महाभारत लडाईँमा विनाश हुन्छन्। यस्ता-यस्ता पर्चा छपाएर
बाँड्नुपर्छ। बाबाले कति सहज मार्ग बताउनु हुन्छ। प्रदर्शनीमा पनि पर्चा देऊ।
पर्चाद्वारा सम्झाउन सहज हुन्छ। पुरानो दुनियाँको विनाश त हुनु नै छ। नयाँ दुनियाँको
स्थापना भइरहेको छ। एक आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। बाँकी यी सबै
विनाश हुन्छन् कल्प पहिला जस्तै। जहाँ गए पनि पकेटमा पनि पर्चा र ब्याजहरू सदैव
भइरहून्। सेकेण्डमा जीवनमुक्ति गाइएको छ। भन, उहाँ हुनुहुन्छ बाबा, यी हुन् दादा।
उहाँ बाबालाई याद गर्नाले यो सत्ययुगी देवता पद पाउने छौ। पुरानो दुनियाँको विनाश,
नयाँ दुनियाँको स्थापना, विष्णुपुरी नयाँ दुनियाँमा फेरि यिनको राज्य हुन्छ। कति
सहज छ। तीर्थ आदिमा मनुष्यहरू जान्छन्, कति धक्का खान्छन्। आर्य समाजी आदि पनि
ट्रेन भरि जान्छन्। यसलाई भनिन्छ धर्मको धक्का, वास्तवमा हो अधर्मको धक्का। धर्ममा
त धक्का खानु पर्ने आवश्यकता हुँदैन। तिमीले त पढाइ पढिरहेका छौ। भक्तिमार्गमा
मनुष्यहरू के-के गरिरहन्छन्!
बच्चाहरूले गीतमा पनि
सुने– मुखडा देख.... यो मुखडा तिमी बाहेक अरू कसैले देख्न सक्दैन। भगवानलाई पनि
तिमीले देखाउन सक्छौ। यी हुन् ज्ञानका कुरा। तिमी मनुष्यबाट देवता, पाप आत्माबाट
पुण्य आत्मा बन्छौ। दुनियाँले यी कुरालाई बिल्कुलै जान्दैन। यी लक्ष्मी-नारायण
स्वर्गका मालिक कसरी बने– यो कसैलाई थाहा छैन। तिमी बच्चाहरूले त सबै जानेका छौ।
कसैको बुद्धिमा तीर लाग्यो भने बेडा पार हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यदि विनाशी धन छ भने त्यसलाई सफल गर्नको लागि अलौकिक सेवामा लगाउनु छ। अविनाशी
धनको दान पनि अवश्य गर्नु छ।
२) आफ्नो चार्टमा
हेर्नु छ मेरो अवस्था कस्तो छ? सारा दिनमा कुनै खराब काम त हुँदैन? एक-अर्कालाई
दु:ख त दिन्नँ? कसैमाथि कुदृष्टि त जाँदैन?
वरदान:–
डबल लाइट बनेर
सर्व समस्याहरूलाई हाइ जम्प दिएर पार गर्ने तीव्र पुरुषार्थी भव
सदा स्वयंलाई अमूल्य
रत्न सम्झेर बापदादाको दिलको डिब्बामा रहने गर अर्थात् सधैं बाबाको यादमा लीन रह्यौ
भने कुनै पनि कुरामा मुस्किलको अनुभव गर्नेछैनौ, सबै बोझ समाप्त हुन्छ। यसै सहज
योगबाट डबल लाइट बनेर पुरुषार्थमा हाइ जम्प लगाएर तीव्र पुरुषार्थी बन्छौ। कुनै पनि
समय कुनै मुस्किलको अनुभव भयो भने बाबाको सामुन्ने बस अनि बापदादाको वरदानको हात
स्वयम्मा अनुभव गर। यसबाट सेकेन्डमा सर्व समस्याहरूको हल मिल्छ।
स्लोगन:–
सहयोगको
शक्तिले असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छ। यही सुरक्षाको किल्ला हो।